उत्पादनमा वृद्धि गरौं
बुधबार, असोज १४, २०७७
आर्थिक अवस्था कमजोर हुँदा उपचार खर्च पुर्याउन कठिन, पीडितहरुद्वारा आर्थिक सहयोग गर्न आग्रह
बुधबार, असोज १४, २०७७
गुल्मी रेसुङ्गा नगरपालिका–२ की दुवै मृगौला पीडित मैया बिक अहिले ५२ वर्ष पुगिन् । विगत दश वर्षदेखि मृगौला औषधी गर्दै आएकी विकको उपचारमा लाखौं खर्च भइसकेको छ । मृगौला पीडित मैयाका श्रीमान ३५ वर्षमै खसे ।
गुल्मीदरबारका सामुदायिक विद्यालयलाई ‘थर्मल गन’
मंगलबार, असोज १३, २०७७
जिल्लाको गुल्मीदरबार गाउँपालिकाले सामुदायिक विद्यालयलाई ज्वरो मापन गर्ने यन्त्र (थर्मल गन) वितरण गरेको छ । मंगलबार गाउँपालिका अध्यक्ष अशोककुमार थापाले गाउँपालिका भित्र रहेका ३६ वटा सामुदायिक विद्यालय र २ वटा बाल विकास केन्द्रलाई गाउँपालिकाको प्राङ्गणमा थर्मल गन हस्तान्तरण गरेका हुन् ।
एकैदिन १ हजार ५ सय १३ मा कोरोना संक्रमण पुष्टि
मंगलबार, असोज १३, २०७७
पछिल्लो २४ घण्टामा १ हजार ५ सय १३ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशाला १० हजार ८ सय ९१ नमुना परीक्षण गर्दा ५ सय ५६ महिला र ९ सय ५७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
सन्दर्भ : विश्व मुटु दिवस, मुटुरोगीलाई कोरोना सङ्क्रमणबाट बच्न विज्ञको सुझाव
मंगलबार, असोज १३, २०७७
कोरोना सङ्क्रमणको आक्रमण दीर्घरोगीलाई बढी हुने गरेको छ । यसमध्येको मुटुरोगको समस्या भएकामा रोगको सङ्क्रमण हुने गरेको विज्ञहरुले जनाएका छन् ।
बालुवा झिक्ने क्रममा पुरिएर एकको मृत्यु
मंगलबार, असोज १३, २०७७
बालुवा झिक्ने क्रममा पुरिएर वालिङमा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ–११ पेखुका ३७ वर्षीय दुर्गाबहादुर थापा रहेको प्रहरीले जनाएको छ ।
बाढीपहिरोः १६ जना अझै बेपत्ता
मंगलबार, असोज १३, २०७७
यो वर्षको मनसुन शुरु भएयता बाढीपहिरोमा परी बेपत्ता भएका यहाँका १६ जनाको स्थिति अझै अज्ञात छ । मनसुनजन्य विपद्का कारण ३८ जनाले ज्यान गुमाएका छन् ।
लुम्बिनी नगरपालिकाको ताला खुला
मंगलबार, असोज १३, २०७७
सहमतिपछि लुम्बिनी सांस्कृतिक नगरपालिकामा लगाइएको ताला खुलेको छ । नगरपालिका र राजनीतिक दलबीच आगामी माघ मसान्तसम्म अभिभावककै तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बनाउने र त्यसपछि शिक्षा ऐन संशोधन गरी पुरानै प्रावधान कायम गर्ने सहमतिपछि सोमबार साँझ करीब ७ बजे कार्यालयको ताला खोलिएको जनता समाजवादी पार्टी ‘जसपा’का नगर अध्यक्ष तथा संयुक्त...
स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर
मंगलबार, असोज १३, २०७७
असोज १ गतदेखि निषेधाज्ञा हटेसँगै लामो दुरीका गाडी, आन्तरिक हवाई उडान, होटल, रेस्टुरेण्ट र सबै खाले बजार पसल खुलेका छन् । केही बाहेक उद्योग र व्यवसायका धेरै क्षेत्र खुला हुँदा असामान्य अवस्थामा पनि अर्थतन्त्र सामान्य अवस्थामा जाने आशा पलाएको छ ।
नेपालमा थप ७ सय ४२ संक्रमित निको भए
सोमबार, असोज १२, २०७७
नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ४२ कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशका विभिन्न जिल्लाका ७ सय ४२ संक्रमितले कोरोना जितेको बताए ।
रिब्दीकोटमा गोठ मर्मतका क्रममा ढुङगा माटोले पुरिएर एक पुरुषको मृत्यु
सोमबार, असोज १२, २०७७
पाल्पाको रिब्दीकोटमा गोठ मर्मतका क्रममा ढुङगा माटोले पुरिएर एक पुरुषको मृत्यु भएको छ । सोमबार रिब्दीको –७ डबकाका ५५ वर्षीय हरी लम्तारीको गोठ मर्मतका क्रममा ढुङगा, माटोले पुरिएर मृत्यु भएको हो । स्थानीय पुतली बिकको टिनले छाएको १ तले कच्चि पुरानो गोठ मर्मतको काम गर्ने क्रममा गोठको काठपात र ढुङगा...


