Shittalpati
शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म सहुलियत कर्जा पाइने

पाल्पा, शैक्षिक प्रमाणपत्र धितो राखे २५ लाख रुपैयाँसम्म सरकारले सहुलियत कर्जा दिने भएको छ । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्नातक वा सो भन्दामाथि शैक्षिक योग्यता हासिल गरेका युवालाई प्रमाणपत्र धितो राखेर सहुलियत ब्याजमा ऋण दिने घोषणा गरेका हुन् । युवाहरुले शैक्षिक प्रमाणपत्र धितो राखी अधिकतम पाँच प्रतिशत व्याजदरमा २५ लाखसम्म कर्जा पाउने छन् ।

यस्तै सरकारले आगामी आर्थिक वर्षमा सबैभन्दा ठूलो बजेट शिक्षा क्षेत्रमा विनियोजन गरेको छ । अर्थ मन्त्री पौडेलका अनुसार आगामी आव २०७८/७९ मा शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरिएको छ । शिक्षा तथा सामाजिक विकास मन्त्रालयका लागि चालु आर्थिक वर्षमा १ खर्ब ७१ अर्ब बजेट कार्यान्वयन भइरहेको छ । यो रकम पाठ्यक्रम वितरण वितरण, छात्रवृत्तिलगायतमा खर्च हुनेछ । एक विद्यालय, एक स्वास्थ्यकर्मीको व्यवस्था, सबै विद्यार्थीको स्वास्थ्य जाँच गर्ने नीति सरकारले लिएको छ । बजेटमा विश्वविद्यालयलाई दिने अनुदान अन्तर्गतको १८ अर्ब ३४ करोड समेत समावेश रहेको छ । शैक्षिक पूर्वाधारको काम समेत यसमा रहने छ ।

 

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update