Shittalpati
गुल्मीमा पहिरोले गाडी पुर्दा एकको मृत्यु

रमेश विश्वकर्मा
गुल्मी । जिल्लाको धुर्कोट गाउँपालिका वडा ३ हाडहाडेमा पहिरोले गाडी पुर्दा १ जनाको मृत्यु भएको छ । २ जनाको अवस्था गम्भीर रहेको छ । देउराली यातायातको गाडी अर्घाखाँचीको मालारानी, हाडहाडे हुँदै धनमुडा जाँदै गरेको ग १ ज ३९९७ नम्बरको गाडी चुने ओडार भन्ने स्थानमा पहिरोले पुरेको हो ।

६ जना सवार जिप पहिरोले पुर्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय पुर्कोट दहका प्रहरी निरिक्षक पकंज चुदालीले जानकारी दिए । ज्यान गुमाउनेमा धुर्कोट ३ हाडहाडे मल्ज्याङका अन्दाजी १८ वर्षका तुल्सीराम काउछा रहेका छन् । यस्तै सोहि ठाउँकै गाडी चालक प्रदिप पुन र रमेश राना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि सन्धीखर्क लगिएको छ । ३ जनाको अवस्था सामान्य रहेको छ । केशव काउछा ,खिम बहादुर काउछा र बिशाल काउछाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक चुदालीले बताए ।

प्रकाशित मिति: शनिबार, असार ६, २०७७  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update