पेट्रोलियम पदार्थको मूल्य यथावत्
बिहीबार, माघ ५, २०७९

कुसुम सहकारीको आगामी यात्रा कृषि प्रवद्र्धन
मंगलबार, माघ ३, २०७९
पाल्पाको तानसेनमा प्रधानकार्यालय रहेको कुसुुम बहुउद्देश्यीय सहकारीले कृषि प्रवद्र्धनलाई जोड दिने भएको छ । सहकारीको बुटवल र पाल्पामा भएको प्रथम साधारण सभाले कृषि प्रवद्र्धनसँगै होमस्टे, कुुसुुम एकिकृत बस्ती, मिट मार्ट, बहुुउद्देश्यीय मार्ट जस्ता कार्यक्रमहरुलाई अगाडि बढाउने नीति तथा कार्यक्रम पारित गरेको छ ।

थप छ क्रसर उद्योग बन्द
मंगलबार, माघ ३, २०७९
पछिल्लोपटक नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा अवैधरुपमा सञ्चालनमा रहेका छ क्रसर उद्योग बन्द गराइएको छ । गृह मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेको थियो ।

जिल्ला बचत तथा ऋण सहकारी संघ पाल्पाको अध्यक्षमा भट्टराई
शनिबार, पुस ३०, २०७९
जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पाल्पाको अध्यक्षमा जगदीश भट्टराई पुनः निर्विरोध निर्वाचित भएका छन् । संघको शनिबार तानसेनमा भएको २३ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनले पत्रकार, सहकारी अभियान्ता राजनीतिकर्मी भट्टराईलाई अध्यक्षमा चयन गरेको हो ।

सहकारीलाई प्रविधियुक्त र मर्यादित बनाउन जोड दिऊ : पाण्डे
शनिबार, पुस ३०, २०७९
जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष भूपति पाण्डेले सहकारीलाई मर्यादित र प्रविधियुक्त बनाउनु पर्ने बताएका छन् । शनिबार जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पाल्पाको २३ औं वार्षिक साधारण सभा तथा सातांै अधिवेशनलाई तानसेनमा सम्बोधन गर्दै उनले अबको आवश्यकता भनेको प्रविधियुक्त सहकारी बनाउनु रहेको बताएका हुन् ।

हिमालयन बैंकले गर्यो सिभिलसँग गाभ्ने प्रस्ताव पारित
शनिबार, पुस ३०, २०७९
हिमालयन बैंकले सिभिल बैंकलाई गाभ्ने प्रस्ताव पारित गरेको छ । बैंकको ३०औं वार्षिक साधारणसभाले सिभिल बैंकलाई प्राप्ति गर्ने विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

एक महिनामै आठ बैंक गाभिए
शुक्रबार, पुस २९, २०७९
पछिल्लो समय बैंकहरु धमाधम मर्ज हुने क्रम बढेको छ । राष्ट्र बैंकले बैंकहरु मर्ज गर्ने नीति ल्याएसँगै धमाधम बैंकहरु मर्ज हुन थालेका हुन् । पुस महिनामा मात्रै आठवटा वाणिज्य बैंक एकापसमा गाभिएका छन् । थप दुई वाणिज्य बैंकहरु पनि मर्जरको चरणमा छन् ।

नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने प्रक्षेपण
बिहीबार, पुस २८, २०७९
नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष सन् २०२२/०२३ मा पाँच दशमलव एक र २०२३/०२४ मा चार दशमलव नौ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक भएको छ । विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । आव २०२१/०२२ मा नेपालले पाँच दशमलव आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान...

इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार
बिहीबार, पुस २८, २०७९
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेड एकिकृत कारोबार सुुरु गरेका छन् । उनीहरु एकापसमा गाभिएसँगै बुधबारदेखि ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड’का नाममा एकीकृत कारोबार सुरु गरेका हुन् ।

सगरमाथा जलविद्युतले आइपीओ निष्कासन गर्दै
बुधबार, पुस २७, २०७९
सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आगामी माघ ५ देखि साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ)को बिक्री खुला गर्ने भएको हो ।

पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो
मंगलबार, पुस २६, २०७९
पेट्रोल, डिजेल र मट्टितेलको घटेको छ । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी ३÷३ रुपैयाँले घटाएको हो । नयाँ मूल्य सूची अनुसार पेट्रोलको भाउ १ सय ७५ र डिजेल तथा मट्टितेलको भाउ १ सय ७२ कायम भएको छ । एलपी ग्यासको भाउ भने यथावत छ । यसअघि...

हवाई भाडा घट्यो
सोमबार, पुस २५, २०७९
सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटाइएको छ । आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर रु २० कटौती गरेसँगै वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा घटाएको हो ।

रामपुरमा महोत्सव तथा व्यापार मेला हुँदै
सोमबार, पुस २५, २०७९
जिल्लाको दोस्रो व्यापारीक केन्द्रको रुपमा रहेको रामपुरमा महोत्सव तथा व्यापार मेला हुन लागेको छ । स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै सुस्ताएको आर्थिक क्षेत्रलाई चलयमान गराउन तेस्रो रामपुर महोत्सव हुन लागेको हो ।