Shittalpati
रिब्दीकोटबाट बेवारिसे व्यक्तिको उद्दार गरी अस्पतालमा उपचार हुँदै

पाल्पा, जिल्लाको रिब्दीकोटबाट एक जना बेवारिसे व्यक्तिको उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याइएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका –३ स्थित हार्थोक–तिनगिरे सडक खण्डको हिरापोखरामा अचेत अवस्थामा रहेका एक अपरिचित व्यक्तिको प्रहरीले उद्दार गरी युनाइटेड मिसन अस्पतालमा उपचारका लागि पठाएको हो ।

उनको अहिले मिसन अस्पतालमा उपचार भइरहेको छ । ति व्यक्तिको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update