Shittalpati
रिब्दीकोटमा गोठ मर्मतका क्रममा ढुङगा माटोले पुरिएर एक पुरुषको मृत्यु

पाल्पा । पाल्पाको रिब्दीकोटमा गोठ मर्मतका क्रममा ढुङगा, माटोले पुरिएर एक पुरुषको मृत्यु भएको छ । सोमबार रिब्दीको–७ डबकाका ५५ वर्षीय हरी लम्तारीको गोठ मर्मतका क्रममा ढुङगा माटोले पुरिएर मृत्यु भएको हो । स्थानीय पुतली बिकको टिनले छाएको १ तले कच्चि पुरानो गोठ मर्मतको काम गर्ने क्रममा गोठको काठपात र ढुङगा माटो एक्कासी खस्न गई काम गरिरहेका लम्तरीलाई च्यापेको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ढुङगा, माटोले लागेर रिब्दीकोट ८ फेकका ४८ वर्षीय अमर पेग्मी घाईते भएका छन् । घाइते उनलाई उपचारका लागि युनाईटेड मिसन अस्पताल पठाइएको छ । गोठमा रहेका १ भैसी, २ पाडी र २ बाख्रा समेत पुरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज १२, २०७७  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update