Shittalpati
प्रदेश पाँचमा भएका छुट्टाछुट्टै घटनामा ८ को मृत्यु

रामचन्द्र रायमाझी
पाल्पा । प्रदेश पाँचका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै घटनामा ८ जनाको मृत्यु भएको छ । प्रदेश पाँचका रुपन्देही,पाल्पा, बाँके, कपिलवस्तु, बर्दिया, रोल्पामा भएका छुट्टाछुट्टै घटनामा ८ जनाको मृत्यु भएको हो । रुपन्देहीको देवदह नगरपालिका १२ कनपरा स्थित रोहिणी खोला किनारको बगरमा एक महिलाको शव फेला परेको छ । नाम थर वतन नखुलेको सडेको अवस्थाममा सकेको अवस्थामा रहेको अन्दाजी ५५ वर्षीया महिलाको शव फेला परेको प्रदेश पाँचको प्रदेश प्रहरी कार्यालय दाङ्गले जनाएको छ । यस्तै पाल्पाको तिनाउ गाउँपालिका १ झिङ्गामारामा एक पुरुष मृत भेटिएका छन् । रुपन्देही सैनामैना नगरपालिका ४ का ५७ वर्षीय कृष्ण बहादुर थापा झिङ्गामारा स्थित जंगलमा मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । घटनाको थप अनुसन्धान भई रहेको छ ।

रुपन्देही बुटवल उपमहानगरपालिका ६ शान्तिनगर स्थित तिनाउ खोलाको किनारामा एक शिशु मृत अवस्थामा फेला परेका छन् । अन्दाजी ६ महिनाको शिशु खोला किनारमा प्लाष्टिकमा बेरी फालेको अवस्थामा शव फेला पारिएको हो । घटनाको थप अनुसन्धान भई रहेको प्रदेश प्रहरीले जनाएको छ । त्यस्तै रुपन्देहीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिको ३ दोगाना बस्ने ४० वर्षका तारा सिंह थारुको करेन्ट लागेर मृत्यु भएको हो । थारुले रुपन्देहीको शुद्धोधन गाउँपालिका ४ फर्साटिकर बस्ने राधा आचार्यको निर्माणधिन घरमा प्लास्टरको काम गर्ने क्रममा नाङगो तारलाई छुँदा करेन्ट लागेर घाईते भएका थिए । उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । उता बाँकेमा पनि करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका ५ का १९ वर्षीय धन बहादुर थारुको करेन्ट लागेर मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ ।

बाँकेको नेपाल गञ्ज उपमहानगरपालिका १ डेन्टल हस्पिटल नजिकै बस्ने गजेन्द्र भण्डारीको घरको रेलिङ्ग वैल्डिङ गर्ने क्रममा थारुलाई एक्कासी करेन्ट लागी घाईते भएका थिए । उनको उपचारका लागि नर्सिङहोम नेपालगञ्ज बाँकेमा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । यस्तै कपिलवस्तुमा एक पुरुषको बेवारिसे अवस्थामा शव भेटिएको छ । मधेशी मुलुकको जस्तो देखिने अन्दाजी ६५ वर्षको पुरुष कपिलवस्तु कृष्णनगर नगरपालिका २ बसपार्क स्थित लक्ष्मी हार्डवयर नजिकै मृत अवस्थामा भेटिएका हुन् । उनी बजार एरियामा मागी खादै हिड्ने गरेको बुझिएको छ । बर्दियामा पानीमा डुवेर एक बालिकाको मृत्यु भएको छ । बर्दिया बढैयाताल गाउँपालिका ५ जगतिया बस्ने पञ्चराम थारुको छोरी १३ वर्षीया बालिकाको घर नजिकैको माछा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ । त्यस्तै रोल्पामा विषादी सेवनबाट एक पुरुषको मृत्यु भएको छ । रोल्पा नगरपालिका ३ गोठमारेका ५८ वर्षीय लालसिंह खत्रीले जंगलमा किंगभान नामक विषादी सेवन गरी मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज १२, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update