Shittalpati
असहाय विद्यार्थीलाई न्यानो कपडा

गुल्मी, जिल्लाकोे एक सामुुदायिक विद्यालयमा अध्ययनरत असहाय तथा अशक्त विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । यहाँको राधा माधव समिति अन्तर्गत डिभाइन युथ क्लवले इस्मा गाउँपालिका –१ गुर्वामा रहेको रातचौर प्राथमिक विद्यालयका बालबालिकाहरुलाई एक औपचारिक कार्यक्रमकाबिच न्यानो कपडा वितरण गरेको हो ।

उसले चिसोबाट बच्नका लागि असहाय, अशक्त बालबालिकाहरुका लागि स्कुल झोला, सुइटर, टोपी वितरण गरेको छ । विद्यालयमा अध्ययनरत १७ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्का र राधा माधव समितिका संयोजक महाशर्मा भण्डारीले विद्यार्थीहरुलाई न्याने कपडा वितरण हस्तान्तरण गरेका हुन् । बालबालिकाहरुलाई कपडा हस्तान्तरण गर्दै पालिका अध्यक्ष खड्काले असहाय, अशक्त विद्यार्थीहरुको लागि क्लव र समितिले गरेको सहयोग प्रशंसनिय रहेको बताए । न्यानो कपडा सहयोगले विद्यार्थीहरुको पढाइमा थप उत्साह थप्नेमा उनले विश्वास व्यक्त गरे । अध्यक्ष खड्काले विद्यार्थीहरुका लागि गरिएको सामाजिक कार्यले समाजमा धार्मिक क्षेत्रबाट पनि केही गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुुत भएको बताए । चिसो बढदै गएसँगै असहाय, अशक्त विद्यार्थीहरुका लागि न्यानो कपडा वितरण गरिएको राधा माधव समितिका सचिव ताराप्रसाद भुसालले बताए । क्लवमा रहेका पदाधिकारीहरुले आफुले खाजा खाने रकमबाट बचाएर समाजमा केही गर्नु पर्छ भन्ने उद्देश्यले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको भुसालले बताए । डिभाइन युथ क्लवले जिल्लामा विभिन्न समयमा सामाजिक कार्य अन्र्तगत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्दै आएको छ । न्यानो कपडा वितरण कार्यक्रममा इस्मा गाउँपालिका उपाध्यक्ष पार्वती कुँवर, वडा १ र २ का वडाअध्यक्ष शेरबहादुर कुँवर, लोकनाथ आचार्य, विभिन्न विाद्यलयका शिक्षक, राधा माधव समिति र डिभाइन युथ क्लवका पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शनिबार, पुस २३, २०७९  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update