खानेपानीको अभाव झेल्दै रामपुरवासी
बिहीबार, जेठ २९, २०७७
एसइई परीक्षा नगर्ने निर्णय
बिहीबार, जेठ २९, २०७७
मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरस महामारीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसइई) नगर्ने निर्णय गरेको छ । बैंठकले विद्यालयद्वारा गरिएको आन्तरिक मुल्यांकनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने गरी निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संघीय संसदमा पेश हुने संघीयता अनुरुपको शिक्षा ऐन पारित भएपछि...
रिब्दीकोटका तीन सय बढी स्थानीयले पाए रोजगार
बिहीबार, जेठ २९, २०७७
लामो समयदेखिको बन्दाबन्दीको कारण प्रभावित बनेका स्थानीयहरुलाई मध्यनजर गर्दै जिल्लाको रिब्दीकोट गाउँपालिकाले रोजगार दिएको छ । लकडाउनले काम विहिन बनेका र विदेशबाट आएका तीन सय बढी स्थानीय नागरिकहरुलाई गाउँपालिकाले रोजगार दिएको हो । गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत ५ वटा वडाका ३ सय ६१ जनालाई रोजगार प्रदान गरेको छ ।...
मनसुन भित्रिन अझै केही दिन लाग्ने
बुधबार, जेठ २८, २०७७
नेपाल मनसुन भित्रिन अझैं केही दिन लाग्ने भएको छ । आज अर्थात् जुन १० का दिन नेपालमा मनसुन भित्रिनुपर्नेमा पाँच दिन ढिलो गरी भित्रिने सम्भावना रहेको मौसम पूर्वानुमान महा –शाखाले जनाएको छ । मनसुन भित्रिनका लागि जुन खालको वातावरण हुनुपर्ने हो, त्यो बनिनसकेकाले अझै पाँच दिन लाग्ने सम्भावना रहेको मौसमविद्...
सांसद रानाले गरे क्वारेन्टाइनको अनुगमन
मंगलबार, जेठ २७, २०७७
पाँच नम्बर प्रदेशका प्रदेशसभा सदस्य तथा नेपाली काँग्रेसका जिल्ला सभापति वीरबहादुर रानाले क्वारेन्टाइनको अनुगमन गरेका छन् । सांसद रानाले जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा रहेका विभिन्न क्वारेन्टाइनको अनुगमन गरेका हुन् । रैनादेवी छहराको भुवनपोखरीमा सबै भन्दा धेरै भारतबाट फर्केका नागरिक छन् ।
हत्या गरेको आशङ्कामा नियन्त्रणमा
मंगलबार, जेठ २७, २०७७
रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजीकै मैनहवा गाउँमा गए राति भएको सामूहिक हत्याको आशंकामा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । हत्या गरिएकामा एक महिला र चार पुरुष छन् । घटनास्थल गाई फार्म नजीकै भेटिएका झपेन्द्र सिंजालीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले जानकारी...
युनिक एफ.एम.ले ट्युसन अन इएरका शिक्षकलाई गर्यो सम्मान सहित विदाई
सोमबार, जेठ २६, २०७७
बन्दाबन्दीका बेला कक्षा ११ र १२ का लागि दुरशिक्षा कार्यक्रम सञ्चालन गरेको युनिक एफएम पाल्पाले आईतबार एक औपचारिक कार्यक्रमका बीच ट्युसन अनइएरका शिक्षकहरुलाई सम्मान सहित विदाई गरेको छ । रेडियोले तानसेन नगरपालिकाको सहयोगमा सञ्चालन गरेको कार्यक्रममा रेडियोबाटै विद्यार्थीहरुलाई अध्यापन गराउर्दै आएका शिक्षकहरुलाई सम्मान सहित विदाई गरेको हो । कोरोनाका कारण...
