Shittalpati
नेपाल बार एशोसिएसन पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा कार्की

पाल्पा । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसन पाल्पामा नयाँ नेतृत्व चयन भएको छ । बारको सोह्रांै अधिवेशनले प्रगतिशील समूहका विनोद कार्कीको अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको हो । प्रजातान्त्रिक पक्षधर कानुन व्यवसायी र प्रगतिशील पक्षधर कानुन व्यवसायीका बीचमा भएको सहमतिबाट नयाँ नेतृत्व चयन गरिएको बारले जनाएको छ ।

जसको उपाध्यक्षमा लालकुमारी राना, सचिवमा शान्ति बस्याल, कोषाध्यक्षमा जीतबहादुर लामिछाने रहेका छन् । सदस्यहरुमा घनश्याम ढकाल,यादव घिमिरे, राजेन्द्रप्रसाद बस्याल, रामचन्द्र पौडेल, शंकरप्रसाद शर्मा, शालिकराम घिमिरे, सुरेशप्रसाद गौतम र सूर्यप्रसाद न्यौपाने चयन भएको बारले जनाएको छ । बारले केन्द्रीय पार्सदमा गीता शर्मा, हरिप्रसाद बस्याल र जोगबहादुर विकलाई चयन गरेको छ ।

प्रकाशित मिति: सोमबार, असोज १२, २०७७  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update