Shittalpati
मनसुन सक्रिय : तीन दिन वर्षाको सम्भावना
मनसुन सक्रिय : तीन दिन वर्षाको सम्भावना मनसुन सक्रिय भएकाले आगामी तीन दिन देशको अधिकांश स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जुन १२ (जेठ ३०) गते देशको पूर्वी भूभाग हुँदै नेपाल प्रवेश गरेको मनसुनी वायु सक्रिय भएकाले आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मान्नधरले बताए ।
माथागढी गाउँपालिकाको सातौं गाउँसभा, स्वास्थ्य, शिक्षा र कृषि प्राथमिकतामा
माथागढी गाउँपालिकाको सातौं गाउँसभा, स्वास्थ्य, शिक्षा र कृषि प्राथमिकतामा जिल्लाको माथागढी गाउँपालिकाले स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकता दिएर तयार गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम गाउँसभाबाट पारित भएको छ । गाउँपालिकाको सातौँ गाउँसभाको पहिलो बैठकमा गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले कोभिड–१९ बाट उत्पन्न परिस्थितिलाई ध्यानमा राखी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए...
बालबालिकाको सिकाई र अभ्यास रोक्न नमिल्ने सरोकारवालाहरुको भनाई
बालबालिकाको सिकाई र अभ्यास रोक्न नमिल्ने सरोकारवालाहरुको भनाई शिक्षा क्षेत्रमा क्रियाशील सरोकारवालाहरुले बन्दाबन्दीको बहानामा बालबालिकाको सिकाई र अभ्यास रोक्न नमिल्ने बताएका छन् । शिक्षाको लागि राष्ट्रिय अभियान, जिल्ला समन्वय समिति पाल्पाले शैक्षिक क्षेत्रका सरोकारवालाहरुसंग गरेको अनलाइन (भ्रच्यूवल) शैक्षिक बहसमा उनीहरुले यस्तो बताएका हुन् ।
आजबाट दुई सिफ्टमा खुले कार्यालय
आजबाट दुई सिफ्टमा खुले कार्यालय आजदेखि कार्यालय दुई सिफ्टमा सञ्चालन भएका छन् । मन्त्रिपरिषद्को गत जेठ २८ गतेको निर्णयअनुसार बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टका लागि कार्यालय सञ्चालन भएका हुन् । बन्दाबन्दीलाई केही खुकुलो बनाएको सरकारले कोभिड­१९ को जोखिम कम गर्न सरकारी कार्यालय, बैङ्क, वित्तीय संस्था, सहकारी...
जातिय विभेदको आरोप लागेका काउछालाई धरौटीमा छोड्न अदालतको आदेश
जातिय विभेदको आरोप लागेका काउछालाई धरौटीमा छोड्न अदालतको आदेश जातिय विभेदको आरोप लागेका नेत्रबहादुर काउछालाई धरौटीमा छोड्न जिल्ला अदालत गुल्मीले आदेश गरेको छ । जिल्ला अदालतका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशले उनलाई ६० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको श्रेष्तेदार उपसचिव भिमप्रसाद भुसालले बताए ।
तम्घासमा विरोध प्रदर्शन, सरकारलाई दश अर्बको काम देखाउन युवाहरुको माग
तम्घासमा विरोध प्रदर्शन, सरकारलाई दश अर्बको काम देखाउन युवाहरुको माग कोरोना नियन्त्रणमा प्रभावकारी काम नभएको भन्दै आईतबार गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा विरोध प्रदर्शन गरिएको छ । स्वतःस्फुर्त रुपमा जम्मा भएका युवायुवतीले विभिन्न नारा लेखिएका प्ले कार्ड बोकी जिल्ला प्रशासन कार्यलय अगाडि प्रदर्शन गरेका हुन् ।
दलित संघ गुल्मीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
दलित संघ गुल्मीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र नेपाली काँग्रेसको भातृ संगठन नेपाल दलित संघ जिल्लाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । पछिल्लो समय देशका विभिन्न स्थानमा भएका जातीय विभेदको घटनाप्रति ध्यानाकर्षण जनाउँदै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो । नेपाल दलित संघका जिल्ला अध्यक्ष लुमबहादुर सुनार, नेपाली काँग्रेसका जिल्ला सदस्य एवं दलित विभाग प्रमुख झविन्द्र विश्वकर्मा, दलित...
