Shittalpati
ग्लोबल र बैंक अफ काठमाण्डूलाई मर्जरको स्वीकृति

पाल्पा, ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूले मर्जरको अन्तिम स्वीकृति प्राप्त गरेका छन् । नेपाल राष्ट्र बैंकले यी दुई बैंकलाई मर्जरको अन्तिम स्वीकृति दिएको हो ।

स्वीकृत प्राप्त गरेका यी बैंकले ग्लोबल आईएमई बैंकको नामबाट एकीकृत कारोबार गर्ने छन् । दुवै बैंकको साधारणसभाले मर्जरपछि बन्ने बैंकको नाम ‘ग्लोबल आईएमई बीओके लिमिटेड’ रहने प्रस्ताव पारित गरे पनि राष्ट्र बैंकले उक्त नाममा बैंक शब्द नभएको भन्दै नयाँ नाममा ल्याउन भनेपछि उनीहरुले ग्लोबल आईएमई बैंक नै राखेका हुन् । ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू १ः१ को सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) मा मर्जरमा गएका हुन् ।

प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update