आइतबार सार्वजनिक विदा
शुक्रबार, पुस २, २०७८
गुल्मीमा नेपाल मानव अधिकार वर्षपुस्तक वार्षिक पूर्व समिक्षा
शुक्रबार, पुस २, २०७८
नेपाल मानव अधिकार वर्षपुस्तक २०२२ का लागि सङ्कलन गरिएका घटनाहरुको अर्धवार्षिक पूर्व समिक्षा कार्यक्रम भएको छ । कार्यक्रममा इन्सेक गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालले मानवअधिकार वर्षपुस्तक सन २०२२ का लागि गुल्मीमा संकलन गरिएका घटनाहरुको विवरण प्रस्तुत गरे ।
पाल्पामा पासोमा परेको चितुवाको उद्दार
शुक्रबार, पुस २, २०७८
जिल्लाको तानसेन नगरपालिका–८ जरेपिपल नजिकै पासोमा अल्झिएको पोथी चितुवाको उद्धार गरिएको छ । खोल्सी पासोमा अल्झिएको अवस्थामा भेटिएको चितुवाको सुरक्षितरूपमा उद्धार गरिएको हो ।
रेसुङ्गा विमानस्थल निर्माणको कामले तीव्रता पायो
शुक्रबार, पुस २, २०७८
जिल्लाको सिमीचौरमा निर्माणधिन अवस्थामा रहेको रेसुङ्गा विमानस्थल निर्माणको कार्यले तीव्रता पाएको छ । केही समय सुस्ताएको निर्माणको कामले अहिले भने तीव्रता पाएको हो । अहिले अन्तिम चरणमा रहेका टर्मिनल भवन र धावन मार्गको कामले तीव्रता पाएको छ ।
शुक्रबारदेखि हिमपातको सम्भावना
बिहीबार, पुस १, २०७८
पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणाली (पश्चिमी खाडल)का कारण शुक्रबारदेखि हिमपातको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबारदेखि सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादल सर्ने क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ ।
निजामती कर्मचारी युनियन गल्कोटको अध्यक्षमा जिसी
बुधबार, मंसिर २९, २०७८
नेपाल निजामती कर्मचारी युनियन गल्कोट नगरपालिका बाग्लुङको अध्यक्षमा राजन जिसी चयन भएका छन् । गल्कोट नगरपालिकाको प्रथम नगर अधिवेशनबाट जिसी युनियनको अध्यक्षमा चयन भएका हुन् ।
गुल्मीमा सडक बालबालिकालाई विद्यालय
मंगलबार, मंसिर २८, २०७८
जिल्लामा रहेका सडक बालबालिकाहरुको उद्दार गरी विद्यालय पुर्याइएको छ । सदरमुकाम तम्घासका विभिन्न स्थानबाट उद्दार गरी १५ जना सडक बालबालिकालाई विद्यालय पुर्याइएको हो । जिल्ला प्रहरी कार्यालयले सडक बालबालिकाहरुलाई उद्दार गरी विद्यालय भर्ना गरेको छ ।
स्थानीय सरकारको घर टोलमा सेवा
मंगलबार, मंसिर २८, २०७८
गाउँपालिकाका केन्द्रहरुमा सिमित रहेका सेवाहरुलाई स्थानीय सरकारले जनताको घर टोलमा पुर्याएका छन् । पाल्पा र गुल्मीका केही स्थानीय सरकारले आफ्नो सेवालाई घुम्ती शिविरमार्फत जनताको घर टोलमा पुर्याएका हुन् । गाउँपालिकाको केन्द्रसम्म पुग्न नसक्ने अशक्त, अपाङ्ग र विपन्न परिवारलाई राहत दिने उद्देश्यले जनताको घर टोलमा उनीहरुले शिविरमार्फत सेवा दिएका छन् ।
निकुञ्जबाट वन्यजन्तु गाउँ पस्दा स्थानीयवासीमा त्रास
सोमबार, मंसिर २७, २०७८
चितवन राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु बस्तीमा प्रवेश गर्न थालेपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का मध्यवर्ती क्षेत्रका बासिन्दाले नियन्त्रणको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
नेल्टा पाल्पाको अधिवेशन, अध्यक्षमा बस्याल
आइतबार, मंसिर २६, २०७८
नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) पाल्पाको साधारण सभा तथा छैठौ अधिवेशन तानसेनमा भएको छ । संघले एक औपाचारिक कार्यक्रमको आयोजना गरी साधारण सभा तथा अधिवेशन गरेको हो ।
वडा–वडामा सेवा पुर्याउँदै पूर्वखोला गाउँ सरकार
आइतबार, मंसिर २६, २०७८
नागरिकहरुलाई घर–घर, वडा–वडामा सेवा सुविधा प्रदान गर्न पूर्वखोला गाउँपालिकाले वडा–वडामा एकिकृत घुम्ती शिविर सञ्चालन गरेको छ । जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा पूर्वखोला गाउँपालिकाले वडा वडामा एकिकृत घुम्ती शिविर सञ्चालन गरी जनताको काम घरदैलोमा अभियान शुरु गरेको हो ।
गुल्मीको मुसिकोटमा रायमाझीले गरे कूलका जेष्ठ नागरिकलाई सम्मान
आइतबार, मंसिर २६, २०७८
गुल्मीको मुसिकोटमा रायमाझी बन्धुहरुले कूलका जेष्ठ सदस्यहरुलाई सम्मान गरेका छन् । मुसिकोटको पेगा र इस्मा रातडाँडाका रायमाझीहरुले चार जना कूलका जेष्ठ नागरिकलाई सम्मान गरेका हुन् ।
देशभर चिसो बढ्यो
शनिबार, मंसिर २५, २०७८
न्यूनतम तापक्रम घटेसँगै देशभर चिसो बढ्दै बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार न्यूनतम तापक्रम घटेसँगै देशभर चिसो बढ्दै गएको हो ।


