पाल्पामा स्याललाई हानेको बन्दुकले लागेर आफ्नै छोराको ज्यान गयो
शनिबार, साउन ३०, २०७८

विज्ञापनका सबै काम हुलाकबाट
शुक्रबार, साउन २९, २०७८
विज्ञापन सम्बन्धी सम्पूर्ण काम अब जिल्ला हुलाक कार्यालयबाट हुने भएका छन् । विज्ञापन बोर्डले लोक कल्याणकारी विज्ञापन प्रकाशन तथा प्रशारणको अनुगमनका साथै भुक्तानीसम्बन्धी सम्पूर्ण कार्य अब जिल्ला हुलाक कार्यालयमार्फत गराउने निर्णय गरेको छ ।

तिनाउमा आवासीय सहित छात्रावास सञ्चालन गरिने
बुधबार, साउन २७, २०७८
जिल्लाको तिनाउ गाउँपालिकाले आवासीय सहित छात्रावास सञ्चालन गर्ने भएको छ । गाउँपालिका अध्यक्ष ओमबहादर घर्ती मगरले गाउँपालिकाको अधिकास क्षेत्र डाँडाकाडा भएकाले पठन पाठनका लागि बालवालिकाहरु ३ घण्टासम्म हिड्नु पर्ने अवस्था रहेकाले पालिकाले आगामी दिनमा आवासीय सहितको छात्रावास सचालन गर्ने योजना बनाएको बताएका छन् ।

पाल्पामा बाघको छाला सहित दुई जना पक्राउ
मंगलबार, साउन २६, २०७८
दुर्लभ बाघको छाला सहित मंगलबार प्रहरीले पाल्पाबाट दुई जना व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले बाघको छाला तस्करी गिरोहमा संलग्न रिब्दीकोट गाउँपालिका ७ का ४२ वर्षीय विष्णु खत्री र सोही ठाउँका ४० वर्षीय रविल मियाँलाई पक्राउ गरेको हो ।

पाल्पामा ‘तपाईंको मास्क खोइ ?’अभियान तीव्र
सोमबार, साउन २५, २०७८
पाल्पामा ‘तपाईंको मास्क खोइ ?’ अभियानलाई तीव्रता दिइएको छ । जिल्लामा कोभिड–१९ संक्रमणमा देखिएको वृद्धिसँगै नेपाल प्रहरीले पुनः ‘तपाईंको मास्क खोइ ?’ अभियानलाई तीव्रता दिन थालेको हो ।

पुरानो पानी ट्याङकी टोल विकास संस्थामा नयाँ नेतृत्व,अध्यक्षमा पाण्डे
सोमबार, साउन २५, २०७८
सामाजिक क्षेत्रमा सक्रिय रहेको पुरानो पानी ट्याङकी टोल विकास संस्थामा नयाँ नेतृत्व आएको छ । तानसेन नगरपालिका ३ भगवतीटोलमा रहेको टोल विकास संस्थामा आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व आएको हो । संस्थाको तेस्रो अधिवेशनले सारदा पाण्डेको अध्यक्षतामा ९ कार्यसमिति चयन गरेको छ ।
.jpg)
नारायण युवा क्लवले मनायो साधारण सभा तथा अधिवेशन
शनिबार, साउन २३, २०७८
तानसेनमा सामाजिक क्षेत्रमा क्रियाशिल रहँदै आएको नारायण युवा क्लवले आफनो २४ औं साधारण सभा तथा अधिवेशन मनाएको छ । क्लवले शनिबार न्यून सदस्यहरुको उपस्थितीमा स्वास्थ्य मापदण्डको पालना गरी साधारण सभा तथा अधिवेशन मनाएको हो ।

एसइई नतिजा प्रकाशित
शनिबार, साउन २३, २०७८
राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । शनिबार बोर्डको बैठकले एसईईको नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो । सोही अनुसार नतिजा प्रकाशित भएको छ ।

कक्षा १२ को परीक्षा स्थगित
शनिबार, साउन २३, २०७८
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । शनिबार बसेको बोर्ड बैठकले साउन ३१ गतेबाट हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

पाल्पामा फरार थप दुई जना अभियुक्त पक्राउ
शुक्रबार, साउन २२, २०७८
जिल्ला प्रहरी कार्यालय पाल्पाले फरार रहेका थप दुई जना अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला अदालतको आदेशले केही सार्वजनिक मुद्दामा कैद र जरिवानाको आदेश भएपछि फरार रहेका दुई जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।

कक्षा १२ को परीक्षा सर्न सक्ने !
शुक्रबार, साउन २२, २०७८
साउन ३१ गतेदेखि हुन लागेको कक्षा १२ को परीक्षा सर्न सक्ने देखिएको छ । कोरोना संक्रमण बढ्दै गएका कारण सीसीएमसीले तत्काल परीक्षा गर्न नसक्ने जनाएपछि परीक्षा सर्न सक्ने देखिएको हो ।

खुट्टाले लेखेर कक्षा ११ को परीक्षामा सामेल हुँदै ‘याम’
शुक्रबार, साउन २२, २०७८
आफूमा मेहनत र इच्छाशक्ति छ भने सहजै लक्ष्यमा पुग्न सकिन्छ भन्ने तै उदाहरण याम खाम्चाले दिएका छन् । दुबै हात नचल्ने र बोल्नसमेत नसक्ने उनी सुन्न र राम्रोसँग देख्न सक्छन् । फरक क्षमता भएका यामले अहिले खुट्टैले लेखेर कक्षा ११ को परीक्षा दिइरहेका छन् ।

घुस अस्वीकार गर्ने प्रहरी निरीक्षक सहित ३६ ट्राफिक सम्मानित
शुक्रबार, साउन २२, २०७८
घुस अस्वीकार गर्ने प्रहरी निरीक्षक सहित ३६ ट्राफिक प्रहरी सम्मानित भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक प्रलोभनमा नपरी जिम्मेवारी निर्वाह गर्ने प्रहरीलाई शुक्रबार एक कार्यक्रमका बीच सम्मान गरेको हो ।