Shittalpati
नारायण युवा क्लवद्वारा कोरोना सचेतना कार्यक्रम
नारायण युवा क्लवद्वारा कोरोना सचेतना कार्यक्रम जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशील संस्था नारायण युवा क्लवले कोरोना भाईरस सम्बन्धी सचेतना कार्यक्रम गरेको छ । कोरोना भाईरसका कारण पाल्पामा पनि जोखिम बढ्दै गएकाले स्वास्थ्य सचेतना एवं सतर्कताका लागि क्लवले तानसेनमा सचेतना कार्यक्रम गरेको हो ।
गुल्मीमा पहिरोले गाडी पुर्दा एकको मृत्यु
गुल्मीमा पहिरोले गाडी पुर्दा एकको मृत्यु जिल्लाको धुर्कोट गाउँपालिका वडा ३ हाडहाडेमा पहिरोले गाडी पुर्दा १ जनाको मृत्यु भएको छ । २ जनाको अवस्था गम्भीर रहेको छ । देउराली यातायातको गाडी अर्घाखाँचीको मालारानी, हाडहाडे हुँदै धनमुडा जाँदै गरेको ग १ ज ३९९७ नम्बरको गाडी चुने ओडार भन्ने स्थानमा पहिरोले पुरेको हो ।
प्रदेश ५ मा भएका छुट्टाछुट्टै घटनामा चारको मृत्यु
प्रदेश ५ मा भएका छुट्टाछुट्टै घटनामा चारको मृत्यु प्रदेश पाँचका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा चारजनाको मृत्यु भएको छ । पाल्पा, गुल्मी, रुपन्देही जिल्लाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा चारजनाको मृत्यु भएको हो । गुल्मी रुरु क्षेत्र गाउँपालिका १ साखरमा एक पुरुषको शव फेला परेको छ ।
पाल्पामा पहिरोका कारण घर भत्किनुको साथै भैंसीको पाडी पुरियो
पाल्पामा पहिरोका कारण घर भत्किनुको साथै भैंसीको पाडी पुरियो गए रातिदेखि परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाँउहरुमा पहिरो गएका छन् । पहिरोका कारण जिल्लाका अधिकास ग्रामिण सकडहरु अवरुद्ध रहेका छन् भने, घर गोठमा क्षति पुगेको छ । निरन्तर वर्षाका कारण जिल्लामा एक घर भत्किएको छ भने भैसीको पाडी पुरी मृत्यु भएको छ ।
वर्षाले पुलमा क्षति
वर्षाले पुलमा क्षति र्षाले कालीगण्डकी करिडोर अन्तर्गत पर्ने रामपुर नगरपालिका –१० स्थित पाँच सय खोलाको निर्माणाधीन पुलमा क्षति पुगेको छ । दुई दिनअघिदेखि परेको वर्षाले खोलामा पानीको बहाव बढेपछि शुक्रबार निर्माण सामग्री बगाउँदा करीब ६५ लाख बराबरको क्षति पुगेको हो ।
क्वारेन्टाइनमै किरिया शुरु !
क्वारेन्टाइनमै किरिया शुरु ! दोगडाकेदार गाउँपालिका–७ चडेपानीका लीलाधर भट्ट आफ्ना बुबाको किरिया गर्न क्वारेन्टाइनमा नै बसेका छन् । भारतको दिल्लीमा काम गर्दै आएका उनी चार दिनदेखि भूमिराज मावि चडेपानीको क्वारेन्टाइनमा बसेका हुन् ।
छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
छुट्टाछुट्टै घटनामा दुईको मृत्यु जिल्लामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका र मालारानी गाउँपालिकामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको हो ।
होम क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु
होम क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु होम क्वारेन्टाइनमा बसेका जिल्लाका एक पुरुषको गए राती मृत्यु भएको छ । जिल्लाको छत्रकोट गाउँपालिका वडा नं. ५ का ६९ वर्षिय एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्र सिंह खड्काले जानकारी दिए ।
पक्लिहवाका युवाले खुवाए १३ हजार बढी नागरिकलाई निःशुल्क खाना
पक्लिहवाका युवाले खुवाए १३ हजार बढी नागरिकलाई निःशुल्क खाना रुपन्देहीको भैरहवामा रहेको “नयाँ गाउँ–रानीगाउँ युवा समाज” पक्लिहवामा आवद्ध युवाहरुले १३ हजार बढी नागरिकलाई निःशुल्क खाना खुवाएका छन् ।
अनलाइनबाट बञ्चित  विद्यार्थी खुल्ला चौरमा पढ्दै
अनलाइनबाट बञ्चित विद्यार्थी खुल्ला चौरमा पढ्दै लामो समयदेखिको लकडाउनका कारण प्रभावित विद्यार्थीहरुका लागि सरकारले असार १ गतेदेखि रेडियो र टेलिभिजनबाट पढाउन सुरु गरे पनि केही दुरदराजका विद्यार्थीहरु भने खुल्ला चौरमा बसेर पढन बाध्य भएका छन् । लकडाउनका कारण विद्यालय जान नपाएका विद्यार्थीहरुका लागि एफएम रेडियो, टेलिभिजन र इन्टरनेट सेवा मार्फत् सरकारले पढाउन सुरु गरे पनि पाल्पाको...
‘सामाजिक क्षेत्रमा नयाँ युगको शुरुआत’
‘सामाजिक क्षेत्रमा नयाँ युगको शुरुआत’ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सामाजिक क्षेत्रमा नयाँ युगको शुरुआत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक २०७७’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले सबै प्रकारका विभेदको अन्त्य गर्दै एकीकृत सामाजिक रुपान्तरण गर्न प्रभावकारी ढङ्गबाट काम गर्ने बताए । उनले ज्येष्ठ नागरिकको...
पहिरोले स्कुल बगायो
पहिरोले स्कुल बगायो ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–४ ईखावुस्थित रानी आधारभूत विद्यालय भवन पहिरोले बगाएको छ । मङ्गलबार राति गएको पहिरोले सो विद्यालयको चार कोठे भवन बगाएको हो । पहिरोले स्थानीयवासीका पशु चौपायासमेत बगाएको छ भने बालीनालीमा समेतमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए ।
Weather Update