छात्राको विद्यालय शिक्षाप्रति रुचि बढ्दो
बिहीबार, भदौ १०, २०७८
माथागढीमा एकीकृत पाठ्यक्रम सम्बन्धी अभिमुखीकरण
बुधबार, भदौ ९, २०७८
जिल्लाको माथागढी गाउँपालिकामा एकीकृत पाठ्यक्रम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको छ । गाउँपालिकाले सिकाइ उपलब्धिहरु प्राप्तिका लागि विद्यार्थीहरुलाई विभिन्न खालका अनुभवहरु हासिल गराउने टेवा पुग्ने उद्देश्यले प्रावि तहका शिक्षकहरु अभिमुखीकरण दिएको हो ।
बुधबार रातिदेखि मनसुन थप सक्रिय हुने
बुधबार, भदौ ९, २०७८
आज रातिदेखि नेपालमा मनसुन थप सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर नेपालको पूर्वी तराईको भूभाग नजिक मनसुनको न्यून चापीय रेखा रहेको कारण विगत एक–दुई दिनअगाडि नेपालमा मनसुन केही सक्रिय रहेको जनाएको छ ।
‘कक्षा १२ को परीक्षा चाँडो गर्नू’
मंगलबार, भदौ ८, २०७८
प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा यथाशक्य चाँडो सञ्चालन गर्न मंगलबार सरकारलाई निर्देशन दिएको छ । समितिले स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गरी यथाशीघ्र ‘होम सेन्टर’ मा परीक्षा सञ्चालन गर्न निर्देश गरेको हो ।
मौसममा सुधार हुन केही दिन लाग्ने
मंगलबार, भदौ ८, २०७८
मनसुनी वायुका कारण मौसममा सुधार हुन अझै केही दिन लाग्ने भएको छ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुनी गतिविधि अझै सक्रिय रहेको हो ।
डिएलए पाल्पाको अध्यक्षमा पुनः देवकोटा
सोमबार, भदौ ७, २०७८
कानुन व्यवसायीहरुको संगठन डेमोक्रेटिक लयर्स एसोसियन (डिएलए) पाल्पाको अध्यक्षमा पुनः अधिवक्ता शिवप्रसाद देवकोटा निर्वाचित भएका छन् । तानसेनमा भएको डिएलए पाल्पा शाखाको १६ औं साधारणसभा तथा ५ औं अधिवेशनले देवकोटालाई अध्यक्षमा निर्वाचित गरेको हो ।
कोरोनाका कारण सुनसान जनैपूर्णिमा
आइतबार, भदौ ६, २०७८
विगतका वर्षहरुमा रक्षाबन्धन अर्थात् जनैपूर्णिको दुई÷तीन दिन अघि नै तानसेनको बजारमा निकै चहलपहल हुने गथ्र्यो । बजारमा रक्षाबन्धनको लागि जनै, राखी लगायतका सामग्री किन्नेहरुको घुँइचो लाग्ने भए पनि गत वर्षदेखि कोरोना महामारीका कारण बजार सुनसान छन् ।
पाल्पामा फरार रहेका ७१ वर्षीय वृद्ध पक्राउ
शुक्रबार, भदौ ४, २०७८
जिल्ला प्रहरी कार्यालय पाल्पाले फरार रहेका थप एक जना अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला अदालतको आदेशले सार्वजनिक मुद्दामा जरिवानाको आदेश भएपछि फरार रहेका ७१ वर्षीय कर्णबहादुर रास्कोटीलाई पक्राउ गरेको हो ।
भोलिदेखि लगातार तीन दिन सार्वजनिक बिदा
शुक्रबार, भदौ ४, २०७८
नेपालमा लगातार तीन दिन सार्वजनिक विदा परेको छ । सरकारले पहिलो पटक गाईजात्राको अवसरमा देशभर सार्वजनिक बिदा दिएसँगै भोलिदेखि लगातार तीन दिन सार्वजनिक विदा परेको हो ।
पुर्तिघाट बजारको एक मोवाइल पसलमा चोरी
शुक्रबार, भदौ ४, २०७८
जिल्लाको सुदुरपुर्वमा रहेको कालीगण्डकी गाउँपालिकाको पुर्तिघाट बजारको एक मोवाइल पसलमा चोरी भएको छ । आज विहान पुर्तिघाट बजारमा रहेको जितु इलेक्ट्रोनिक एण्ड मोवाइल सर्भिसमा चोरी भएको हो ।
पाल्पामा निषेधाज्ञा भदौ १२ गतेसम्म लम्बियो
सोमबार, साउन ३२, २०७८
जिल्ला प्रशासन कार्यालय पाल्पाले गत वैशाख १८ गतेदेखि लागू गरेको निषेधाज्ञा आगामी भदौ १२ गते राती १२ बजेसम्मका लागि थप गरेको छ । सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञालाई भदौ १२ गते राती १२ बजेसम्मका निरन्तरता दिने निर्णय गरेको हो ।
अझै तीन दिन मनसुन सक्रिय हुने
सोमबार, साउन ३२, २०७८
अझै तीन दिन देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुनी न्यून चापीय रेखा नेपालकोे तराई– भूभाग नजिकै रहेकाले अझै तीन दिन मनसुन सक्रिय हुने देखिएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीले बताइन् ।
लायन्स क्लव तानसेन सिटिले मनायो स्थापना दिवस
सोमबार, साउन ३२, २०७८
जिल्लामा क्रियाशिल सामाजिक संस्था लायन्स क्लब अफ तानसेन सिटिले आफ्नो स्थापना दिवस मनाएको छ । क्लवले दिवसको अवसरमा चाटर सेलिब्रेसन कार्यक्रम गरी दिवस मनाएको हो ।


