Shittalpati
पाल्पाको रम्भामा पहिरोमा पुरिएको अवस्थामा एक पुरुष मृत भेटिए

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा पहिरोमा पुरिएको अवस्थामा एक पुरुष मृत भेटिएका छन् । रम्भा ३ शिखरडाँडाका ३३ वर्षीय राज कुमार थापा मगर पहिरोमा मृत अवस्थामा भेटिएका हुन् । घरदेखी १ किलोमिटर पश्चिमतर्फ रहेको जंगलमा दाउरा लिन भनि गएकोमा सोही स्थानमा अचानक पहिरो आई पहिरोमा पुरिएको हुन सक्ने सूचनाको आधारमा स्थानीय नागरिक, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलद्वारा खोजतलास गर्दा आईतबार पहिरोमा मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डिएसपी मदन गिरीले बताए ।

प्रकाशित मिति: आइतबार, असोज ११, २०७७  १८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update