Shittalpati
ग्लोबल बैंकले गर्याे कर्मचारीलाई सम्मान

पाल्पा, ग्लोबल आइएमई बैंकले कर्मचारीलाई सम्मान गरेको छ । बैंकले आफ्नो १६ औं स्थापनाको वर्षको अवसरमा बैंकमा १५ वर्षदेखि निरन्तर सेवारत ५९ कर्मचारीलाई सम्मान गरेको हो ।

उसले एक औपचारिक कार्यक्रमको आयोजना गरी कर्मचारीलाई सम्मान गरेको छ  । बैंककम अध्यक्ष चन्द्रप्रसाद ढकालले कर्मचारीलाई सम्मान गरेका हुन् । सम्मान गर्दै अध्यक्ष ढकालले कर्मचारीहरुको निरन्तर लगाव र मेहनतकै कारण बैंकले आफुलाई वित्तिय कारोबारमा अब्बल सावित गर्दै आएको बताए । बैंकले ‘उत्कृष्ट बैंकिङ सबैका लागि’ भन्ने नाराका साथ आफ्नो स्थापनाको १६ वर्षमा आफूलाई अधिकांश वित्तीय सूचकहरुमा अब्बल बनाउन सफल रहेको अध्यक्ष ढकालको भनाई छ । उनले उत्कृष्ट बैंक बनाउन आफ्नो तर्फबाट गरेको योगदानका लागि सबै कर्मचारीहलाई धन्यवाद प्रकट गर्दै अझ उत्कृष्ट र ग्राहकमैत्री सेवा उपलब्ध गराउन आग्रह समेत गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बैंकले आफ्नो सेवालाई ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिनेगरी आफ्नो लक्ष्य निर्धारण गरेर अगाडि बढेको बताए । ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले २ सय ९२ शाखा, २ सय ७१ एटिएम, २ सय ८३ शाखा रहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ९ सय भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहक माझ सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update