सहिद सप्ताह सुरु : पहिलो दिन शास्त्रीको सम्झना गरियो
मंगलबार, माघ १०, २०७९
बाजुरामा पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प
मंगलबार, माघ १०, २०७९
आज दिउँसो सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला केन्द्रविन्दु भएर पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प आएको छ । अपराह्न २ः४३ बजे आएको भूकम्पको झट्काका कारण कैलालीमा पनि घरभित्र रहेका व्यक्ति बाहिर निस्किएका थिए ।
रामपुरमा स्थानीय र प्रदेश सरकारबिच छलफल
मंगलबार, माघ १०, २०७९
स्थानीय सरकार र प्रदेश सरकारबिच सहकार्य गर्नेमा जोड दिइएको छ । रामपुरमा भएको स्थानीय सरकार र लुम्बिनी प्रदेश सरकारबिचको अन्तरक्र्रिया तथा छलफल कार्यक्रममा सहभागीहरुले विकास र समृद्धिका लागि सहकार्य गर्नेमा जोड दिएका हुन् ।
चिच्याएर बर माग्ने मालिका मन्दिर ओझेलमा
मंगलबार, माघ १०, २०७९
जिल्लाको मालिका मन्दिर यतिबेला प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । धार्मिक एवंं ऐतिहासिक स्थान यस मन्दिरको महत्व थप रोचक छ । गुल्मीको मुसिकोट नगरपालिका–६ अन्तर्गत कुर्घास्थित रहेको यस मन्दिरको रोचक भनेको यहाँ बर माग्दा चिच्याएर माग्नुपर्छ । नेपालको उच्च कोटीमा रहेका धार्मिकस्थल मध्ये बेग्लै महिमा र पहिचान भएकै कारण यहाँ...
पात्रो र भित्तेपात्रो प्रकाशन गर्दा सरकारको स्वीकृति लिनुपर्ने
सोमबार, माघ ९, २०७९
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पात्रो र भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रुपमा स्वीकृति लिन आह्वान गरेको छ । समितिको गठन आदेश, २०७७ र यसअन्तर्गत बनेका नियमका आधारमा समितिले स्वीकृति लिन आग्रह गरेको हो ।
विद्यालयमा समयमै पाठ्यपुस्तक पुर्याउन निर्देशन
सोमबार, माघ ९, २०७९
राष्ट्रियसभा दीगो विकास तथा सुशासन समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई आगामी शैक्षिक सत्रमा समयमै सबै विद्यालय र विद्यार्थीलाई पाठ्यपुस्तक पुर्याउने सुनिश्चितता गर्न निर्देशन दिएको छ ।
अंग्रेजी माध्यममा पढ्न तीन घण्टा पैदल !
सोमबार, माघ ९, २०७९
गुल्मीको मालिका गाउँपालिका–४ का १२ वर्षे अमृत अर्याल विद्यालय पुग्न दैनिक तीन घण्टा पैदल हिँड्छन् । घर नजिकै विद्यालय भए पनि त्यति टाढाको विद्यालयमा भर्ना हुनुको कारण हो, अंगे्रजी माध्यम । कक्षा ७ मा पढ्ने उनी घर अर्खबाङ्गदेखि मालिका–३ ह्वाङ्दीमा पुग्छन् ।
मनाइयो सोनाम ल्होसार
सोमबार, माघ ९, २०७९
आइतबार तामाङ समुदायले धुमधामका साथ सोनाम ल्होसार मनाएका छन् । उनीहरुले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व विविध कार्यक्रम गरी मनाएका हुन् ।
भारतमा दुई नेपालीको अपहरणपछि हत्या
आइतबार, माघ ८, २०७९
धनुषाको जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षीय रोहित साह र वडा नं १३ का २२ वर्षीय विष्णु साहको हत्या भएको हो ।
पोखरा विमान दुर्घटना : मृतक १४ जनाको अझै शव पहिचान हुन सकेन
आइतबार, माघ ८, २०७९
माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा परी मृत्यु भएका १४ जनाको अझै शव पहिचान हुन सकेको छैन् । शव अत्यधिक जलेकाले पहिचान हुन नसकेको हो ।
विष सेवनबाट पाल्पाको निस्दीमा एकको मृत्यु
आइतबार, माघ ८, २०७९
विष सेवनबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको निस्दी गाउँपालिका ५ ढुंगानाबेसी का २३ वर्षीय युवराज खाम्चाको विष सेवनबाट मृत्युु भएको हो ।
आज सोनाम ल्होसार मनाइँदै
आइतबार, माघ ८, २०७९
सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यो पर्व तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने गर्छन् ।
रामपुरका महिलालाई अगरबत्ती बनाउने तालिम
शनिबार, माघ ७, २०७९
जिल्लाको रामपुर नगरपालिका–६ तिलकपुरमा महिलाहरुका लागि अगरबत्ती बनाउने तालिम सञ्चालन गरेको छ । रामपुर सिकाई केन्द्रले यहाँका महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले अगरबत्ती बनाउने दुई दिने तालिम सञ्चालन गरेको हो ।


