घट्यो पेट्रोल, डिजेलको मूल्य
शुक्रबार, भदौ ३१, २०७९

नबिल बैंकले ल्यायो ‘नबिल जेन अल्फा’ एप
शुक्रबार, भदौ ३१, २०७९
राष्ट्रिय बाल दिवसको अवसर पारि नबिल बैंकले नेपालमै पहिलोपटक ‘नबिल जेन अल्फा’ एप सार्वजनिक गरेको छ । नबिलको जेन अल्फाका ब्राण्ड एम्बासडर प्रेन्सा रेग्मी र प्रमुख कार्यकारी निर्देशक ज्ञानेन्द्रप्रसाद दानाको उपस्थितिमा एप सार्वजनिक गरेको हो ।

महिला सामाजिक उद्यमी उत्सव लुम्बिनीमा: सहकारी पुरस्कृत
शुक्रबार, भदौ ३१, २०७९
महिला सामाजिक उद्यमी उत्सव लुम्बिनीमा सम्पन्न भएको छ । हेफर इन्टरनेशनल नेपालमा सञ्चालन भएको २५ वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको उत्सवको बिहीबार उद्घाटन गर्दै लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले देश समृद्ध बनाउन महिलाले राज्य सञ्चालन गर्नुपर्ने बताए ।

पाल्पामा सरकारी निकायहरुको वार्षिक प्रगति समीक्षा
बिहीबार, भदौ ३०, २०७९
जिल्लाका स्थानीय सरकार र सरकारी कार्यालयहरुको वार्षिक प्रगति समीक्षा गोष्ठी तानसेनमा भएको छ । जिल्ला समन्वय पाल्पाको आयोजनामा जिल्लाका दश स्थानीय तह, प्रदेश र संघीय सरकार अन्तर्गत विकास निर्माण कार्यालयहरुको वार्षिक समीक्षा गोष्ठी भएको हो । दुई दिनसम्म सञ्चालन भएको गोष्ठीमा स्थानीय सरकारका प्रमुख प्रशासकिय अधिकृत र सरकारी कार्यालयका प्रमुखहरुले...

दराजको दसैं धमाका
बिहीबार, भदौ ३०, २०७९
अनलाइन बजार दराजले दसैं धमका योजना ल्याएको छ । उसले आफ्नो ग्राहकहरुलाई लक्षित गरी वार्षिक दसैँ धमाका योजना ल्याएको हो । यो योजनामा ७० प्रतिशत सम्मको मेगा डिल, निःशुल्क शिपिंग, रु.२ हजार ५ सय सम्मको प्रीपेमेन्ट छुट, रु.दश हजारसम्मको मेगा भौचर, खेल एक रुपैयाँको र बम्पर उपहारको रूपमा एनआईयू एनक्यूआई...
.jpg)
इस्माको हर्पुकोटमा मेगा बैंकको सेवा विस्तार
बुधबार, भदौ २९, २०७९
मेगा बैंक नेपाल लिमिटेडले जिल्लाको इस्मा गाउँपालिका १ हर्पुकोटमा सेवा विस्तार गरेको छ । बैंकले ग्रामीण क्षेत्रका वासिन्दाहरुलाई बैकिङ्ग पहुँच पुर्याउने उद्देश्यले शाखा रहित बैंकिङ्ग सेवाको विस्तार गरेको हो । शाखा रहित बैंकिङ्ग सेवाको एक कार्यक्रमका बीच इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले उद्घाटन गरेका हुन् ।

बुवाको पुण्य तिथिमा गोकर्णले गरे मानवसेवा आश्रमलाई सहयोग
मंगलबार, भदौ २८, २०७९
होटल व्यवसायी तथा सामाजिक व्यक्तित्व गोकर्ण रायमाझीले बुवाको वार्षिक पुण्य तिथिमा मानवसेवा आश्रमलाई सहयोग गरेका छन् । गुल्मी मुसिकोट–३ निवासी रायमाझीले आफ्ना स्वर्गिय बुबा रामबहादुर रायमाझीको सम्झनामा रुपन्देहीमा रहेको मानवसेवा आश्रमका लागि खाद्यन्न र आर्थिक सहयोग गरेका हुन् ।

५१ जनाले मात्र बुझाए निर्वाचन खर्च विवरण
मंगलबार, भदौ २८, २०७९
स्थानीय तह निर्वाचनका लागि फरक–फरक रकम तोकिए पनि रुपन्देहीका अधिकांश उम्मेदवारले निर्धारित समयमा निर्वाचन आयोगमा खर्चको विवरण बुझाएका छैनन् । निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ बमोजिम निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३० दिनभित्र निर्वाचन खर्चको विवरण आयोगमा पेश गर्नुपर्ने प्रावधान छ । रुपन्देहीमा सबैभन्दा अन्तिममा मत परिणाम...

पाल्पा पशु सेवा विज्ञ केन्द्रको बजेट ७ करोड
सोमबार, भदौ २७, २०७९
टनरी तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाले चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । कार्यालयले ७ करोड ६ लाख ५३ हजार बराबरको नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको हो । पशु सेवा विज्ञ केन्द्र पाल्पाको चालु आर्थिक वर्षको कार्यक्रममा कृषि, उत्पादन, खाद्य तथा पोषण सुरक्षा कार्यक्रममा...

कुमारी बैंकको १८ हजार कित्ता संस्थापक सेयर विक्रीमा
सोमबार, भदौ २७, २०७९
कुमारी बैंकका संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको १८ हजार ९ सय ३२ कित्ता २ कित्ता संस्थापक सेयर विक्रीमा ल्याएका छन् । बैंकका संस्थापक सेयरधनी महेश सिंहले १७ हजार ९ सय ३२ र ललितबहादुर केसीले १ हजार कित्ता आइतबार (भदौ २६)देखि सेयर बिक्रीमा ल्याएका हुन् ।

वल्र्डलिंकको दशैं लक्षित ‘फेसटिभीटी’ अफर सार्वजनिक
आइतबार, भदौ २६, २०७९
इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले दशैं पर्वलाई लक्षित गरी ‘वल्र्डलिंक फेसटिभीटी’ अफर सार्वजनिक गरेको छ । यो अफर अन्तर्गत ग्राहकहरुले आफ्नो सब्सक्रिप्सनमा ३ फरक–फरक आकर्षक प्याकेजहरु प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार पहिलो प्याकेज ‘फस्ट अफर’ अन्तर्गत १ हजार ५० रुपैयाँ प्रति महिना (वार्षिक सदस्यता) मा ग्राहकहरुले डुवल ब्यान्ड राउटर...

दुई हाइड्रोपावरले आईपीओ निष्कासन गर्न मागे अनुमति
शनिबार, भदौ २५, २०७९
सगरमाथा हाइड्रोपावर र माइखोला हाइड्रोपावर कम्पनीले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । सगरमाथा हाइड्रोपावरले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ५४ करोड ८८ लाख रुपैयाँ बराबरको ५४ लाख ८८ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति माग गरेको छ ।

भदौ २५ मा ‘दराज महोत्सव’ हुँदै
बिहीबार, भदौ २३, २०७९
नेपाली ई–कमर्स इकोसिस्टममा व्यापक परिवर्तन प्रारम्भ गर्दै आएको नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो पहिलो ठूलोस्तरको प्रयोगात्मक कार्यक्रम ‘दराज महोत्सव’ घोषणा गरेको छ । महोत्सव भदौ २५ (सेप्टेम्बर १०) मा भृकुटी मण्डप गार्डेन, काठमाडौंमा आयोजना हुँदैछ ।