Shittalpati
वैशाख १४ गतेदेखि हुन लागेको पाल्पा महोत्सव टुँडिखेलमा हुने
वैशाख १४ गतेदेखि हुन लागेको पाल्पा महोत्सव टुँडिखेलमा हुने आउँदो बैशाख १४ गतेदेखि हुन लागेको पाल्पा महोत्सव तानसेनको टुँडिखेलमा हुने निश्चित भएको छ । महोत्सव आयोजना गर्न लागेको पाल्पा उद्योग वाणिज्य संघले महोत्सवका लागि टुँडिखेलमा स्थान निश्चित गरेको हो ।
आठ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा
आठ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा सरकारले ८ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ७ जिल्लाका ८ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरेको हो ।
शिक्षकलाई ऋण
शिक्षकलाई ऋण बागलुङको जैमिनी नगरपालिकाको शिक्षकलाई शैक्षिक सामग्री खरिद गर्न सहयोग गर्ने उद्देश्यले चक्रीय कोष स्थापना गर्ने घोषणा गरेको छ । दुई दिनसम्म सञ्चालन गरेको विज्ञ सम्मेलनको समापनपछि घोषणापत्र जारी गर्दै नगरपालिकाले नगरका सबै विद्यालयमा कोष स्थापना गरी शिक्षकलाई आवश्यक शैक्षिक सामग्री खरिद गर्न ऋण उपलब्ध गराउने निर्णय गरेको छ ।
‘सहकारी दिवस’ले जगाएको उत्साह
‘सहकारी दिवस’ले जगाएको उत्साह पछिल्लो समय एकपछि अर्को सहकारी भाग्ने क्रम बढेको छ । आर्थिक विचलनका कारण निक्षेप दिन नसकेपछि कतिपय सहकारी बन्द गरेर भागेका समाचारले सहकारी संस्थामा आवद्ध सदस्यहरु चिन्तित बनिरहेका बेला यस वर्षको सहकारी दिवसले भने केही उत्साह जगाएको छ । पाल्पामा सञ्चालित सहकारीहरुमा त्यस्तो कुनै घटना नभए पनि देशका अन्य ठाउँमा...
एकल पुरुषलाई मासिक भत्ता
एकल पुरुषलाई मासिक भत्ता गुल्मीको इस्मा गाउँपालिकामा एकल पुरुषलाई भत्ता वितरण गर्न थालिएको छ । गाउँपालिकाका ६९ एकल पुरुषलाई मासिक एक हजारका दरले भत्ता वितरण गरिएको हो ।
तानसेनमा सहकारी दिवसमा निकालियो सचेतना र्याली
तानसेनमा सहकारी दिवसमा निकालियो सचेतना र्याली तानसेनमा ‘सहकारीको दिगोपन : स्वनियमन र सुशासन’ नारासहित ६६ औँ सहकारी दिवस मनाइएको छ । तानसेन नगरपालिका, जिल्ला सहकारी संघ र जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा भएको कार्यक्रममा सचेतनामूलक र्याली निकालिएको हो ।
आज सहकारी दिवस : पाल्पामा विभिन्न कार्यक्रम गरी मनाइदैं
आज सहकारी दिवस : पाल्पामा विभिन्न कार्यक्रम गरी मनाइदैं आज राष्ट्रिय सहकारी दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइदैंछ । पाल्पामा पनि ६६ औं दिवस भव्य रुपमा मनाउन लागिएको छ । यहाँका १० वटै स्थानीय तहमा विभिन्न कार्यक्रम गरी भव्य रुपमा दिवस मनाइदैं छ । स्थानीय सरकार, जिल्ला सहकारी संघ र जिल्ला बचत तथा ऋण सहकारी संघले विभिन्न सचेतनामूलक कार्यक्रम...
किसानलाई कृषि उपकरण प्रदान
किसानलाई कृषि उपकरण प्रदान बुटवल उपमहानगरपालिकाले बुटवलका ग्रामीण किसानलाई कृषि सामग्री उपलब्ध गराएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत बुटवल उपमहानगरपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लागत सहभागितामा मकै पकेट क्षेत्रका लागि पावर टिलर, मकै रोप्ने मेसिन, मकै छोडाउने मेसिन, मकै पिस्ने मेसिन, त्रिपाल, जैविक मल लगायतका सामग्री र उपकरण उपलब्ध गराएको...
यामाहाले ल्यायो ‘पावर अफ फाइभ’ योजना
यामाहाले ल्यायो ‘पावर अफ फाइभ’ योजना नेपालमा यामाहा मोटरसाइकल र स्कुटरको लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले आफ्ना ग्राहरुका लागि नयाँ वर्ष विशेष योजना ल्याएको छ । ग्राहकहरुको मागलाई मध्यनजर गर्दै हरेक वर्ष नयाँ–नयाँ योजना तथा उपहार ल्याउर्दै आएका यामाहाले यस पटक ‘पावर अफ फाइभ’ नामक विशेष योजना ल्याएको हो ।
तयार भयो बजेट तर्जुमा कार्यतालिका
तयार भयो बजेट तर्जुमा कार्यतालिका गामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट तयारका लागि अर्थ मन्त्रालयले विभिन्न समयसीमासहितको कार्यतालिका तयार पारेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र बजेट तर्जुमा दिग्दर्शनमा भएको व्यवस्थाअनुसार मन्त्रालयले आगामी आवको ‘बजेट क्यालेन्डर’ तयार पारेको हो ।
सुन बिक्री भएन
सुन बिक्री भएन पछिल्लो केही समय यता अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अत्याधिक बढेपछि नेपाली बजारमा विक्री हुन छोडेको छ । सुनको मूल्य बढ्दा व्यवसायीले नेपाली बैंकबाट सुन किन्न छाडेका छन् । देशमा आर्थिक मन्दीका कारण आमसर्वसाधारणमा पैसा नभएकाले पनि बजारमा सुनको माग हुन छोडेको हो ।
महिलाले खोले ‘अन्नपूर्ण खाद्यान्न उद्योग’
महिलाले खोले ‘अन्नपूर्ण खाद्यान्न उद्योग’ स्याङ्जाको वालिङमा महिलाद्वारा सञ्चालित गतिशील महिला बहुउद्देश्यीय सहकारी संस्थाले ‘अन्नपूर्ण खाद्यान्न उद्योग’ सञ्चालनमा ल्याएको छ । सहकारीले तीन करोड ३३ लाखको लागतमा फागुन २८ गतेदेखि उद्योग सञ्चालनमा ल्याएको हो ।
Weather Update