Shittalpati
आज विश्व वन्यजन्तु दिवस

पाल्पा, आज विश्व वन्यजन्तु दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष मार्च ३ मा विश्व वन्यजन्तु दिवस मनाउने गरिन्छ । यस वर्षको नारा ‘पृथ्वीका सबै जीवहरूको सुरक्षाका लागि साझेदारी’ भन्ने रहेको छ । यो दिवस सन् १९७३ देखि मनाउन थालिएको हो ।

विश्वमा पाइने सम्पूर्ण जगंली जनावर र रुख बिरुवाहरुका बारेमा सचेतना जगाउन अनि तिनको संरक्षण सम्वद्र्धनका लागि यो दिवस मनाउने गरिन्छ । नेपालमा अरू देशमा नपाइने कतिपय दुर्लभ वन्यजन्तु पाइन्छन् । त्यस्ता प्रजातिको संरक्षण गर्न जनचेतना आवश्यक रहेको विज्ञ बताउँछन् । विश्व पर्यावरणको ईकोसिस्टममा हरेक प्राणीहरुको आ–आफ्नै महत्व र योगदान छ तसर्थ सबै प्राणिहरुको सुरक्षा आजको आवश्यता हो ।

मानव जीवनको दीर्घकालिन उपस्थितीका लागि पनि वन्यजन्तु र बिरुवाहरु सबैको रक्षा गर्नुुपर्छ । संयुक्त राष्ट्रको सदस्य राष्ट्र थाइल्याण्डको पहलमा सन् २०१३ को एक सम्मेलनमा जंगली जनावर तथा विरुवाको अन्तर्राष्ट्रिय व्यापार बारे बहस भएको थियो । यो बहसमा जंगली जनावर तथा विरुवाहरुको अन्तर्राष्ट्रिय ब्यापारका विषयमा संसारमा भएका ३५ हजारभन्दा बढी जनावर र विरुवाको प्रजाति संरक्षणको लागि एउटा कदम मात्र भएको भनेर निर्णय लिईएको थियो । यस बहसको निष्कर्षलाई सिटिज अर्थात कन्भरसेसन अन इन्टरनेशनल ट्रेड इन इनडेन्जर इस्पेसिस भनेर नाम दिइएको थियो । अहिले सिटिजको अनुसार अन्तर्राष्ट्रिय व्यापारकै कारण लगभग ५ हजार प्रजातिका जनावरहरु र २९ हजार २ सय प्रजातिका बोटविरुवाहरु लोप हुने अवस्थामा छन् । यी जनावर र विरुवाहरुलाई खतराको सीमामा पर्न नदिन अन्तर्राष्ट्रिय व्यापारले धेरै हद सम्म नियन्त्रण गरेको पनि पाइन्छ । आजको दिन ति लोप हुन सक्ने प्रजातिहरुको नियन्त्रणमा सिटिजको उत्साहपूर्ण योगदानलाई सम्झना गर्नुपर्ने दिन हो ।

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update