गुल्मीमा एम्बुलेन्स चालक कुटपिट गर्ने व्यक्ति पक्राउ

तम्घास, नेपाल रेडक्रस सोसाइटी गुल्मी शाखाका एम्बुलेन्स चालक लालबहादुर खत्रीलाई कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका –१ धागिथुमका अन्दाजी २५ वर्षका सागर बोहोरालाई बिहिबार प्रहरीले पक्राउ गरेको हो ।
उनले मंगलबार राति एम्बुलेन्स चालक खत्रीलाई कुटपिट गरेका थिए । पीडित खत्रीको परिवारले दिएको ठाडो निवेदनका आधारमा बोहोरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । घाइते खत्रीको अहिले लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको छ । बोहोरालाई केही दिन हिरासतमै राख्ने र छलफलपछि मुद्दा चलाउने वा नचलाउने भन्ने विषयमा टुङ्गो लाग्ने सूचना अधिकारी पाण्डेले बताए । –रासस
प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्