विद्युतीय व्यापार विधेयक राष्ट्रियसभामा पेस
मंगलबार, असार २६, २०८०
आज विश्व जनसंख्या दिवस मनाइदैं
मंगलबार, असार २६, २०८०
आज विश्व जनसंख्या दिवस मनाइदैं छ । नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । सन् १९८९ बाट हरेक वर्ष विश्वभरिका जनसंख्याका मुद्दाहरुलाई सम्बोधन गर्ने हेतुले विश्व जनसंख्या दिवस हरेक वर्ष जुलाई महिनाको ११ तारेखका दिन मनाउन थालिएको हो ।
पाँच वर्षमा चट्याङका कारण ४१९ जनाको ज्यान गयो
सोमबार, असार २५, २०८०
पछिल्लो पाँच वर्षमा चट्याङका कारण चार सय १९ जनाले ज्यान गुमाएका छन् भने रु छ करोडभन्दा बढी आर्थिक क्षति भएको राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले जानकारी दिएइको छ । प्राधिकरणका अनुसार २०७५ सालदेखि हालसम्म सबैभन्दा बढी कोशी प्रदेशमा एक सय आठ र सबैभन्दा कम कर्णाली प्रदेशमा २५ जनाले चट्याङका...
विदेशबाट अवैध सुन ल्याउने कार्यमा संलग्न १२ जना पक्राउ
सोमबार, असार २५, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विदेशबाट अवैध सुन ल्याउने कार्यमा संलग्न १२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
वडाबाटै सामाजिक सुरक्षा भत्ता, गाउँ–गाउँमा सरकारको अनुभूति गर्न थाले वृद्धवृद्धा
सोमबार, असार २५, २०८०
देश संघीय संरचनामा गएसँगै ‘सिंहदरबारका अधिकार, गाउँ–गाउँमा’ भन्ने बहस चल्यो । निर्वाचन भएर स्थानीय तहमा जनप्रतिनिधि आएपछि ‘सिंह’ आए, तर ‘दरबार’ आएनन्, भनि व्यङ्ग्य समेत हुँदै आयो । स्थानीय सरकारको पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकाल समेत चलेको छ । यो अवधिमा धेरै स्थानीय सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेका छैन ...
ललिता निवास प्रकरण : थप तीन पक्राउ
आइतबार, असार २४, २०८०
ललिता निवास जग्गा प्रकरणमा जोडिएका थप तीन आरोपित पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत, समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुवप्रसाद अर्याललाई पक्राउ गरेको हो ।
तिनाउ नदीमा एक युवक मृत फेला
आइतबार, असार २४, २०८०
तिनाउ नदीमा एक युवक मृत फेला परेका छन् । बुटवलको तिनाउ खोला किनारमा एक युवकको शव फेला परेको हो । तिनाउ नदीमा रहेको पक्की पुलको तलपट्टी नदी किनारमा बुटवल उपमहानगरपालिका–५ शान्ति टोलका २० वर्षीय सुमन विकको शव फेला परेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
तानसेन टुँडिखेलमा लायन्स क्लवले गर्यो वृक्षारोपण
शनिबार, असार २३, २०८०
तानसेनस्थित टुँडिखेलमा लायन्स क्लव अफ पाल्पा तानसेनले वृक्षारोपण गरेको छ । क्लवले शनिबार टुँडिखेलमा पुगेर ३० प्रजातिका विरुवा रोपेको हो । वातावरण स्वच्छ, हरियाली बनाउने उद्देश्यले क्लवले वृक्षारोपण गरेको जनाएको छ ।
बौद्ध युवा संघ पाल्पाको नयाँ नेतृत्वलाई पद हस्तान्तरण
शनिबार, असार २३, २०८०
बौद्ध धर्मलम्वीहरुको संस्था बौद्ध युवा संघ पाल्पाको नयाँ नेतृत्वलाई पद हस्तान्तरण गरिएको छ । संघको १७ औं अधिवेशनबाट निर्वाचित भएर आउने नेतृत्वलाई पुरानो नेतृत्वले पद हस्तान्तरण गरेको हो ।
एसइईको पूरक परीक्षा साउन २६ र २७ गते हुने
शनिबार, असार २३, २०८०
माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउनमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एक सूचना प्रकाशित गरी पूरक परीक्षा साउन २६ र २७ गते हुने जनाएको छ ।
जेष्ठ नागरिकलाई घरमै पुगेर सम्मान
शनिबार, असार २३, २०८०
स्याङ्जाको वालिङ नगरपालिका–८ ले चौरासी वर्ष पूरा भएका जेष्ठ नागरिकलाई बुधबार सम्मान गरेको छ । वडा अध्यक्षसहित जनप्रतिनिधि तथा कर्मचारीले जेष्ठ नागरिकको घरदैलोमै पुगेर सम्मान गरेका हुन् ।
पाल्पामा एसईई नतिजाको उत्साह
शुक्रबार, असार २२, २०८०
यस वर्षको एसईई परीक्षाको नतिजा विहीबार प्रकाशित भएको छ । परीक्षाफल प्रकाशन भएसँगै राम्रो नतिजा लिएका विद्यार्थी र विद्यालयहरु उत्साहित भएका छन् भने विगतको तुुलनामा कम नतिजा ल्याएका विद्यार्थी र विद्यालयहरु निराश छन् ।
विपद्मा परेका व्यक्तिको उद्दारका लागि तानसेनमा पूर्व अभ्यास
शुक्रबार, असार २२, २०८०
जिल्लाको तानसेनमा विपद् व्यवस्थापन सम्बन्धी कृत्रिम अभ्यास प्रदर्शन गरिएको छ । अहिले बर्खाको समयमा बाढी, पहिरो, सडक दुर्घटना जस्ता विपद्का घटना बढी हुने भएकाले विपद् व्यवस्थापन सम्बन्धी सन्देशमुलक अभ्यास प्रदर्शनी गरिएको हो ।


