Shittalpati
भैरवस्थान मन्दिरमा माछापुुछ्रे बैंकको क्यूआर कोड

पाल्पा, पाल्पाको ऐतिहासिक धार्मिक स्थल भैरवस्थान मन्दिरमा माछापुुछ्रे बैंक पाल्पा शाखाले क्यूआर कोड सञ्चालनमा ल्याएको छ । नगद रहित कारोबार गर्दै डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले भैरवनाथ मन्दिर व्यवस्थापन समितिको समन्वयमा मन्दिर परिसरमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको हो । बैंकले शनिबार एक औपचारिक कार्यक्रमका बिच मन्दिर व्यवस्थापन समितिलाई क्यूआर कोड हस्तान्तरण गरेको छ ।

बैंकका लुम्बिनी प्रदेश प्रमुख नारायण केसी, पाल्पा शाखाका प्रमुख अमित भट्टमार्फत रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण कार्कीले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्द प्रसाद पोखरेललाई क्यूआर कोड हस्तान्तरण गरेका हुन् । यो सेवा सञ्चालनमा आएपछि रिब्दीकोट गाउँपालिका –४ मा रहेको उक्त मन्दिरमा आउने दशनार्थीहरुले क्यूआर कोडबाटै भेटी चढाउन सक्ने छन् । क्यूआर कोड हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष कार्कीले मन्दिरमा आउने दशनार्थीहरुका लागि क्यूआर कोडले महत्वपूर्ण टेवा पुुग्ने विश्वास व्यक्त गरे । उनले मन्दिरको आर्थिक पक्षलाई समेत यो सेवाले पारदर्शी बनाउने बताए । समयको माग अनुसार बैंकले वित्तिय क्षेत्रमा काम गर्दै आएको बताउदै अध्यक्ष कार्कीले मन्दिर पसिरमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएकोमा बैंकलाई धन्यवाद दिए । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पोखरेलले हिजो आज मन्दिरमा आउने दशनार्थीहरुले क्यूू आर सेवा खोज्ने गरेको बताए । उनले उनीहरुको सेवालाई मध्यजनर गरेर नै बैंकसँग सहकार्य गरी उक्त सेवा लिन सफल भएको बताए । अध्यक्ष पोखरेले अहिलेको युुग भनेको प्रविधिको युुग भएकाले मन्दिरको व्यवस्थापनलाई समेत प्रविधिसँग जोड्ने काम गरेको बताए ।

कार्यक्रममा बैंक लुम्बिनी प्रदेशका प्रमुख नारायण केसीले क्यूआर कोडको प्रयोगका बारेमा जानकारी गराएका थिए । उनले क्यूआर कोडको प्रयोगबाट नगद कारोबारको जोखिमलाई न्यूनीकरण गरी सुरक्षित रुपमा डिजिटल बैंकिङ कारोबार गर्न मन्दिरमा आउनेहरुलाई विशेष सहयोग पुग्ने समेत विश्वास व्यक्त गरे । प्रमुख केसीले बैंकलाई नगदरहित बैंकि· बनाउने दिशामा आफुहरु अगाडि बढेको बताए । कार्यक्रममा वडा अध्यक्ष सोमबहादुर कार्की, वडा सदस्य राजेन्द्र नेपाल, मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष विरेन्द्र मिदुन लगायतले क्यूू आर सेवाले आर्थिक पारदर्शीता र मन्दिरमा आउनेहरुको सहज सेवाका लागि उपयोगी बन्नेमा जोड दिए । बैंक पाल्पा शाखाका विरेन्द्र रावलले आफुुहरुले भैरव मन्दिरमा पहिलेदेखि दै क्यूआर सेवा सञ्चालनमा ल्याउने प्रयास गरे पनि अहिले आएर सफल भएको बताए । उनले अन्य ठाउँहरुमा पनि सेवा विस्तार गरिने बताए । कार्यक्रममा बैंकका कर्मचारी, पत्रकारहरुको समेत उपस्थिती रहेको थियो । कार्यक्रम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्द प्रसाद पोखरेलको अध्यक्षता,सचिव दिलिप रायमाझीको सञ्चालनमा कार्यक्रम भएको थियो । बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राख्नुका साथै सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update