Shittalpati
एक दशकपछि निस्दीका गाउँमा बिजुली पुग्यो
एक दशकपछि निस्दीका गाउँमा बिजुली पुग्यो पाल्पाको निस्दी गाउँपालिकामा आयोजना शुरु भएको एक दशकपछि बिजुली पुगेको छ । गाउँपालिकाका ३, ४, ५, ६ र ७ वडामा विद्युतीकरण गर्ने योजनामध्ये हाल यहाँका ४, ५ र ६ वडाका केही गाउँमा बिजुली बाल्न थालिएको हो ।
कालीगण्डकीमा दुई बालक बेपत्ता
कालीगण्डकीमा दुई बालक बेपत्ता रामपुर नगरपालिका १० मलौटेघाटबाट कालीगण्डकीमा पौडी खेल्ने क्रममा दुई बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा रामपुर १० सिकोडाँडा पाल्पा रेशम भट्टराईको छोरा १० वर्षिय सुनिल भट्टराई र सोही स्थानका तिलकराम चापागाईको छोरा १० वर्षिय समीर चापागाई बेपत्ता भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भिमबहादुर कार्कीले बताए ।
लकडाउनका बेला तानसेनको स्वरुप फेरिदै
लकडाउनका बेला तानसेनको स्वरुप फेरिदै लकडाउनका बेला जिल्लाको सदरमुकाम तानसेन बजारको स्वरुप फैरिदै गएको छ । तानसेन नगरपालिकाको मुख्य बजारलाई पुरानै स्वरुपमा सजाउन थालिएपछि तानसेनको स्वरुप फेरिदै गएको हो । कोरोना संक्रमण बच्न र बचाउन सरकारले लकडाउन जारी राखेको समयमा तानसेन नगरपालिकाले तानसेन बजार भित्रका विभिन्न सडकहरुमा ढुङ्गा छापेर नगरको स्वरुप नै परिवर्तन गरेको छ ...
लकडाउन प्रभावकारी बनाउन युवा परिचालन
लकडाउन प्रभावकारी बनाउन युवा परिचालन जिल्लाको गुल्मी दरवार गाउँपालिका वडा ५ ले लकडाउनलाई प्रभावकारी बनाउन युवा परिचालन गरेको छ । लकडाउन जारी रहे पनि लुकिछिपी बाहिरबाट भित्रिनेहरुका कारण चुनौती थपिएको भन्दै थप प्रभावकारी बनाउन नाकाहरुमा युवा परिचालन गरेको हो ।
गुल्मीमा भएको जातिय विभेदको घटनाप्रति दलित अधिकारकर्मीको आपत्ति
गुल्मीमा भएको जातिय विभेदको घटनाप्रति दलित अधिकारकर्मीको आपत्ति कालिगण्डकी गाउँपालिका फोक्सिङमा दलित युवा गैरदलितको घरमा पसेको भन्दै १५ सय तिराईएको घटनालाई लिएर जिल्लाका दलित अधिकारकर्मीहरुले आपत्ति जनाएका छन् ।
कारागारका कैदीबन्दी उच्च जोखिममा
कारागारका कैदीबन्दी उच्च जोखिममा जिल्ला कारागार रुपन्देहीमा रहेका कैदीबन्दी कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छन् । जिल्लामा संक्रमणको दर बढेसँगै कैदीबन्दीमा पनि संक्रमण फैलिने त्रास बढेको छ ।
गैरदलितको घरमा दलित पसेपछि जरिवाना
गैरदलितको घरमा दलित पसेपछि जरिवाना गत वैशाख२२ गते जिल्लाको कालिगण्डकी गाउँपालिका–५ फोक्सिङमा दलित युवा गैरदलितको घरमा पसेको भन्दै १५ सय जरिवाना गराईएको छ ।
पाल्पा जिल्ला सिल गर्ने निर्णय
पाल्पा जिल्ला सिल गर्ने निर्णय पाल्पा जिल्लालाई जेठ ५ गते सोमबारसम्म सिल गर्ने जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ ।
रामपुरले नाकाहरुमा सुरक्षा गार्ड राख्ने
रामपुरले नाकाहरुमा सुरक्षा गार्ड राख्ने रामपुर नगरपालिकाले रातको समयमा नाकाहरुको निगरानीको सुरक्षा गार्डको व्यवस्था गर्न लागेको छ । लकडाउन जारी रहे पनि लुकिछिपी बाहिरबाट भित्रिनेहरुका कारण चुनौती थपिएको भन्दै थप प्रभावकारी बनाउन नाकाहरुमा सुरक्षा गार्ड राख्न लागेको हो ।
कोेरोना संक्रमणबाट बच्न पाल्पा जिल्ला सिल
कोेरोना संक्रमणबाट बच्न पाल्पा जिल्ला सिल छिमेकी जिल्लाहरु कोरोना संक्रमणको दर बढ्दै गएपछि पाल्पा जिल्लालाई सिल गरिएको छ । पाल्पासंग सिमाना जोडिएका तराईका जिल्ला रुपन्देही, कपिलबस्तु र पूर्वपश्चिम नवलपरासी जिल्लामा कोरोना संक्रमणको बढ्दै गएपछि शुक्रबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठकले पाल्पा जिल्लालाई सिल गर्ने निर्यण गरेको हो ।
माथागढीमा शिक्षा क्षेत्रमै नौलो प्रयास,   बन्दाबन्दीका बेला परियोजना कार्यबाटै शिक्षण सिकाई
माथागढीमा शिक्षा क्षेत्रमै नौलो प्रयास, बन्दाबन्दीका बेला परियोजना कार्यबाटै शिक्षण सिकाई कोरोनाभाइरस महामारीले नेपाल पनि विगत ५२ दिनदेखि लकडाउनमा छ । संक्रमितका संख्या वृद्धि भइराखेका छन् । लकडाउनको समय अझै चार दिन बाँकी छ । संक्रमित भेटिएमा सरकारले थप लकडाउन गर्न सक्छ ।
आवत–जावतमा रोक
आवत–जावतमा रोक रुपन्देहीमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आवत–जावतमा रोक लगाइएको छ । जोखिम बढ्दै गएपछि हुलाकी मार्गको दक्षिण भेगको आवत–जावतमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
Weather Update