लुम्बिनीमा अलपत्र विद्युतीय सवारी
आइतबार, फागुन २८, २०७९
धुर्कोटमा नयाँ गुफा फेला
शुक्रबार, फागुन २६, २०७९
गुल्मीको धुर्कोट गाउँपालिकामा नयाँ गुफा फेला परेको छ । गत छ दिनअघि हाडहाडेको बर्दबासस्थित धाराखोलामा करिब एक सय मिटर लामो गुफा फेला परेको वडाध्यक्ष पदम विष्टले जानकारी दिए । दुम्सीको दुलो भनेर चिनिएको उक्त ठाउँमा मान्छे छिर्नसक्ने प्वाल थियो । गुफाभित्र शिवलि·, गाईको थुन, मूर्ति, मानिसको आकार, रक्त धारा, सातमुखे...
स्थानीय सरकारले गरे महिलालाई सम्मान
शुक्रबार, फागुन २६, २०७९
जिल्लाका केही स्थानीय सरकारले महिलालाई सम्मान गरेका छन् । ११३ औं नारी दिवसको अवसरमा यहाँका रामपुर नगरपालिका र निस्दी गाउँपालिकाले विभिन्न क्षेत्रमा योगदान पुर्याएका महिलाहरुलाई सम्मान गरेका हुन् ।
फागु पर्वको मौलिकता संरक्षणमा जोड
बिहीबार, फागुन २५, २०७९
पछिल्लो समय फागु पर्वको मौलिक संकृति हराउँदै जान थालेपछि पाल्पामा त्यसको सरक्षण गर्नुपर्ने आवाज उठेको छ । फागु पर्व होली मनाउने क्रममा विभिन्न विकृति र विसंगतीहरु भित्रिदै जान थालेकाले त्यसको मौलिकता जोगाउनुपर्ने आवाज उठ्न थालेको हो ।
तिलोत्तमा नगरपालिकालाई ‘नो हर्न’ नगरपालिका घोषणा गरिँदै
बुधबार, फागुन २४, २०७९
रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई ‘नो हर्न’ नगरपालिका घोषणा गर्ने तयारी गरिएको छ । नगरपालिकाले सञ्चालन गरेको हरियाली प्रवर्द्धन एवं सरसफाइ अभियानको सयौँ शृङ्खलाको अवसरमा यही चैत १ गते तिलोत्तमा नगरपालिकालाई ‘नो हर्न’ नगरपालिका घोषणा गर्न लागिएको हो ।
काठमाडौँसहित देशका विभिन्न स्थानमा वर्षा
बुधबार, फागुन २४, २०७९
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावका कारण देशभर बदली हुनाका साथै विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सामाजिक सञ्जालमार्फत बढ्दै छ हिंसा
बुधबार, फागुन २४, २०७९
पछिल्लो समय सामाजिक सञ्जालबाट पीडा भोग्नेहरूको सङ्ख्या बढ्दै गएको देखिएको छ । गैरसरकारी संस्था महासङ्घ नेपालले मङ्गलबार आयोजना गरेको ‘सूचना प्रविधि र महिला अधिकारका सवाल’ विषयक अन्तरक्रियामा सञ्चारकर्मी बबिता बस्नेतले पछिल्लो समय सामाजिक सञ्जालबाट हिंसा हुने गरेको तथ्य सुनाए ।
आज नारी दिवस मनाइदैं
बुधबार, फागुन २४, २०७९
आज मार्च ८ अर्थात् ११२ औँ ‘अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर मनाइदैं छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । यो दिवसलाई श्रमिक महिला दिवस पनि भनिन्छ । सन् १९११ देखि मनाउन थालिएको यो दिवस आज ११२ औँ वर्षमा पुगेको छ ।
पाल्पामा सहिद परिवारलाई सम्मान
बुधबार, फागुन २४, २०७९
जनयुद्वका सहिद परिवारलाई सम्मान गरिएको छ । नेपाल कम्यूनिष्ट पार्टी बहुमत पाल्पाले यहाँका सहिद परिवारलाई सम्मान गरेको हो । नेकपा बहुमतले सहिद सप्ताहा कार्यक्रम गरी जिल्लाका १० वटै स्थानीय तहका सहिद परिवारलाई सम्मान गरेको छ । सबै पालिकामा छुुट्टाछुुट्टै कार्यक्रमको आयोजना गरी ५० भन्दा बढी सहिद परिवारलाई सम्मान गरिएको नेकपा...
लोपोन्मुख हुँदै होलीको जोगिरा
मंगलबार, फागुन २३, २०७९
नयाँ पुस्ताले खासै चासो राख्न छाडेपछि तराईमा होलीको जोगिरा लोपोन्मुख अवस्थामा पुगेको छ । जोगिरा गाउने पुराना पुस्ताका अधिकांशको मृत्यु भइसकेका र केही वृद्ध अवस्थामा पुगिसकेकाले जोगीरा लोपोन्मुख हुन थालेको जनाइएको छ । पछिल्लो समय नयाँ पुस्ताले यसबारे खासै चासो नदिएको जनाइएको छ ।
अमरनारायण मन्दिरको जीर्णाेद्धारमा लापरवाही, सरोकारवाला निकाय मौन
आइतबार, फागुन २१, २०७९
झण्डै २ सय १६ वर्षअघि अमरसिंह थापाले काठमाडौंका नेवार कालिगड झिकाएर पाल्पाको तानसेनमा बनाएको ऐतिहासिक कलात्मक अमरनारायण मन्दिरको जीर्णोद्धारमा लापरवाही भएको छ । तानसेन नगरपालिका–२ नारायणस्थानमा रहेको पुरातात्तिवक महत्वको मन्दिरको मर्मत सम्भारमा अहिले लापरवाही भएको हो ।
‘दैनिक एक घण्टा ध्यान गरौं जीवन सफल हुन्छ’
शनिबार, फागुन २०, २०७९
ओशो आश्रम चितवन सौराहाका स्वामी मैत्रेयले दैनिक एक घण्टा ध्यान गरे जीवन सफल हुने बताएका छन् ।
रेडक्रस पाल्पामा नयाँ नेतृत्व, सभापतिमा कार्की
शनिबार, फागुन २०, २०७९
नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले नयाँ नेतृत्व पाएको छ । शुक्रबार तानसेनमा भएको शाखाको अधिवेशनले नयाँ कार्य समितिको चयन गरेको हो ।

.jpg)
