Shittalpati
कानुङ्ग मै महिला समूहद्वारा आश्रमलाई सहयोग

पाल्पा, जिल्लाको तानसेन नगरपालिका २ मेहलधारामा रहेको कानु मै महिला समूहले भूषालडाँडामा रहेको निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा आश्रमलाई आर्थिक सहयोग गरेको छ ।

समूहले शनिबार आश्रममै पुुगेर त्यहाँ रहेका असहाय, बेसहारा, वृद्धवृद्धा र मानसिक रूपले विक्षिप्त भएका व्यक्तिको लागि भोजन गराउन ५ हजार ७ सय आर्थिक सहयोग गरेको हो । समूहका अध्यक्ष भोजमाया पुनले आश्रमका संयोजक देवप्रसाद बज्राचार्यलाई उक्त सहयोग रकम हस्तान्तरण गरेकी हुुन् । सहयोग रकम हस्तान्तरण गर्दै अध्यक्ष पुनले असहाय, अशक्तहरुका लागि एक छाक भोजन खाना भए पनि पुुओस् भन्ने उद्देश्यले सानो रकम सहयोग गरिएको बताईन् । उनले भनिन् ‘महिला दिदिबहीनीहरुबाट उठाएको रकम भोजनका लागि सहयोग गरिएको हो ।’ आश्रमका संयोजक बज्राचार्यले महिला दिदीबहिनीहरुले आश्रममा रहेका नागरिकहरु प्रति देखाएको माया र सद्भावको प्रशंसा गर्दै धन्यवाद दिए । उनले सहयोगी दाताहरुको सहयोगमा आश्रम सञ्चालन गर्दै आएको बताए । प्रचार प्रसार हुँन नसक्दा बत्ति मुनिको अध्याँरो जस्तै आश्रम बन्न पुगेकाले त्यसको प्रचार प्रसार गरिदिन पनि उनले महिला दिदीबहिनीहरुलाई आग्रह गरे ।

३ वर्ष अघि महिलाहरुकै सक्रियतामा समूह गठन गरिएको समूहकी कोषाध्यक्ष चाँदनी गाहाले बताईन् । महिलाहरुलाई पर्ने हरेक समस्यामा समूह एक भएर लाग्ने गरेको उनको भनाई छ । गाहाले भनिन् ‘हामीहरुले एक आपसमा पैसा उठाउने गछौं, त्यो उठेको पैसा जो महिला दिदीबहिनीलाई आवश्यक पर्छ त्यो रकम उनैलाई दिने गर्छौं ।’ एक आपसमा सहयोगी भावना अनुुरुप नै समूह अगाडि बढेको गाहाले बताईन् ।

प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update