Shittalpati
श्रीनगर यातायात सहकारीको अधिवेशन, अध्यक्षमा ढुुंगाना

पाल्पा, श्रीनगर यातायात सहकारी संस्था तानसेनको प्रारम्भिक साधारण सभा तथा अधिवेशन भएको छ । सहकारीको बुधबार साधारण सभा तथा अधिवेशन भएको हो ।

प्रारम्भिक अधिवेशनले डिलबहादुर ढुंगानालाई अध्यक्षमा चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा दिपक श्रेष्ठ, उपाध्यक्ष किरण चित्रकार, सचिवमा सुनिल के.सी र कोषाध्यक्षमा बासुदेव खड्का चयन भएका छन् ।

अधिवेशनको तानसेन नगरपालिका निमित्त प्रशासकिय अधिकृत दुर्गा थापाले उद्घाटन गरेका हुन् । अधिवेशनको उद्घाटन गर्दै उनले सहकारीमार्फत यातायात क्षेत्रमा रोजगारी सिर्जना गरी सबै क्षेत्रलाई संगठित बनाउने दिशामा सोच्न सहकारीलाई आग्रह गरे ।
तानसेन नगरपालिका –७ वडा अध्यक्ष प्रदीप खनालले जनताको वित्तीय पहुँच पुग्ने एक मात्र पद्दती सहकारी भएकाले सहकारीमार्फत निम्न आय भएका गरिव तथा विपन्न वर्गका समुदायको जीवनस्तर सुधारका लागि सहकारी पद्धति उपयुुक्त भएको धारणा व्यक्त गरे । कार्यक्रममा बचत ऋण सहकारी संघ अध्यक्ष जगदीश भट्टराई, पत्रकार पदम गैरे, रानीमहल सहकारी पाल्पाका अध्यक्ष भुगोल बैजु लगायतले यातायात सहकारीमार्फत रोजगारी

सिर्जना गर्दै युवा शक्ति स्वदेशमै राख्न पहल गर्नु पर्नेमा जोड दिए ।
सभामा संस्थाको आ.व. ०७९÷०८० को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै तदर्थ समितिका अध्यक्ष डिल बहादुर ढुुंंगानाले श्रीनगर यातायात सहकारी संस्था मार्फत आगामी दिनमा यातायात क्षेत्रमा ३ जिल्ला भर विस्तार गर्ने योजना रहेको बताए । कोषाध्यक्ष भविन्द्र गौतमले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । नवनिर्वाचित समितिका अध्यक्ष राजन नेपालले नवनिर्वाचित कार्यसमितिलाई प्रमाण पत्र प्रदान गरेका थिए ।

 

 

 

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  २०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update