Shittalpati
गुल्मीमा पनि निषेधाज्ञा जेठ १५ सम्म लम्बियो

गुल्मी, गुल्मीमा पनि निषेधाज्ञा जेठ १५ गतेसम्म लम्बिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को सोमबार बसेको बैठकले जेठ १५ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए । यस अगाडि थप गरिएको निषेधाज्ञाको समय जेठ ४ गते (भोली) राती १२ बजे सकिदैछ ।

थप गरिएको निषेधाज्ञालाई कडाइका साथ लागु गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवाहरु बन्द रहने छन् । निषेधाज्ञाको कसैले अवज्ञा गरे संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अन्र्तगत कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या एक हजार ३८ रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । संक्रमणका कारण जिल्लामा ५२ जनाको मृत्यु भइसकेको छ । जिल्लामा हालसम्म २०६ जना उपचार पछि निको भएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update