Shittalpati
१७ महिनापछि पाल्पाका प्रजिअ पन्तको गृहमन्त्रालयमा सरुवा

कृष्ण पोखरेल
पाल्पा, १७ महिनाको अवधिमा पाल्पामा प्रमुख जिल्ला अधिकारीको रुपमा रहेर जगन्नाथ पन्तले जिल्लामा केही नमुना योग्य काम गरेको पाल्पाका राजनीतिक दल, पत्रकार, विभिन्न संघ संस्थाले बताएका छन् । १७ महिनाको बसाई पछी गृहमन्त्रालय सरुवा भएका पन्तले स्थानीयतह, प्रदेश र संघको निर्वाचन विवाद रहित तरीकाले सम्पन्न गरेको, जिल्लामा शान्ति सुरक्षा कायम गरेकोमा पाल्पाका राजनीतिकदलहरुले प्रजिअ पन्तलाई धन्यवाद दिएका छन् ।

पन्तले जिल्लामा रहँदा जनगुनासोको रुपमा आएको चुनढुङ्गा खानी सञ्चालनको अनुगमन, सञ्चालनको प्रक्रिया, उपयोगको बारेमा भईरहेका गतिविधी सार्वजनिक गराएका थिए । स्वास्थ्य बीमाको सहजता, पाल्पा अस्पतालको सञ्चालन तथा विरामीहरुका लागि टिकट व्यवस्थापनमा प्रजिअ पन्तले सक्रिय भूूमिका खेलेका थिए । जिल्लामा आईपरेका समस्या तथा गुनासाहरुको तत्काल सम्बोधन गर्ने, जिल्लाबाट हुन नसकेका कुराको बारेमा जनतालाई बाटो देखाईदिने काम प्रजिअ पन्तले गर्दै आएका थिए ।

पाल्पामा विकास तथा सुसाशन कायम गर्न स्थानीय तहदेखी प्रदेश संघमा निर्वाचित जनप्रतिनिधी, नागरिक समाज, कार्यालय प्रमुख, पत्रकार संघ संस्थाको सहभागितामा सामुहिक छलफल गरी जिल्लाको अवस्था बारेमा चित्रण गराएका थिए । प्रजिअ पन्तले राहदानी समस्या समाधानका लागि विहान ८ बजेदेखी बेलुका ७ बजेसम्म ३ सिफ्टमा कार्यालय सञ्चालनको व्यवस्था मिलाएका थिए । प्रजिअ पन्तले आफुले कानुनले तोकेको र जनतालाई सजिलो हुने गरी मात्र काम गरेको बताए । आउँदा सबैले स्वागत गरेझै विदाईको समयमा पनि सबै पक्षसँंग भेटघाट गरेर जाने चाहाना अनुसार फेरी भेटौला कार्यक्रम गरेको उनले बताए । पाल्पामा बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला नयाँ प्रजिअको रुपमा आउने छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update