मुख्यमन्त्री कार्यक्रमको प्रभाव : सुध्रिँदै विपन्नको जीवनस्तर
मुख्यमन्त्री कार्यक्रमको प्रभाव : सुध्रिँदै विपन्नको जीवनस्तर रिब्दीकोट गाउँपालिका–५ ठिमुरेका तेजबहादुर बगालेसँग पेशा–व्यवसाय सञ्चालन गर्न हातमा पैसा थिएन । पर्याप्त पैसाको अभावमा कुनै व्यवसाय सञ्चालन गर्न पनि नसकिँदो रहेछ । परम्परागत खेतीपातीबाट साेंचेजस्तो आम्दानी नभएपछि बगाले परिवारलाई जीविकोपार्जन गर्न निकै सकस परेको थियो । प्रदेश ५ मा सञ्चालित मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले व्यावसायिक ढ·बाट मौरीपालन गर्न आधुनिक...
तानसेनको अर्गलीमा भेटिएको अनौठो गुफाको प्रचार र संरक्षणमा स्थानीय युवा
तानसेनको अर्गलीमा भेटिएको अनौठो गुफाको प्रचार र संरक्षणमा स्थानीय युवा तानसेन नगरपालिका अर्गलीस्थित रनुवामा भेटिएको अनौंठो गुफाको प्रचार –प्रसार र संरक्षणमा स्थानीय युवाहरु लागेका छन् । गुफाको प्रचार र संरक्षण गरी पर्यटकीय विकास गर्न युवाहरु सक्रिय रुपमा लागेका छन् । उनीहरुले अनौठौ गुफाको विस्तृत अध्ययन अगाडि बढाएका छन् ।
सिलुवाको तालखोलामा स्काभेटर सहित अपरेटरलाई पहिरोले पुर्‍यो
सिलुवाको तालखोलामा स्काभेटर सहित अपरेटरलाई पहिरोले पुर्‍यो सडक चौडा गर्ने क्रममा पूर्वखोला १ सिलुवाको तालखोलामा स्काभेटरलाई पहिरोले पुरेको छ । जिल्लाको सिलुवा–अर्चले सडक खण्डको सडक फराकिलो बनाउने क्रममा माथिबाट खसेको पहिरोले बा २ क ७७७१ नम्बरको स्काभेटरसंगै अपरेटरलाई पुरेको थियो ।
पाल्पामा सरकार विरुद्ध युवाको स्वतस्पूर्त प्रदर्शन
पाल्पामा सरकार विरुद्ध युवाको स्वतस्पूर्त प्रदर्शन पाल्पामा युवाहरुले सरकारको कार्यशैली विरुद्ध स्वतस्फुर्त रुपमा प्रर्दशन गरेका छन् । जनतालाई लकडाउनमा राखि भ्रष्टाचार, अनियमितता र अव्यवस्था बढाउन थालेपछि युवाहरु दर्जनौ प्रश्न बोकेर सडकमा स्वतस्पूर्त रुपमा प्रदर्शनमा उत्रिएका हुन् । विभिन्न माध्यमबाट गरिएका प्रश्नहरुलाई सरकारले मजाक बनाएपछि आक्रोशित युवाहरु सडकमा ओर्लिएका थिए । उनीहरुले विभिन्न प्लेकार्डहरु सहित तानसेनको जिल्ला...
दुरशिक्षा रेडियो कार्यक्रमका शिक्षकलाई विदाई
दुरशिक्षा रेडियो कार्यक्रमका शिक्षकलाई विदाई दुरशिक्षा रेडियो कार्यक्रमका शिक्षकहरुलाई सम्मान सहित विदाई गरिएको छ । बन्दाबन्दीका बेला एसइई परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुका लागि दुरशिक्षा कार्यक्रम सञ्चालन गरेको पाल्पाको पश्चिम भेगमा रहेको सामुदायिक रेडियो मुक्तिनाथले एक औपचारिक कार्यक्रमका बीच शिक्षकहरुलाई सम्मान सहित विदाई गरेको हो । रेडियोले तानसेन रैनादेवी छहरा गाउँपालिकाको सहयोगमा सञ्चालन गरेको कार्यक्रममा रेडियोबाटै...
Weather Update