Shittalpati
गुल्मीदरबारका सामुदायिक विद्यालयलाई ‘थर्मल गन’

रमेश विश्वकर्मा
गुल्मी । जिल्लाको गुल्मीदरबार गाउँपालिकाले सामुदायिक विद्यालयलाई ज्वरो मापन गर्ने यन्त्र (थर्मल गन) वितरण गरेको छ । मंगलबार गाउँपालिका अध्यक्ष अशोककुमार थापाले गाउँपालिका भित्र रहेका ३६ वटा सामुदायिक विद्यालय र २ वटा बाल विकास केन्द्रलाई गाउँपालिकाको प्राङ्गणमा थर्मल गन हस्तान्तरण गरेका हुन् ।

गाउँपलिका भित्र रहेका विद्यालयमा विद्यार्थीहरुको सिकाई सहजिकरणको लागि गाउँपालिकाले ४१ वटा थर्मल गन खरिद गरी सामुदायिक विद्यालय र बाल विकास केन्द्रलाई हस्तान्तरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए । कोरोना भाइरस (कोभिड(१९) को संक्रमण रोकथाम तथा नियन्त्रणको लागि आवश्यक पर्ने ज्वरो मापन गर्ने यन्त्र (थर्मल गन) मार्फत विद्यार्थी र शिक्षकहरुको दैनिक शरीरको तापक्रम मापन गर्नको लागि सहयोग भइ सुरक्षित रुपमा सिकाई व्यवस्थापन हुने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १३, २०७७  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update