Shittalpati
रोकिएन अवैध रूपमा बालुवा चोरी निकासी
रोकिएन अवैध रूपमा बालुवा चोरी निकासी जिल्लाका विभिन्न भागमा अवैधरूपमा बालुवा चोरी निकासीका घटना बढेका छन् । कालीगण्डकी नदीको रिडीबाट रामपुर क्षेत्रमा सबैभन्दा बढी मात्रामा बालुवा चोरी निकासी हुँदै आएको स्थानीय बासिन्दाको गुनासो थियो । राम्दी क्षेत्रबाट समेत दैनिकजसो बालुवा निकालेर जिल्लामै र स्याङ्जातर्फ निकासी हुँदै आएको छ ।
तानसेनमा पारिवारिक लगत विवरण संकलन
तानसेनमा पारिवारिक लगत विवरण संकलन तानसेन नगरपालिकाले सबै घर परिवारलाई पारिवारिक लगत विवरण संकलन गर्न थालेको छ । संकलन विवरणलाई ‘फेमिली कार्ड’ का रुपमा विकास गरी नागरिकलाई उपलब्ध गराउन लागेको हो । नगरपालिकाले १४ वडामा लगत विवरण संकलन गर्न गणक खटाएको हो ।
रेसुङ्गामा नगरस्तरीय बाल अधिकार समिति गठन
रेसुङ्गामा नगरस्तरीय बाल अधिकार समिति गठन गुल्मी जिल्लामा नगरस्तरीय बाल अधिकार समिति गठन गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिकामा एक कार्यक्रमको आयोजना गरेर नगरस्तरीय बाल अधिकार समिति गठन गरिएको हो । विपद्मा बाल संरक्षण गर्ने उद्देश्यले समिति गठन गरिएको छ ।
रिडर्स पब्लिक हाई स्कूलले मनायो २९ औं वार्षिकोत्सव
रिडर्स पब्लिक हाई स्कूलले मनायो २९ औं वार्षिकोत्सव जिल्लामा रहेको रिडर्स पब्लिक हाई स्कुलले २९ औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । जिल्लाको रेसुङ्गा–८ खानीगाउँ तम्घासमा रहेको विद्यालयले २८ औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको हो ।
खाजामा रमाउँदै बालबालिका :
खाजामा रमाउँदै बालबालिका : रिब्दीकोट गाउँपालिकाद्वारा कालिका आधारभूत विद्यालय जोगिधुमका बालबालिका दिवा खाजाको व्यवस्था भएपछि कुमाल समुदायका बालबालिका विद्यालयमा नियमित भएका छन् ।
ज्यान मार्ने कसुरमा पक्राउ
ज्यान मार्ने कसुरमा पक्राउ ज्यान मार्ने कसुरमा एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार चम्पारण जिल्ला ग्राम सिरिसिया घर भई हाल रामपुर नगरपालिका ६ डेरा गरी बस्ने वर्ष २७ का शेख जैंनुदिन रहेका छन् ।
दोभान तिनाउ गाउँपालिकाको पहिलो पूर्ण सरसफाई उन्मूख वडा घोषणा
दोभान तिनाउ गाउँपालिकाको पहिलो पूर्ण सरसफाई उन्मूख वडा घोषणा तिनाउ गाउँपालिको वडा २ दोभान सरसफाई उन्मूख वडा घोषणा भएको छ । लुम्बिनी प्रदेशकी महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती मगरले वडा २ दोभानलाई सरसफाई उन्मूख वडा घोषणा गरेकी छिन् ।
बेथलमा पब्लिक स्पिकिङ तथा उद्घोषण सम्बन्धी कार्यशाला
बेथलमा पब्लिक स्पिकिङ तथा उद्घोषण सम्बन्धी कार्यशाला बेथल बोर्डिङ स्कूल तानसेनमा पब्लिक स्पिकिङ तथा उद्घोषण सम्बन्धी कार्यशाला भएको छ । स्कूलमा गठित बेथल बाल क्लबले विद्यालयमा विद्यार्थीहरुको नेतृत्व विकासको लागि गठित इन्ट्रयाक्ट क्लब, बाल क्लब, जुनियर रेडक्रस सर्कल, बेथल आईटिएफ टेक्वान्डो डोजाङ, स्टुडेण्ट क्वालिटी सर्कल, हाउस क्याप्टेन, कक्षा मनिटर तथा अन्य विद्यार्थीहरुको लागि “पब्लिक स्पिकिङ तथा उद्घोषण...
दृष्टिविहीन विद्यार्थीलाई न्यानो कपडा वितरण
दृष्टिविहीन विद्यार्थीलाई न्यानो कपडा वितरण तानसेनको विशालबजारमा रहेको आदर्श मगर सेवा समिति गुठीले दृष्टिविहीन विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । सेवा समिति गुठीले शनिबार एक कार्यक्रमको आयोजना गरी दमकडा नमुना माविका २४ जना दृष्टिविहीन विद्यार्थीहरुलाई न्यानो कपडा वितरणका साथै भोजनदान पनि गरेको हो ।
राज्यले प्राविधिक क्षेत्रमा न्यून लगानी गर्‍यो : अधिकारी
राज्यले प्राविधिक क्षेत्रमा न्यून लगानी गर्‍यो : अधिकारी नेपाल अटो रिक्सा मेकानिक्स ट्रेड युनियनका केन्द्रीय अध्यक्ष जीवनप्रसाद अधिकारीले राज्यले प्राविधिक क्षेत्रमा न्यून लगानी गरेको बताएका छन् । सदरमुकाम तम्घासमा नेपाल अटो रिक्सा मेकानिक्स ट्रेड युनियन रेसुङ्गा नगरपालिका गुल्मीको प्रथम अधिवशेनको उद्घाटन गर्दै अध्यक्ष अधिकारीले प्राविधिक क्षेत्रमा लगानी बढाउनुपर्ने बताए ।
शाहीको समूह ‘टेक्सटाइल इन्ड्रस्टिज’को अनुसन्धानमा प्रथम
शाहीको समूह ‘टेक्सटाइल इन्ड्रस्टिज’को अनुसन्धानमा प्रथम तानसेन नगरपालिकाको बडीज्ञानटोलकी निकिता शाहीको समूह साउथ एसियन इकोनोमिष्ट स्टुडेन्ट समिटमा पहिलो स्थान हासिल गर्न सफल भएको छ ।
बेथल स्कुलमा लेखन सम्वन्धी कार्यशाला
बेथल स्कुलमा लेखन सम्वन्धी कार्यशाला तानसेनमा रहेको बेथल बोर्डिङ स्कुलमा लेखन सम्बन्धी कार्यशाला गोष्ठी भएको छ । स्कूलमा गठित बेथल बाल क्लबले विद्यालयको कक्षा ७ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुको लागि लेख–रचना लेखन सम्वन्धी एक दिने कार्यशाला गोेष्ठी गरेको हो ।
Weather Update