Shittalpati
वृद्धवृद्धा भत्ता बढेन

पाल्पा, यस पटकको बजेटमा वृद्धभत्ता बढेन । सरकारले सामाजिक सुरक्षा भत्ताबापत वृद्धवृद्धाले पाउँदै आएको ४ हजारलाई नै निरन्तरता दिएको छ । सरकारले ६८ वर्ष पुगेकाहरुलाई सामाजिक सुरक्षा भत्ता दिइँदै आएको थियो । आर्थिक वर्ष २०८०/०८१ को बजेट पेस गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सामाजिक सुरक्षाका लागि १ खर्ब ५७ अर्ब ७३ करोड बिनियोजन गरेको जानकारी दिए ।

उनले आगामी आर्थिक वर्ष २०८०/८१ बजेट सार्वजनिक गर्दै गत वर्षको भन्दा २३ अर्व बढी रकम यो शीर्षकमा छुट्ट्याएका छन् । ६० वर्ष पूरा भएका दलित, एकल महिला, विपन्न, सीमान्तकृत वर्ग र समुदाय तथा बालबालिकालाई दिँइदै आएको सामाजिक सुरक्षा भत्ताका लागि रकम विनियोजन गरिएको छ । छात्रवृति, स्वास्थ्योपचार, स्वास्थ्य बीमा लगायतका क्षेत्रमा प्रदान गरिएको सामाजिक सुरक्षाका कार्यक्रमलाई निरन्तरता दिएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update