शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का
मंगलबार, पुस २१, २०७७

मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
सोमबार, पुस २०, २०७७
मोटरसाइकल चोरी गर्ने दुई जना काठमाडौंबाट पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने २ जनालाई मोटरसाईकल सहित पक्राउ गरेको हो ।

पश्चिमी वायुको प्रभाव : बुधबारसम्म वर्षा हुने
सोमबार, पुस २०, २०७७
पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का वर्षा हुने भएको छ । पश्चिमी वायुको प्रभावका कारण देशको धेरैजसो स्थानमा बुधबारसम्म बदली र हल्का वर्षाको सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले बताए ।

गाउँमा पसेर आतङ्क मच्चाउने चितुवा नियन्त्रणमा
सोमबार, पुस २०, २०७७
बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेराको कान्लेमा गाउँमा पसेर आतङ्क मच्चाएको चितुवा नियन्त्रणमा लिइएको छ । आइतबार बिहानैदेखि जङ्गलबाट निस्केको चितुवा गाउँ डुल्न थालेपछि स्थानीयवासी तर्सिएका थिए ।

पाल्पाली पत्रकारिताका विषयमा अन्तरक्रिया
आइतबार, पुस १९, २०७७
पाल्पाली पत्रकारिताका विषयमा तानसेनमा अन्तरक्रिया भएको छ । आइतबार नेपाल पत्रकार महासंघ पाल्पा शाखाको २९ औं स्थापना दिवसको अवसरमा पाल्पाली पत्रकारिताका विषयमा अन्तरक्रिया कार्यक्रम भएको हो ।

बेसले मनायो २८ औं वार्षिक साधारण सभा
आइतबार, पुस १९, २०७७
जिल्लामा क्रियाशिल गैरसरकारी संस्था पछौटेपन उन्मूलन समाज (बेस) नेपालले आफ्नो २८ औं वार्षिक साधारण सभा मनाएको छ । कोरोना महामारीका बिच पनि बेसले विभिन्न कार्यक्रमहरुको आयोजना गरी आइतबार साधारण सभा मनाएको हो ।

पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना
आइतबार, पुस १९, २०७७
पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा आज हल्का वर्षाको सम्भावना छ ।
.jpg)
वडामै पुगेर अपाङ्गता परिचय पत्र
आइतबार, पुस १९, २०७७
जिल्लाको गुल्मीदरबार गाउँपालिकाका वडाहरुबाटै अपाङ्गता परिचय पत्र वितरण गरिएको छ । गाउँपालिका भित्रका ७ वटै वडामा पुगेर अपाङ्ग परिचयपत्र वितरण गरिएको हो । गाउँपालिकाभित्र रहेका अपाङ्गता भएका नागरिकहरुको पहिचान गर्ने तथा राज्यबाट प्राप्त सेवा सुविधाबाट बञ्चित हुन् नपरोस् भन्ने उद्देश्यले नागरिकको सुविधालाई मध्यनजर गर्दै घुम्ती शिविरमार्फत परिचयपत्र वितरण गरिएको गाउँपालिकाका...

माथागढीका विद्यालयमा अर्धवार्षिक परीक्षा पौष २१ देखि
आइतबार, पुस १९, २०७७
कोभिडका कारण परीक्षाहरु समेत नियमित हुन सकिरहेका छैन् । परीक्षहरु नियमित हुन नसकिरहेका बेला जिल्लाको माथागढी गाउँपालिकाले भने स्वास्थ्य मापदण्डलाई पालना गरी पठन पाठनसँगै परीक्षाहरु सञ्चालन गरेको छ । यस अघि नै शैक्षिक संघ संस्थाहरु सञ्चालन गरेको गाउँपालिकाले परीक्षाहरु पनि सञ्चालन गर्ने तयारीमा जुटेको छ ।

बँदेलको आक्रमणबाट चार जना घाइते
आइतबार, पुस १९, २०७७
दाङमा जंगली बँदेलको आक्रमणबाट चार जना घाइते भएका छन् । घाइते हुनेमा लमही नगरपालिका–१ बरूवागाउँका ४० वर्षीया हिरादेवी चौधरी, वडा २ डोडहीका आठ वर्षीय शिरीष गिरी, सोही ठाउँका ५५ वर्षीया धनिया चौधरी र ३० वर्षीय मिठ्ठु चौधरी रहेका छन् ।

पाल्पा टेक्निकल इन्स्टिच्यूटका अनमीलाई शिरपोस
शनिबार, पुस १८, २०७७
जिल्लामा प्राविधिक शिक्षालयका रुपमा अग्रणी भूमिका खेल्दै आएको पाल्पा टेक्निकल इन्स्टिच्यूटले २३ औं व्याचका अनमी विद्यार्थीहरुलाई शिरपोस वितरण गरेको छ । इन्स्टिच्यूटले एक कार्यक्रमका बिच शनिबार तानसेनमा अनमी विद्यार्थीहरुलाई शिरपोस वितरण गरेको हो ।
_copy.jpg)
‘टोपी दिवस’ : सामाजिक सञ्जालमा देखाउन कि, परम्परा जोगाउन ?
शुक्रबार, पुस १७, २०७७
यि हरफहरु हुन् गोपाल योञ्जनको स्वर, संगीत रचना रहेको राष्ट्रिय गीत । यि हरफहरुले देशप्रति माया गर्ने जो कोहीको मनलाई लालयित गराउँछन् । यही भावमा व्यक्त गरिएको टोपीले राष्ट्रियता अडिएको छ ।

चोरी भएका मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा
शुक्रबार, पुस १७, २०७७
चोरी भएका मोटरसाईकल भेटाई सम्बन्धित धनीलाई जिम्मा लगाइएको छ । काठमाडौंका विभिन्न स्थानबाट हराएका २२ मोटरसाइकल खोजतलास गरी महानगरीय ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको हो ।