Shittalpati
आर्थिक अवस्था कमजोर हुँदा उपचार खर्च पुर्‍याउन कठिन, पीडितहरुद्वारा आर्थिक सहयोग गर्न आग्रह

रमेश विश्वकर्मा
गुल्मी । गुल्मी रेसुङ्गा नगरपालिका–२ की दुवै मृगौला पीडित मैया बिक अहिले ५२ वर्ष पुगिन् । विगत दश वर्षदेखि मृगौला औषधी गर्दै आएकी विकको उपचारमा लाखौं खर्च भइसकेको छ । मृगौला पीडित मैयाका श्रीमान ३५ वर्षमै खसे । उनका छोरा २२ वर्षीय मनोज विक पनि दुवै मृगौला फेल भई खसेको डेढ वर्ष भयो । अहिले उनको परिवारमा दुई जना मात्रै रहेका छन् । उनका छोरा र मृगौला पीडित मैया । परिवारको आर्थिक अवस्था अन्यन्तै कमजोर छ । समय–समयमा मैयालाई डायलासिसका लागि पाल्पा–बुटवल लैजानुपर्छ । जसले गर्दा उनका छोराले काम गर्ने समय समेत पाएका छैनन् । परिवारलाई आर्थिक संकटले घेरेको छ । यो समयमा आर्थिक सहयोगको याचना गर्नुको विकल्प छैन । उनी मात्र होइन सोही स्थानका ५८ वर्षीय बुद्धिकुमार शाक्य र उनकी ५२ वर्षिय श्रीमती गीता शाक्य पनि प्यारालाइसेस रोगले ग्रसित छन् । बस्ने गतिलो ओत समेत नभएका उनीहरुको आर्थिक अभावका कारण उपचारमा समस्या भइरहेको छ । बुद्धिकुमार विगत २ वर्ष देखि र उनकी श्रीमती गीता विगत १ वर्षदेखि प्यारालाइसेस रोगले ओछ्यानबाट उठ्न सकिरहेका छैनन् । उनका छोरा–बुहारीले हेरचाह गर्दै आएका छन् । सामान्य ज्याला मजदुरी गरी परिवार चलाई रहेका उनीहरुलाई कतैबाट आर्थिक सहयोग भए उपचारमा राहत मिल्ने आशा छ । पीडितहरुको उपचारमा सहयोग पुर्‍याउने उद्देश्य सहित त्यस वडाका वडा अध्यक्ष उदय थापाले सहयोगका लागि विभिन्न माध्यम मार्फत आग्रह गरेका छन् ।

स्वदेश तथा विदेशबाट विभिन्न सहयोगीदाताहरुको सहयोगमा आर्थिक संकलन गरी वडाअध्यक्ष थापाले पीडितहरुको साहारा समेत बन्दै आएका छन् । वडाअध्यक्ष तथा युवा समाजसेवी थापाको आग्रह पछि रेसुङ्गा नगरपालिका–८ घर भई अहिले युकेमा रहेका झपट भुजेलले त्यहाँ रहेका अन्य २३ जना सहयोगीहरुबाट १ लाख ५६ हजार ३ सय रुपैयाँ संकलन गरी उनका बुबा तथा रुन्द्र भुजेलको खातामा पठाएका थिए । सो रकम भुजेलले सोमबार रेसुा नगरपालिका–२ का वडाअध्यक्ष थापा मार्फत वडा सदस्य कृष्णबहादुर थापा, शेरबहादुर विक लगायतको उपस्थितीमा पीडितहरुलाई हस्तान्तरण गरेका थिए । दुवै मृगौला पीडित मैया विकलाई ७८ हजार १ सय ५० र प्यारालाइसेस पीडित शाक्य दम्पत्तीका छोरा झवि शाक्यलाई ७८ हजार १ सय ५० रुपैयाँ हस्तान्तरण गरेका छन् । आर्थिक सहयोग हस्तान्तर गर्दै वडाअध्यक्ष थापाले आफु दिन, दुःखीहरुको राहत र सहयोगका लागि हरेक समयमा जुट्ने गरेको बताए । उनले स्वदेश तथा विदेशबाट आफ्नो आग्रहलाई स्वीकार गरी सहयोग गरेका सहयोगीदाताहरुलाई धन्यवाद ज्ञापन गरे । उनले आगामी दिनमा पनि सहयोग र सहकार्यको अपेक्षा राखे । वडाअध्यक्ष थापाले दुवै मृगौला फेल भई उपचार मृत्युवरण गरेका मैया विकका २२ वर्षिय छोरा मनोजको उपचारका लागि पनि आर्थिक सहयोग जुटाएपनि उपचार गर्दा गर्दै निधन भएपछि बचाउन नसकिएको भन्दै दुःख व्यक्त गरे । सहयोग रकम हस्तान्तरण गर्दै समाजसेवी भुजेलले विदेशमा आफ्नो गाँस कटाएर पठाएको सहयोग रकमको उचित सदुपयोग गर्न आग्रह गरे । पीडितहरुको उपचारमा राहत पु¥याउने उद्देश्यले आर्थिक सहयोग हस्तान्तरण गर्न पाउँदा खुसी लागेको भुजेलले बताए ।

प्रकाशित मिति: बुधबार, असोज १४, २०७७  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update