Shittalpati
सरस्वती माविले मनायो ६७ औं वार्षिकोत्सव
सरस्वती माविले मनायो ६७ औं वार्षिकोत्सव तानसेन नगरपालिका–७ सुन्दर गाउँमा रहेको सरस्वती माध्यमिक विद्यालयले ६७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । २०१३ सालमा सामुदायिक विद्यालयको रुपमा स्थापना भएको विद्यालयले भव्य समारोहकाबीच वार्षिकोत्सव मनाएको हो ।
पाल्पा प्यारागनले मनायो २३ औं वार्षिकोत्सव
पाल्पा प्यारागनले मनायो २३ औं वार्षिकोत्सव निजी विद्यालयको रुपमा सञ्चालित पाल्पाको प्यारागन इङ्गलिस बोडिङ्ग स्कूलले २३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । व्यवहारिक, जीवनोपयोगी, वैज्ञानिक र नैतिक मूल्य बोध गराउने शिक्षाको मान्यता राखी २०५६ सालमा स्थापना भएको स्कूलले १० दिनसम्म विभिन्न कार्यक्रमहरुको आयोजना गरी वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।
एकवर्षदेखि ओढारको बास
एकवर्षदेखि ओढारको बास बेनी नगरपालिकाको वडा नं ७ मा पर्ने कुरिलाखर्कको सडक र पैदलमार्ग भएर दैनिक सयौँ सवारीसाधन र मानिस ओहोरदोहोर गर्छन् । बेनी–५ भिरमुनिका ५० वर्षीय राहुल विकले एक वर्षदेखि सोही सडकको छेउमा रहेको ओढारमा आश्रय लिइरहेका छन् ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइदैं
अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइदैं आज फेब्रुअरी २१ अन्तर्राष्ट्रिय मातृभाषा दिवस । यो दिवस सन् २००० देखि भाषिक र सांस्कृतिक विविधता एवं बहुभाषिकता प्रवद्र्धन गर्ने हेतुले मनाउने गरिन्छ । हरेक वर्ष जस्तै आज पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । संयुक्त राष्ट्रसंघ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन...
आज ग्याल्पो ल्होछार मनाइदैं
आज ग्याल्पो ल्होछार मनाइदैं आज ग्याल्पो ल्होछार, तिब्बती बौद्ध धर्म अवलम्ब गर्ने शेर्पा समुदायमा यो पर्व मनाउने गरिन्छ । शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छन् ।
पाँच निर्माण व्यवसायी कम्पनी कालोसूचीमा
पाँच निर्माण व्यवसायी कम्पनी कालोसूचीमा विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने पाँच वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ ।
प्रजातन्त्रको स्मरण हुन्छ, अनुसरण हुँदैन
प्रजातन्त्रको स्मरण हुन्छ, अनुसरण हुँदैन हरेक वर्षको फागुन ७ लाई प्रजातन्त्र दिवसको रुपमा स्मरण गरिन्छ । आइतबार पनि राजनीतिक दल, नेता र सरकारका सम्पूर्ण निकायले प्रजातन्त्रको स्मरण गरे । प्रजातन्त्र ल्याउन योगदान दिएका योद्धा र उनीहरूको सपनाको सरकार प्रमुख हुन् वा विभिन्न राजनीतिक दलका नेता सबैले फागुन ७ का दिन २००७ सालको जनक्रान्तिको स्मरण गर्छन्,...
गुल्मीमा आगोमा जलेर एक महिलाको मृत्यु
गुल्मीमा आगोमा जलेर एक महिलाको मृत्यु आगोमा जलेर गुल्मीकी एक ८३ वर्षीया महिलाको मृत्यु भएको छ । गुल्मीको इस्मा गाउँपालिका–१ हस्तीचौर मल्दीकी पवित्रा खत्रीलाई उपचारका लागि पाल्पा लैजाने क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए ।
पाल्पाको रिब्दीकोटमा ससुराली गएका ज्वाई मृत फेला
पाल्पाको रिब्दीकोटमा ससुराली गएका ज्वाई मृत फेला बुटवल उपमहानगरपालिका –१२ नयाँ गाउँका ४५ वर्षीय थानेश्वर सुवेदी ससुरालीमा मृत अवस्थामा फेला परेका छन् । पाल्पाको रिब्दीकोट गाउँपालिका–४ भारकोटमा रहेको आफ्नै ससुराली प्रेम विश्वकर्माको घरमा आइतबार विहान सुुवेदी मृत फेला परेका हुन् ।
राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने
राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ तीन दिनसम्म मनाइने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सबै आयोग, विभाग, प्रतिष्ठान, जिल्ला समन्वय समिति र स्थानीय तहलाई परिपत्र गर्दै प्रजातन्त्र दिवस तीन दिनसम्म मनाउन भनेको हो ।
डा.चन्द्र भण्डारी र आमा कसरी परे आगलागीमा ?
डा.चन्द्र भण्डारी र आमा कसरी परे आगलागीमा ? बुुधबार राति घरमा आगलागी हुँदा नेपाली काँग्रेसका नेता तथा सांसद चन्द्र भण्डारी र उनकी आमा घाइते भए । आमा ८६ वर्षीया हरिकलाको त उपचारका क्रममा मृत्यु भयो भने डा.भण्डारीलाई उपचारका लागि भारतको मुम्बई लगिएको छ । ग्याँस लिकेज भई आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ, यद्यपि यकिन छैन ।...
निःशुल्क एम्बुलेन्स चलाउँदै वडा सदस्य थापा
निःशुल्क एम्बुलेन्स चलाउँदै वडा सदस्य थापा गुल्मीको मालिका गाउँपालिका–३ का वडासदस्य सूर्य थापाले वडाका लागि निःशुल्क एम्बुलेन्स चलाउँदै आएका छन् । उनले ह्वादी स्वास्थ्य चौकीको एम्बुलेन्स गत फागुनदेखि निःशुल्क चलाउँदै आएका हुन् । गत वैशाखमा वडा सदस्यमा निवार्चित भएपछि पनि थापाले एम्बुलेन्स चलाउँदै आएका छन् ।
Weather Update