Shittalpati
चौथो गुल्मी महोत्सवको प्रचार –प्रसार होमस्टेबाट

रमेश विश्वकर्मा
गुल्मी, चौथो गुल्मी महोत्सवको प्रचार–प्रसार जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं. १३ उपल्लो भँगारीमा रहेको प्रस्तावित रेसुङ्गा होमस्टेबाट गरिएको छ । गुल्मी उद्योग वाणिज्य संघ गुल्मीले यही चैत्र २१ गते देखि २०७७ बैशाख १ गतेसम्म जिल्लाको सदमुकाम तम्घासको चिदिचौर खेलमैदानमा चौथो गुल्मी महोत्सव गर्न लागेको गुल्मी उद्योग वाणिज्य संघका महासचिव ताराप्रसाद भुसालले जानकारी दिए । गुल्मी उद्योग वाणिज्य संघले ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने मुख्य नारा लिएर जिल्लाको सदरमुकाम तम्घासमा चौथो गुल्मी महोत्सव, प्रादेशिक व्यापार एवं औद्योगिक मेलाको आयोजना गरेको महासचिव भुसालले जानकारी दिए । जिल्लामा अवसर नपाएका कारण लुकेर रहेका कला, संस्कृति सम्पदालाई उजागर गर्ने, ग्रामिण पर्यटनको प्रवद्र्धन गर्ने ग्रामिण जनताको आय–आर्जनमा वृद्धि गरि गरिबि निवारणमा सहयोग पु¥याउने यस चौथो गुल्मी महोत्सवको उद्देश्य रहेको महासचिव भुसालले बताए ।

जिल्लाको सदरमुकाम तम्घासमा हुन लागेको चौथो गुल्मी महोत्सव विगतमा गरिएका महोत्सव भन्दा निकै परक र पृथक हुने गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले बताए । उनले अहिलेको चौथो गुल्मी महोत्सवमा पृथक किसिमको प्रतिभा र उत्पादन देख्न पाइने दाबि गरे । महोत्सवको माध्यमद्वारा जिल्लामा औद्योगिक तथा घरेलु उत्पादनलाई जोड दिदैँ स्थानीय उत्पादनको प्रवद्र्धन गरिने अध्यक्ष भलामीले बताए ।जिल्लामा उद्यमी व्यवसायी बनाउन तथा स्थानीय कला, संस्कृति, सांस्कृतिक निधिको विकास र संरक्षणका लागि प्रस्तावित रेसुङ्गा होमस्टे (घरवास) को प्रवद्र्धनका लागि सबै जुट्नुपर्ने बताए । महोत्सवको माध्मद्वारा जिल्लालाई पर्यटकीय केन्द्रको रुपमा विकास गरिने बताउँदै अध्यक्ष भलामीले भने,‘गुल्मी जिल्ला हावा, पानी, माटो, मौसमका हिसाबले प्राकृतिक सौन्र्दयको खानि भएकाले यसलाई आर्थिक रुपमा रुपान्तरणका लागि पर्यटनले जोड्ने छ ।

चौथो गुल्मी महोत्सवमा बौद्धिक उत्पादनलाई समेत बिशेष प्राथमिकता दिईने छ ।’ स्थानीय व्यवसायी तथा उत्पादनलाई प्राथमिकता दिइने बताए । महोत्सवलाई समग्र गुल्मेलीहरुको महोत्सवको रुपमा लैजानु पर्ने उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेले बताए । उनले महोत्सवको माध्यमबाट स्थानीय उत्पादनहरुलाई प्रवद्र्धन गर्न सक्नुपर्नेमा जोड दिए । चौथो गुल्मी महोत्सवमा ८० हजार दर्शकले मेला अवलोकन गर्ने र तीन करोड बराबरको कारोबार गर्ने अपेक्षा राखिएको गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष इश्वरी प्रसाद पौडेलले बताए । गुल्मी उद्योगवाणिज्य संघले मेला विगतका दिनहरुमा पनि महोत्स गर्दै आएको छ । महोत्सवबाट आम्दानी भएको केही रकम सामाजिक क्षेत्रमा पनि खर्च गर्दै आएको बताईएको छ ।

 

प्रकाशित मिति: सोमबार, फागुन १२, २०७६  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update