Shittalpati
जिल्ला सहकारी संघ पाल्पाले मनायो १० औं साधारण सभा


पाल्पा, जिल्ला सहकारी संघ पाल्पाले १० औं वार्षिक साधारण सभा मनाएको छ । संघले बुधबार तानसेनमा एक औपचारिक कार्यक्रम गरी साधारण सभा मनाएको हो ।

सभाको पाल्पा क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै संघीय सांसद् गैरेले जिल्लामा सहकारी अभियानले आर्थिक विकासका साथै उत्पादन, उद्यशीलता र रोजगारीलाई जोड दिनु पर्ने बताएका छन् । उनले उद्यमशिलता र रोजगारी अहिलेको आवश्यकता रहेको औल्याउदै त्यसतर्फ सहकारीले ध्यान दिनुपर्नेमा जोड दिए । सांसद गैरेले सहकारीको माध्यमबाट विकासका नयाँ –नायाँ अवधारणा अगाडि बढाउन सकिने भएकाले अब त्यसतर्फ पनि ध्यान दिनुको विकल्प नरहेको बताए । उनले सहकारी अभियानलाई आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगदीश भट्टराई, संघका निवर्तमान अध्यक्ष ध्रुर्व अधिकारी, दुध सहकारी संघका अध्यक्ष राम जी घिमिरे, जिल्ला पशु तथा भेटनरी कार्यालयका प्रमुख डा. दुर्गा खनाल, संघकी उपाध्यक्ष शारदा नेपाल, कल्पना ज्ञवाली, बिष्णु रेग्मी लगायतले सहकारीको सफलताको शुभकानमा व्यक्त गरे । सोही अवसरमा संघले संघका निवर्तमान अध्यक्ष तथा सहकारी अभियान्ता ध्रुर्व अधिकारीलाई सम्मान समेत गरेको छ । संघका जिल्ला अध्यक्ष भुपति पाण्डेको अध्यक्षता, सचिव कृष्ण भूषालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update