‘कोरोनाको भयभन्दा समाजको त्रास बढी’
सोमबार, जेठ २६, २०७७
समाचार सङ्कलनकै क्रममा कोरोना सङ्क्रमण भई आइसोलेशनमा रहेका कपिलवस्तुका दुई सञ्चारकर्मीलाई निको भएपछि आइतबार डिस्चार्ज गरियो । सत्र दिन जिल्लाको माहुरी होममा निर्माण गरिएको आइसोलेशनमा बसेका सञ्चारकर्मीलाई बिदाइ हुँदै गर्दा कुनै युद्ध जितेर फर्किन लागेको जस्तो अनुभव भयो । ‘कोरोनाको भयभन्दा समाजको त्रास बढी हुने रैछ’, कपिलवस्तु ‘दर्पण’ र ‘उज्यालो’...
बन्दाबन्दीले खानेपानी आयोजना प्रभावित
सोमबार, जेठ २६, २०७७
कोभिड–१९ संक्रमण जोखिमसँगै देशभर जारी बन्दाबन्दी (लकडाउन) का कारण साना तथा ठूला विकास निर्माणका आयोजना प्रभावित भएका छन् । विकास निर्माणका काम द्रूत गतिमा हुने समयमै लकडाउन भएपछि विकास निर्माणका काम ठप्प भएका हुन् । कोरोना भाइरसको संक्रमण जोखिम बढेसँगै जारी लकडाउनका कारण जिल्लामा सञ्चालित खानेपानीका आयोजनाहरु प्रभावित भएका छन् ...
तानसेनमा ‘विज्ञान वरदान कि अभिशाप’ विषयक वादविवाद प्रतियोगिता
आइतबार, जेठ २५, २०७७
तानसेनमा ‘विज्ञान वरदान कि अभिशाप’ भन्ने विषयक वादविवाद प्रतियोगिता भएको छ । तानसेन नगरपालिका शिक्षा शाखा अन्तर्गतको अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा जुम एप्लिकेशनबाट प्रतियोगिता भएको हो । प्रतियोगितामा दमकडा माविकी विनिता पराजुली प्रथम,जनता मावि तानसेनकी सदिक्षा ढकाल द्वितीय र सेन्ट क्यापितानिओ बोर्डिङकी प्रेष्मा पौडेल तृतीय भएका छन् ।
सिद्धार्थ करिडोर अन्तर्गतका स्थानीय तहहरुको प्राथमिकता कृषि, स्वास्थ्य र रोजगार
शनिबार, जेठ २४, २०७७
विश्वभर फैलिएको कोरोना भाइरसको प्रभावलाई मध्यनजर गर्दै सिद्धार्थ आर्थिक करिडोर अन्तर्गतका स्थानीय तहहरुले कृषि, स्वास्थ्य र रोजगारलाई प्राथमिकता दिने भएका छन् । तानसेन नगरपालिकाले आयोजना गरेको पूर्व बजेट तयारी सम्बन्धी भर्चुअल बैंठकमा करिडोर अन्तर्गतका स्थानीय तहरुले आगामी बजेट, नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य र रोजगारलाई प्राथमिकता दिने बताएका हुन् ।
फोन गर्न घाम पर्खनुपर्ने
शनिबार, जेठ २४, २०७७
फोन र इन्टरनेटका कारण एक सेकेण्डमा कुनै सूचना विश्वभर पुगे पनि बागलुङ जिल्लाको ढोरपाटन उपत्यकाका जनताले इन्टरनेटको त कुरै छाडौँ, फोन गर्नसमेत घाम पर्खनुपर्ने अवस्था रहको छ । जिल्लाको ढोरपाटन नगरपालिका–९ ढोरपाटन क्षेत्रका बासिन्दाले फोन गर्नकै लागि घाम पर्खनुपर्ने बाध्यता रहेको छ ।
तीन लाख घुससहित वडा अध्यक्ष पक्राउ
शनिबार, जेठ २४, २०७७
तीन लाख रुपैयाँ घुस सहित एक वडा अध्यक्ष पक्राउ परेका छन् । जिल्लाको रैनादेवी छहरा गाउँपालिका–७ बल्ढेङगढीका वडा अध्यक्ष देवेन्द्र पुनमगर तीन लाख रुपैयाँ घुससहित शनिबार रुपन्देहीमा पक्राउ परेका हुन् ।


