Shittalpati
पाल्पाका स्थानीय तहलाई ४ अर्ब १६ करोड बढीकोे बजेट

पाल्पा, सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गरे । अर्थमन्त्रीले सार्वजनिक गरेको बजेट अनुसार पाल्पाका दुुई नगरपालिका र आठ गाउँपालिकाका लागि ४ अर्ब १६ करोड ४५ लाख बजेट विनियोजन गरिएको छ । जसमा चालुतर्फ ३ अर्ब ७४ करोड २६ लाख छ भने पुँजीगततर्फ ४२ करोड १९ लाख रहेको छ । यहाँ बजेटको आकार केही बढेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा यसपटक ८ करोड २४ लाखले बजेट बढेको हो । चालू आर्थिक वर्ष २०७९/०८० मा यहाँका स्थानीयतहलाई ४ अर्ब ८ करोड २१ लाख बजेट विनियोजन भएको थियो । संघीय सरकारले यस पटक तानसेन नगरपालिकालाई समानीकरण अनुदान, सशर्त अनुुदान, विशेष अनुदान र समपुरक गरी  ६९ करोड २० लाख विनियोज गरेको छ । जसमा चालुतर्फ ५५ करोड ५० लाख र पुँजीगततर्फ १३ करोड ७० लाख रहेको छ । यहाँ चालु आर्थिक वर्ष ६६ करोड ५३ लाख विनियोजन भएको थियो । यस्तै रामपुर नगरपालिकालाई ४७ करोड ७७ लाख बजेट छुुट्याइएको छ । जसमा चालुतर्फ ४४ करोड ६१ लाख, पँुजीगततर्फ ३ करोड १६ लाख रहेको छ । यहाँ अघिल्लो वर्षको तुलनामा यस पटक बजेट केही कम आएको छ । चालुु आर्थिक वर्ष ४९ करोड ८१ लाख बजेट विनियोजन भएको थियो । तिनाउ गाउँपालिकालाई यस पटक ३२ करोड ६० लाख बजेट विनियोजन भएको छ । जसमा चालुतर्फ ३० करोड २० लाख र पुँजीगत तर्फ  २ करोड ४० लाख रहेको छ । यस पटकको बजेटमा भने यहाँ केही रकम बढेको छ । चालुु आर्थिक वर्षमा ३० करोड ५४ लाख परेको थियो । यस्तै निस्दी गाउँपालिकालाई चालुतर्फ ३६ करोड ५८ लाख, पुँजीगततर्फ ३ करोड ६२ लाख गरी ४० करोड २० लाख विनियोजन भएको छ ।

यहाँ चालुु आर्थिक वर्ष भने ३९ करोड ७५ लाख परेको थियो । यस्तै पूर्वखोला गाउँपालिकालाई चालुतर्फ ३० करोड ८ लाख, पुँजीगततर्फ ३ करोड गरी ३३ करोड ८ लाख रकम विनियोजन भएको  छ । यहाँ चालुु आर्थिक वर्ष भने ३२ करोड ८८ लाख रकम विनियोजन भएको थियो  । यसै गरी बगनासकाली गाउँपालिकालाई चालुतर्फ ३३ करोड ३० लाख, पँुजीगततर्फ २ करोड १५ लाख गरी ३५ करोड ४५ लाख छुुट्याइएको छ । यहाँ चालुु आर्थिक वर्ष ३४ करोड ७३ लाख विनियोजन भएको थियो ।  माथागढी गाउँपालिकालाई चालुतर्फ ३५ करोड ५२ लाख, पँुजीगततर्फ ३ करोड ९० लाख गरी ३९ करोड ४२ लाख विनियोजन भएको छ । चालु आर्थिक वर्ष भने  ३८ करोड ६३ लाख परेको थियो । यस्तै रम्भा गाउँपालिकालाई चालुतर्फ ३१ करोड ९ लाख, पुँजीगततर्फ ३ करोड ४०  गरी ३४ करोड ४९ लाख विनियोजन गरिएको छ । चालु आर्थिक वर्ष भने ३४ करोड २५ लाख परेको थियो । रिब्दीकोट गाउँपालिकालाई चालुतर्फ ३३ करोड ६६ लाख, पुँजीगत तर्फ २ करोड ८६ लाख गरी ३६ करोड ५२ लाख विनियोजन भएको छ । यहाँ चालु आर्थिक वर्ष भने ३५ करोड ४० लाख छुट्याइएको थियो । यस्तै रैनादेवी छहरा गाउँपालिकालाई चालुतर्फ ४३ करोड ७२ लाख, पँुजीगततर्फ ४ करोड गरी ४७ करोड ७२ लाख विनियोजन भएको छ । यहाँ चालु आर्थिक वर्ष भने ४५ करोड ६५ लाख रुपैयाँ विनियोजन भएको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update