Shittalpati
गुल्मीमा विद्युतीय राहदानी जारी गर्न सुरू
गुल्मीमा विद्युतीय राहदानी जारी गर्न सुरू जिल्ला प्रशासन कार्यालय गुल्मीबाट विद्युतीय राहदानी जारी गर्न प्रक्रयिा सुरु गरएिको छ । विद्युतीय राहदानी जारी गर्न जिल्ला प्रशासन कार्यालयमा आवश्यक पूर्वाधार जडान पश्चात विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्ने कार्य प्रारम्भ भएको हो ।
आज पृथ्वी जयन्ती मनाइंदै
आज पृथ्वी जयन्ती मनाइंदै आज विविध कार्यक्रम गरी देशभर पृथ्वी जयन्ती मनाइदै छ । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै पृथ्वी जयन्ती मनाउन लागिएको हो । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल...
तानसेन सरकारद्वारा ‘इ चौतारी’ सञ्चालनमा
तानसेन सरकारद्वारा ‘इ चौतारी’ सञ्चालनमा तानसेन नगरपालिकाले डिजिटल कृषि परामर्श सेवा केन्द्र ‘इ चौतारी’ सञ्चालनमा ल्याएको छ । ग्रामीण आर्थिक विकास संघ र जीइ किसानको सहयोगमा किसानलाई पशु तथा कृषि क्षेत्रमा उत्पादन, बजारीकरण, बीउबिजनसम्बन्धी चौतारीबाट सेवा पाउने व्यवस्था गरिएको छ ।
भोलिदेखि देशभरका विद्यालय बन्द हुने
भोलिदेखि देशभरका विद्यालय बन्द हुने कोरोना संक्रमण बढ्दै गएपछि भोलिदेखि देशभरका विद्यालयहरु बन्द हुने भएका छन् । विद्यालय बन्दको निर्णय गरेको सरकारले पुस २७ गतेदेखि नै विद्यालयहरु बन्द हुने भएका हुन् ।
माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय
माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने सीसीएमसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले सीसीएमसीको सिफारिस अनुसारकै सूचना जारी गर्ने बताए ।
कोरोनाका कारण १५ दिन शैक्षिक संस्था बन्द गर्न माग
कोरोनाका कारण १५ दिन शैक्षिक संस्था बन्द गर्न माग नेपाली काँग्रेसका नेता नैनसिंह महरले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने बताए । थारु विद्यार्थी संघ केन्द्रीय समितिको आयोजनामा ‘ओमिक्रोन र शैक्षिक क्षेत्रमा यसले निम्त्याउने संकट’ विषयक अन्तक्र्रियामा उनले मुलुकमा पुनः कोरोनाको जोखिम बढेकाले बालबालिकालाई त्यसको खतराबाट बचाउनुपर्नेमा जोड दिए ।
अक्सिजन प्लाण्टका लागि बनाइएको घर हस्तातरण
अक्सिजन प्लाण्टका लागि बनाइएको घर हस्तातरण गुल्मीमा अक्सिजन प्लाण्ट राख्नका लागि बनाइएको घर गुल्मी अस्पताललाई हस्तान्तरण गरिएको छ । गुल्मी उद्योग वाणिज्य संघ र स्थानीय जनसहभागितामा निर्मित ओयर हाउसको चाँपी गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.उत्तम पच्यालाई हस्तान्तरण गरेका हुन् ।
बलेटक्सार बजारमा लिफ्टिङ मार्फत खानेपानी पुग्यो
बलेटक्सार बजारमा लिफ्टिङ मार्फत खानेपानी पुग्यो गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा ४ मा रहेको बलेटक्सार बजारमा लिफ्टिङ मार्फत खानेपानी पुगेको छ । बजारवासीले लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका थिए । बलेटक्सार बजार लिफ्ट खानेपानी तथा सरसफाई आयोजनाको शुक्रबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । खानेपानी आयोजनाको गुल्मी क्षेन नम्बर १ सांसद प्रदीपकुमार ज्ञवालीले उद्घाटन...
पाल्पाको कुनसरेमा महिला मृत अवस्थामा फेला
पाल्पाको कुनसरेमा महिला मृत अवस्थामा फेला पाल्पाको कुनसरेमा एक महिला मृत अवस्थामा फेला पेरकी छिन् । तानसेन वडा ६ कुनसरेमा ६५ वर्षीया सरस्वती घर्ती मृत अवस्थामा फेला परेकी हुन् ।
बराङ्दीको शिवासन कृषि सहकारीले मनायो आठौं साधारण सभा
बराङ्दीको शिवासन कृषि सहकारीले मनायो आठौं साधारण सभा जिल्लाको बगनासकाली गाउँपालिका –८ बराङ्दीमा रहेको शिवासन कृषि सहकारी संस्था लिमिटेड आठौं साधारण सभा मनाएको छ । सहकारीले एक औपचारिक कार्यक्रमका बिच साधारण सभा मनाएको हो ।
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु लुम्बिनी प्रदेशको रुपन्देही र रोल्पामा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । रुपन्देहीमा ट्रकले ठक्कर दिँदा एक जना मोटरसाईकल चालकको मृत्यु भएको छ भने, रोल्पामा ट्याक्टर दुर्घटनामा अर्को एक जनाको मृत्यु भएको हो ।
चोरिएका मोटरसाईकल सम्बन्धित धनीलाई दिइयो
चोरिएका मोटरसाईकल सम्बन्धित धनीलाई दिइयो महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थान र मितिमा हराएका २६ थान मोटरसाइकल तथा स्कुटरहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । महाशाखामाले एक औपचारिक कार्यक्रमका बिच चोरिएका १७ वटा मोटरसाइकल र ९ वटा स्कुटर सम्बन्धित धनीहरुलाई जिम्मा लगाएको हो ।
Weather Update