आज बुद्ध जयन्ती
सोमबार, जेठ २, २०७९
भारतीय प्रधानमन्त्री मोदी आज नेपाल आउँदै
सोमबार, जेठ २, २०७९
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज नेपाल आउँदै छन् । भारतीय प्रधानमन्त्रीको रुपमा पाँचौं पटक नेपाल आउन लागेका मोदी सोमबार सिधैँ लुम्बिनी आएर त्यहीँबाट सोही दिन स्वदेश फर्कने छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजना गरिने एक विशेष समारोहमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् ।...
माटो उपलब्ध नभएको दुःखेसो पोख्दै पाल्पाका कुमाल जाति
आइतबार, जेठ १, २०७९
रामपुर नगरपालिका–१० स्थित तल्लो कुमाल गाउँ बस्ने ५२ वर्षीय बलबहादुर कुमाल माटो अभावमा आफूहरुको पेशा नै लोप हुने अवस्थामा पुगेको बताउँछन् । केही दिन अघि मत माग्न घरमा पुगेका उम्मेदवारहरु सामु उनले यही दुःखेसो पोखेका हुन् । उनी भन्छन्– ‘माटोको अभावमा हाम्रो पुख्र्यौली पेशा लोप हुँदै जान थालेको छ ।...
आज अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै
आइतबार, जेठ १, २०७९
आज अन्तर्राष्ट्रिय परिवार दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । यो दिवस अंग्रेजी क्यालेन्डर अनुसार मे १५ तारिखका दिन विश्वभर मनाईनुका साथै नेपालमा पनि मनाईन्छ । एउटा ब्यक्तिवको जीवनमा परिवारको अहम भूमिका र महत्वलाई स्मरण गर्दै हरेक वर्ष यो दिवस मनाउने गरिएको हो ।
बैंकमा पनि सातामा दुई दिन विदा हुने
बुधबार, वैशाख २८, २०७९
जेठदेखि बैंक तथा वित्तीय संस्थाहरु पनि सातामा दुई दिन बन्द हुने भएका छन् । सरकारले शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेसँगै उक्त दिन बैंक तथा वित्तीय संस्था, पूर्वाधार विकास बैंक, क्लियरिङ हाउस लगायत संस्था बन्द गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।
भोट हाल्न गाउँ फर्कन थाले मतदाता
बुधबार, वैशाख २८, २०७९
वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि भोट हाल्न मतदाताहरु गाउँ फर्कन थालेका छन् । रोजगार,पेशा, व्यवसाय र अध्ययनको सिलसिलामा सहरबजार तथा विभिन्न देश पुगेका मतदाताहरु भोट हाल्न गाउँ फर्किएका हुन् । काठमाडौं, बुटवल, पोखरा लगायतका ठाउँबाट आउने गाडीहरुमा यात्रुहरुको घचाघच चाप देख्न सकिन्छ । अघिपछि यात्रुको संख्या...
कालीगण्डकी नदीमा बेपत्ता युवक मृत भेटिए
सोमबार, वैशाख २६, २०७९
स्याङ्जाको राम्दीस्थित कालीगण्डकी नदीमा बेपत्ता भएका एक युवक मृत भेटिएका छन् । भारतको लखनउका २३ वर्षीय बिलाल अहमद सोमबार विहान पाल्पाको रम्भा गाउँपालिका –१ गुरुकूलस्थित कालीगण्डकी नदीमा मृत अवस्थामा भेटिएका हुन् ।
‘निर्वाचन निष्पक्ष बनाउन नागरिक समाजको भूमिका महत्वपूर्ण’
शुक्रबार, वैशाख २३, २०७९
लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कानुन तथा संवैधानिक मामिला शाखाका सचिव राजेन्द्र थापाले निर्वाचनलाई निष्पक्ष र मर्यादित बनाउन नागरिक समाजको भूमिका महत्वपूर्ण हुने बताएका छन् । शुक्रबार पाल्पा विकास केन्द्रले तानसेनमा आयोजना गरेको नागरिक संघ संस्थाहरुका लागि राजनीतिक समावेशीता, पारदर्शीता, सुशासन, प्रजातन्त्र र संघीयता सम्बन्धी कार्यशाला अभिवृद्धि कार्यक्रमको सहजीकरण...
नागरिकता पाउने आशामा जेष्ठ नागरिक
शुक्रबार, वैशाख २३, २०७९
‘जवानीमा त मेलापात गरेरै जीवन धानियो, बूढेसकालमा काम गर्न सक्ने तागत छैन, कसरी बाँच्ने हो ?’ यस्तो गुनासो छ ७८ वर्षीया तुलसा पाण्डेयको । बुढ्यौली उमेरमा उनलाई आफन्तको स्याहारसुसार, रेखदेख त परै जाओस् बिहान साँझको छाक जोहो गरिदिने कोही छैन । रामपुर नगरपालिका–८ बस्ने पाण्डेयलाई न दिनको भोक न रातको...
पाल्पामा मतदाता शिक्षा दिदैं काँग्रेसका उम्मेदवार
बुधबार, वैशाख २१, २०७९
नेपाली काँग्रेस पाल्पाले मतदाता शिक्षालाई प्रभावकारी रुपमा अगाडि बढाएको छ । निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगर्ने भएपछि जनताको घरदैलोमा पुगेर मतदाता शिक्षा प्रदान गरिएको बगनासकाली गाउँपालिकाको अध्यक्ष उम्मेदवार उम्मेदवार सुनिता अधिकारीले बताइन् ।
बागलुङका पत्रकारलाई पाल्पा प्रेस युनियनले गर्यो स्वागत
बुधबार, वैशाख २१, २०७९
नेपाल प्रेस युनियन पाल्पाले बागलुङबाट आएका पत्रकारहरुको एक टोलीलाई तानसेनमा स्वागत गरेको छ । प्रेस युनियनका केन्द्रीय सदस्य दिलिप पौड्याल, प्रेस युनियन बागलुङका सभापति प्रदिप पन्त, युनियन बागलुङका सचिव नारायण रिजालको टोलीलाई युनियनले एक कार्यक्रमका बिच स्वागत गरेको हो ।
मनाइयो इदुल फित्र
बुधबार, वैशाख २१, २०७९
पाल्पा सहित देशभरका मुस्लिम समुदायले नमाज पाठ गर्नाका साथै ठूलाबडाबाट आशीर्वाद लिएर इदुल फित्र पर्व मनाएका छन् । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिनाको पहिलो दिन मंगलबार नमाज पाठ सकेपछि तीन दिनसम्म आफ्ना मान्यजनबाट आशीर्वाद लिने चलन छ ।


-1762576335.jpg)