Shittalpati
रिलायबलले गर्‍यो एमडिआरटी उपाधि प्राप्त पाल्पाकी तिवारीलाई सम्मान

पाल्पा, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले (एमडिआरटी) मिलिनियर डोलर राउण्ड टेवलको उपाधि प्राप्त गर्न सफल पाल्पा तानसेनकी गीता कुमारी तिवारीलाई सम्मान गरेको छ । कम्पनीले २०२४ का लागि पाल्पाबाट पहिलो पटक एमडिआरटी उपाधि प्राप्त गरेकी तिवारीलाई तानसेनमा एक औपचारिक कार्यक्रमका बिच सम्मान गरेको हो ।

पाल्पा शाखाको बीमा एजेन्सीको रुपमा काम गर्दै आएकी तिवारीले छोटो समयमै कम्पनीले दिएको तारगेट मिट गरी एमडिआरटीको रुपमा नाम लेखाउन सफल भएकी थिइन । उनले कम्पनीले दिएको समय सीमाको दुुई महिना भित्रै प्रथम बिमा शुल्क ८२ लाख पुुरा गरी एमडिआरटी बन्न सफल भएको कम्पनी पाल्पा शाखाका प्रबन्धक सुुवास गैरेले बताए । उनका अनुसार २०२४ का लागि पाल्पाबाट एमडिआरटी पाउने तिवारी पहिलो अभिकर्ता हुन् ।  

पाल्पा शाखाले छोटो समयमै एमडिआरटी जन्माउन सफल भएको छ । एमडिआरटी प्राप्त तिवारीले अमेरिकाको बोस्टनमा हुने कार्यक्रमा समेत सहभागीता जनाउन पाउने छिन् । प्रोफेशन बिमा अभिकर्ताहरूको अन्तर्राष्ट्रिय प्लेटफर्म मिलियन जुलार राउण्ड टेवलको ग्लोबल कन्फरेन्स २०२४ अमेरिकाको बोस्टनमा हुन लागेको छ । इमान्दारीता र लगनशीलताको प्रतिफल तिवारीले प्राप्त गरेकोमा पाल्पा शखालाई थप उत्साह मिलेको शाखा प्रबन्धक गैरेले बताए ।

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update