रामपुरमा महोत्सव तथा व्यापार मेला सञ्चालन
शनिबार, माघ २८, २०७९
बिजुले मनायो ३७ औं वार्षिक उत्सव
शनिबार, माघ २८, २०७९
बिजु इङिलस बोर्डिङ सेकेण्डरी स्कुल तानसेनले ३७ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । स्कूलले शुक्रबार एक औपचारिक कार्यक्रमका बिच वार्षिक उत्सव मनाएको हो ।
नेवार संस्कृति: तानसेनमा सामूहिक बेल विवाह र व्रतबन्ध
शुक्रबार, माघ २७, २०७९
सुन्दा रमाइलो लाग्न सक्छ – नेवार समुदायमा केटी मानिसको तीन पटक विवाह गरिन्छ । पहिलो बेल विवाह । दोस्रो विवाह सूर्यसँग र तेस्रो विवाह बरसँग हुन्छ । बेलविवाह गरेकी चेली कहिल्यै विधवा नहुने नेवारी मान्यता छ ।
महामारी नियन्त्रण सम्बन्धी तालिम
बिहीबार, माघ २६, २०७९
महामारी नियन्त्रण सम्बन्धी तालिम तानसेनमा सञ्चालन गरिएको छ । अष्ट्रेलीयन रेडक्रस सोसाइटीको आर्थिक सहयोग, नेपाल रेडक्रस सोसाइटी केन्द्रको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाको आयोजनामा तीन दिने तालिम तानसेनको प्रभासमा सञ्चालन गरिएको हो ।
पाल्पा आवासीय माविले मनायो ४३ औं वार्षिक उत्सव
बिहीबार, माघ २६, २०७९
जिल्लाको तानसेनमा रहेको पाल्पा अवासीय माध्यमिक विद्यालयले ४३ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयले विभिन्न कार्यक्रमहरु गरी वार्षिक उत्सव मनाएको हो ।
‘डाक्टरले भनेपछि बल्ल धुवाँको असर अनूभूति भयो’
बिहीबार, माघ २६, २०७९
ग्रामीण भेगमा अझै पनि भान्सामा परम्परागत चुलोको प्रयोग गर्नाले दमका रोगी बढेका छन् । गुल्मीको चन्द्रकोट गाउँपालिकाले आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा अधिकांशलाई दमको समस्या देखिएको छ ।
विपन्न तथा जेहनदार विद्यार्थीलाई छात्रवृत्ति
मंगलबार, माघ २४, २०७९
जिल्लाको एक विद्यालयका विपन्न तथा जेहनदार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुले जिल्लाको तम्घासमा रहेको सिद्धबाबा माध्यमिक विद्यालयमा अध्ययनरत ४ जना विपन्न तथा जेहनदार विद्यार्थीहरुलाई छात्रवृत्ति दिएको हो ।
रामपुरमा पोखरा वि.वि.को क्याम्पस ल्याउन छलफल
सोमबार, माघ २३, २०७९
पाल्पाको दोस्रो व्यापारिक केन्द्रको रुपमा रहेको रामपुरमा पोखरा विश्व विद्यालयको आंगिक क्याम्पस ल्याउने विषयमा छलफल भएको छ । स्थानीय सरकार,सरोकारवाला र पोखरा विश्वविद्यालय बिच रामपुरमा आंगिक क्याम्पस सञ्चालन गर्ने विषयमा छलफल भएको हो ।
प्रेस चौतारी पाल्पाले मनायो स्थापना दिवस
सोमबार, माघ २३, २०७९
श्रमजीवी, व्यावसायिक र प्रगतिशील पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल पाल्पा शाखाले २५ औँ स्थापना दिवस तथा आफ्नो साधारण सभा मनाएको छ । चौतारीले आइतबार पाल्पाको ऐतिहासिक पर्यटकीय स्थल रानीमहलमा पुुगेर स्थापना दिवस तथा साधारण सभा मनाएको हो ।
क्यानविरुद्ध प्रदर्शन
आइतबार, माघ २२, २०७९
नेपाल क्रिकेट संघ (क्यान)को विरोध गर्दै प्रदर्शन भएको छ । नाबालिग बलात्कारको मुद्दा चलिरहँदा राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा समावेश गर्ने नेपाल क्रिकेट संघ (क्यान)को विरोध गर्दै काठमाडौंमा प्रदर्शन भएको हो ।
तानसेनमा निकालियो भीमसेनको रथ यात्रा, रौनक भने हराउँदै
शुक्रबार, माघ २०, २०७९
जिल्लाको सदरमुकाम तानसेनमा बिहीबार धार्मिक आस्थासँग जोडिएको भीमसेनको रथ यात्रा निकालिएको छ । नेवार समुदायले हरेक वर्ष माघ शुक्ल भीमा द्वादशीका दिन भीमसेनको रथ यात्रा निकाल्ने गर्दछन् । तानसेनको शित्तलपाटीस्थित भीमसेन मन्दिर परिसरबाट निकालिएको रथ यात्राले तानसेन नगर क्षेत्रका विभिन्न भागको परिक्रमा गरेको थियो । सो क्रममा भीमसेनको मूर्तिलाई खटमा...
चोरीका घटना बढेपछि पाल्पा प्रहरी चनाखो
शुक्रबार, माघ २०, २०७९
छिमेकी जिल्लाहरुमा चोरीका घटनाहरु बढेपछि पाल्पा प्रहरी चनाखो बनेको छ । जिल्ला प्रहरी कार्यालयले छिमेकी जिल्ला गुल्मी, स्याङ्जा, रुपन्देहीका विभिन्न स्थानमा चोरीका घटना बढ्न थालेपछि उच्च सर्तकताका साथ चनाखो बनेको हो । पाल्पामा पनि चोरीका घटना हुुन सक्ने भन्दै प्रहरीले सबैलाई उच्च सर्तकता अपनाउन भनेको छ । उसले एक सूूचना...


