बुटवलमा पुनः जग्गाको लगत संकलन सुरु
बुधबार, साउन ४, २०७९

सेयर बजारमा लगातार वृद्धि
मंगलबार, साउन ३, २०७९
पछिल्लो ६ दिन यता लगातार सेयर बजारमा वृद्धि भएको छ । सेयर कारोबार भएको आइतबार, शुक्रबार, बिहीबार, बुधबार, मंगलबार र सोमबार परिसूचक नेप्सेमा वृद्धि भएको हो । आइतबार १.९, शुक्रबार ७.९, बिहीबार १४.७, बुधबार ५९.५४, मंगलबार ११.६८ र साउन २ गते सोमबार १८ अंकले बढेको छ ।

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपालमा घटेन
सोमबार, साउन २, २०७९
भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपालमा मूल्य घटेको छैन । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी)बाट नेपाल आयल निगमका लागि पेट्रोलियम पदार्थको मूल्य घटेर आएको भए पनि नेपालमा यथावत् राखिएको छ ।

चिकित्सा शिक्षाको शुल्क वृद्धि
आइतबार, साउन १, २०७९
राष्ट्रिय चिकित्सा आयोगले चिकित्सा शिक्षाको शुल्क निर्धारण गरेको छ । आयोगका उपसचिव मेघराज शर्माले शैक्षिक सत्र २०७८/७९ का लागि आयोगले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तह, स्नातकोत्तर तह, स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रममा शुल्क निर्धारण गरेको बताए ।

१० खर्ब ३५ अर्ब राजश्व संकलन
शनिबार, असार ३२, २०७९
सरकारले शुक्रबारसम्म १० खर्ब ३५ अर्ब बराबरको राजश्व संकलन गरेको छ । सरकारले ११ खर्ब ८० अर्ब ६० करोड चार लाख बराबरको राजश्व संत्रलन गर्ने लक्ष्य राखेकोमा हालसम्म १० खर्ब ३५ अर्ब ३९ करोड ४४ लाख बराबरको राजश्व संकलन गरेको हो ।

४० लाख पुगे करदाता
शुक्रबार, असार ३१, २०७९
करको दायरामा आउने करदाताको संख्या ४० लाख पुगेको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५९ औँ प्रतिवेदनअनुसार आव २०७७/७८ सम्म ४० लाख ५९ हजार १ सय ७ करदाता पुगेका हुन् ।

सहकारीले गरे १५ अर्बभन्दा बढी कृषिमा लगानी
बुधबार, असार २९, २०७९
रुपन्देहीमा सञ्चालनमा रहेका सहकारीहरूले उत्पादनमूलक क्षेत्रमा लगानी गरेका छन् । सहकारीको लगानीबाट हजारौँ युवा स्वरोजगार बनेको जिल्ला सहकारी संघ रुपन्देहीले जनाएको छ ।

प्रभुको संस्थापक शेयर सर्वसाधारणका लागि
बुधबार, असार २९, २०७९
प्रभु बैंकले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ । बैंकले मंगलबार एक सूचना जारी गर्दै ६८ हजार ३९ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको जनाएको छ ।

बजेटमा पक्षपात गरेको भन्दै काँग्रेसका जनप्रतिनिधि गाउँसभामा अनुपस्थित
मंगलबार, असार २८, २०७९
जिल्लाको माथागढी गाउँपालिकामा नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु बजेटमा पक्षपात गरेको भन्दै गाउँसभामा अनुपस्थित भएका छन् । उनीहरु वडा र पालिकास्तरीय बजेटमा आफुहरुलाई विभेद गरिएको भन्दै गाउँ सभामा अनुपस्थित भएका हुन् ।

हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँट हुँदै
मंगलबार, असार २८, २०७९
हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट आज हुँदै छ । कम्पनीले आज बिहान आफ्नै कार्यालयमा आईपीओको अन्तिम बाँडफाँट गर्न लागेको हो ।

कीर्तिमानी आरोहीलाई लुम्बिनी बैंकले गर्यो सम्मान
सोमबार, असार २७, २०७९
लुम्बिनी विकास बैंक लिमिटेडले कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई सम्मान गरेको छ । बैंकको लोगो अंकित ब्यानरसहित २६ औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथा चुचुरोमा पुगेर आफ्नो नाम पुनः गिनिज बुक अफ वल्र्ड रेकर्डमा लेखाउन सफल भएका पर्वतारोही शेर्पालाई सम्मान गरेको हो ।

पाल्पा सिमेन्टले थाल्यो भारतमा निर्यात
आइतबार, असार २६, २०७९
अधिकांश वस्तु विदेशबाट आयात गर्दा मुलुकको व्यापार घाटा बढिरहेको अवस्थामा पाल्पा सिमेन्ट इण्डष्ट्रिजले भने आफ्नो उत्पादन भारतीय बजारमा विस्तार गरेको छ । पश्चिम नवलपरासीको सुनवल–७ मा रहेको उद्योगले तानसेन ब्राण्डको तयारी सिमेन्ट पहिलो पटक भारतीय बजारमा विस्तार गरेको हो ।

भुक्तानी निकासा रोकियो
आइतबार, असार २६, २०७९
चालु आर्थिक वर्ष २०७८/०७९ को भुक्तानी निकासा रोकिएको छ । महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा इकाइहरुलाई रोक्न निर्देशन दिएसँगै आजदेखि बजेट निकासा तथा भुक्तानी प्रक्रिया रोकिएको हो ।