
गुल्मी, गुल्मी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर्स सहयोग प्राप्त भएको छ । नेपाल औषधी ब्यवसायी महासंघ गुल्मीको आर्थिक सहयोग र पत्रकार महासंघ गुल्मीको समन्वयमा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर्स सहयोग भएको हो ।
औषधी ब्यवसायीहरुले एक लाख १५ हजार रुपैयाँ संकलन गरी पत्रकार महासंघमार्फत उक्त कन्सन्ट्रेटर्स सहयोग गरिएको छ । कन्सन्ट्रेटर्स नेपाल औषधी ब्यवसायी महासंघका जिल्ला संस्थापक अध्यक्ष शेरबहादुर थापा र पत्रकार महासंघका अध्यक्ष टोल लाल अर्यालले संयुक्त रुपमा अस्पतालका डाक्टर उत्तम पच्यालाई हस्तान्तरण गरेका हुन् । कन्सन्ट्रेटर्स हस्तान्तण गर्दै औषधी ब्यवसायी महासंघका संस्थापक अध्यक्ष थापा पत्रकार महासंघ गुल्मीले राज्यको आँखा खोलिदिएको बताएका छन् । उनले राज्यले गर्न नसकेको र ध्यान नदिएको कामलाई पत्रकारहरुले अभियान चलाएर राज्यको आँखा खोलिदिएको बताएका हुन् ।
नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष टोपलाल अर्यालले महासंघले चलाएको अभियानमा औषधी ब्यवसायीहरुको ठूलो सहयोग रहेको बताउँदै धन्यबाद ब्यक्त गरे । गुल्मेलीहरु दुःख पर्दा सधै एकजुट हुने गरेको बताउँदै उनले अभियानमा जोडिएर सहयोग गर्ने औषधी ब्यवसायीहरु लगायत गुल्मेलीहरु सबैलाई उनले आभार प्रकट गरे । औषधी ब्यबसायी महासंघका जिल्ला अध्यक्ष महेश श्रेष्ठले माहामारीको समयमा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर्स आवश्यक भएको महसुुस गर्दै सहयोग गरेको बताए । विगतमा पनि अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको स्मरण गर्दै आवश्यक परे अन्य सामग्री पनि सहयोग गर्ने उनले प्रतिवद्धता जनाए ।
गुल्मी अस्पतालका डाक्टर उत्तम पच्याले अक्सिजन कन्सन्ट्रेटर्स बिरामीहरुको उपचारमा ठूलो सहयोग पुग्ने बताए । उनले पत्रकार महासंघ गुल्मीको अभियान देशकै उत्कृष्ट रहेको भन्दै पत्रकार महासंघ गुल्मीलाई आभार प्रकट गरे । कार्यक्रममा गुल्मी जिल्लाका औषधी ब्यबसायीहरु ,प्रदेश सदस्य ,प्रदेश सल्लाहाकार लगायत पत्रकारहरुको उपस्थिती रहेको थियो ।