Shittalpati
पाल्पा निस्दीमा चितुवा आतङ्क
पाल्पा निस्दीमा चितुवा आतङ्क पाल्पाको निस्दी गाउँपालिकाका विभिन्न स्थानमा चितुवाको आतङ्क बढेको छ । गोठमा बाँधिएका गाईवस्तुलाई रातका समयमा आक्रमण गर्न थालेपछि स्थानीयवासीमा त्रास उत्पन्न भएको स्थानीयवासी लीलाराम राईले जानकारी दिए ।
भोलिदेखि मौसममा क्रमिक सुधार हुने
भोलिदेखि मौसममा क्रमिक सुधार हुने पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भू–भागमा वर्षा तथा उच्च पहाडी एवम् हिमाली भूभागमा हिमपात भइरहेको छ ।
वर्षौदेखि अलपत्र ‘रजघरा खानेपानी योजना’
वर्षौदेखि अलपत्र ‘रजघरा खानेपानी योजना’ सरकारी काम कहिले जाला घाम भन्ने उखानै छ । करोडौँका सरकारी योजना निर्माण कार्य थालिए पनि बीचमै अलपत्र बनेका छन् भने कतिपय योजना शिलान्यास भएर पनि अघि बढ्न नसकेका प्रशस्तै भेटिन्छन् । राज्यले खर्चेका योजना समयमा नै सम्पन्न नहुँदा सरोकारवाला कहिले काम सकिएला भनेर दिन गन्ती गरेर बस्न बाध्य छन् ...
टोल विकासका प्रतिनिधिहरुलाई महामारी नियन्त्रण सम्बन्धी सचेतना
टोल विकासका प्रतिनिधिहरुलाई महामारी नियन्त्रण सम्बन्धी सचेतना रेडक्रस पाल्पाले तानसेन नगरपालिकाका टोल विकास संस्थाका प्रतिनिधिहरुलाई महामारी नियन्त्रण सम्बन्धी सचेतना तालिम सञ्चालन गरेको छ ।
शीत काव्य समाज नेपाल पाल्पाले गर्‍यो शीत काव्य लेखन प्रशिक्षण
शीत काव्य समाज नेपाल पाल्पाले गर्‍यो शीत काव्य लेखन प्रशिक्षण शीत काव्य समाज नेपाल पाल्पाले शीत काव्य लेखन प्रशिक्षण कार्यक्रम गरेको छ । शीत काव्य समाज नेपाल पाल्पाको आयोजनमा पद्म पब्लिक नमूना माध्यमिक विद्यालयमा शीत काव्य लेखन प्रशिक्षण तथा मास्क वितरण कार्यक्रम गरेको हो ।
गुल्मीमा तीन वटा कर्मचारी संगठनको अधिवेशन
गुल्मीमा तीन वटा कर्मचारी संगठनको अधिवेशन गुल्मीमा तिनवटा कर्मचरी संगठनको एउटै मञ्चमा जिल्ला अधिबेशन भएको छ । जिल्ला सदरमुकाम तम्घास नेपाल निजामती कर्मचारी संगठन, नेपाल स्वास्थ्य प्राविधिक संघ (पान), रािष्ट्रय स्वास्थ्यकर्मी संघको जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै भएको हो ।
पश्चिमी वायुको प्रभाव : बुधबारसम्म वर्षा र हिमपातको सम्भावना
पश्चिमी वायुको प्रभाव : बुधबारसम्म वर्षा र हिमपातको सम्भावना पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात तथा पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको छ ।
गुल्मीका प्रमुख जिल्ला अधिकारी पौडेल कुचो लिएर सडकमा
गुल्मीका प्रमुख जिल्ला अधिकारी पौडेल कुचो लिएर सडकमा जिल्ला प्रशासन कार्यालय अगाडि शुक्रबार बिहान एक व्यक्तिले हातमा कुचो समातेर बढारी रहेका थिए । प्रायःसरसफाई गर्ने व्यक्ति सरसफाई गर्दा प्रयोग गर्ने पोशाकमा हुन्छन् । तर शिरमा ढाकाटोपी, चट्ट कोट र पाइन्टमा सजिएका व्यक्तिले हातमा कुचो समातेर बढारिरहेको दृश्यले सबैको ध्यान केन्द्रित गरिरहेको थियो ।
चिसो बढेसँगै विद्यार्थीलाई न्यानो कपडा वितरण
चिसो बढेसँगै विद्यार्थीलाई न्यानो कपडा वितरण गुल्मी जिल्लामा राधा माधव समिति अन्तर्गत डिभाइन युथ क्लवद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन् । शुक्रबार जिल्लाको इस्मा गाउँपालिका वडा २ छल्दी स्थित नमूना निम्न माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई न्यानो कपडा विरतण गरिएको हो ।
जिल्ला समन्वय समिति गुल्मीले गर्‍यो सहजीकरण बैठक
जिल्ला समन्वय समिति गुल्मीले गर्‍यो सहजीकरण बैठक मानव अधिकार राष्ट्रिय कार्ययोजना जिल्ला समन्वय समिति गुल्मीको पहिलो सहजीकरण बैठक सदरमुकाम तम्घासमा भएको छ । शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश बुटवलको आयोजना तथा जिल्ला समन्वय समितिको सहजीकरणमा बैठक गरिएको हो ।
पुस १० गते सार्वजनिक विदा
पुस १० गते सार्वजनिक विदा सरकारले क्रिसमस ‘डे’ का अवसरमा यही पुस १० गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही पुस ८ गते बसेको बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका निर्णय सार्वजनिक गर्दै जानकारी दिए ।
प्रहरी वरिष्ठ उपरीक्षक यादव मृत फेला
प्रहरी वरिष्ठ उपरीक्षक यादव मृत फेला नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव मृत फेला परेका छन् । उनी भैरहवास्थित सरकारी निवासमा आज झुण्डिएको अवस्थामा फेला परेका थिए ।
Weather Update