Shittalpati
भ्रष्टाचार विरुद्ध दिवसको सार्थकता

आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइदै छ । राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखलाई भ्रष्टाचार विरुद्धको दिवस मनाउन थालिएको हो । नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको हो । भ्रष्टाचार अन्त्यका लागि यो दिवस मनाइने गरिन्छ । तर हरेक वर्ष यो दिवस मनाउने गरिए पनि भ्रष्टाचारको अन्त्य भने हुन सकेको छैन, बरु झन मौलाउदै गएको छ । यो अत्यन्त दुखको कुरा हो । भ्रष्टाचारकै कारण देशमा विकास, समृद्धि र शुसासन आउन सकेको छैन ।

भ्रष्टाचारले समाजको हरेक तह र तप्कामा नराम्रोसंग जरा गाडेको छ । देशको विकास र प्रगतिका लागि भ्रष्टाचार बाधकका रुपमा देखापरेको छ । भ्रष्टाचार एउटा सामाजिक महारोग पनि हो । भ्रष्टाचारले गर्दा जनतामा चरम नैरास्य छाएको छ । सन् २०४८ साल देखी नै नेपाल डरलाग्दो र अनियन्त्रित भ्रस्टाचारको दलदलमा फसेको छ । नेपालको सन्दर्भमा मात्र नभएर बिश्वपरिपेक्षमा नै भ्रष्टाचार भन्ने वित्तिकै आर्थिक हिनामिनासँंग जोडेर हेरेको पाइन्छ । गलत मनाशयबाट अभिप्रेरित भइ ब्यक्तिगत स्वार्थ पुर्तिका लागि सत्ता शक्ती पदको दुरुपयोग गरी गैर कानुनी ढङ्गले आर्थिक हिनामिना गर्नु भ्रष्टाचार नै हो । कार्यालय, संघ संस्था जताततै भ्रष्टाचार भइ रहेको छ । घुस खानकै लागि कर्मचारीहरु कानमा तेल हालेर काम आलटाल गरेका हुन्छन् । छिट्टै काम सकाउनको लागि घुस खुवाउन बाध्य पारिन्छ । जनताकै निम्ति काम गर्न खटिएका कर्मचारीहरु आफ्नो कर्तव्य पालना गर्दैनन् । दिनहुँ ग्राहकसँंग घुस लिएर अकुत सम्पत्ति कुम्ल्याउछन् । देशमा विकासको नाममा ठूलो रकमको चुहावट हुने गरेको छ । यस्तो भ्रष्टाचारको जालोलाई तोड्न जरुरी छ । सबैले आआफ्नो ठाउँबाट सक्दो प्यास गर्ने हो भने भ्रष्टाचार रोक्नलाई कुनै समस्या छैनन् । घुस माग्नेहरुबाट नै सजग हुने हो भने केही हदसम्म भए पनि भ्रष्टाचार कम गर्न सकिन्छ । भ्रस्टाचार विरुद्ध हरेक नागरिक सचेत बनौ, गाउँपालिका र नगरपालिकाहरुमा विकास निर्माणको लागि छुट्याइएको बजेटको दुरुपयोग हुनबाट जोगाइ सहि ठाउँमा सदुपयोग गरौं । भ्रस्टाचारमुक्त समाज निर्माण गर्न सबै जुटौ । जनताको आँखामा छारो हालेर आफ्नो रित्तो खल्ती भराउनुबाट गाउँ बस्तीबाट आवाज उठाऔ, भ्रष्टहुनबाट खुलेर खबरदारी गरौ । सरकारले पनि भ्रस्टाचारीलाई कारवाहीको दायरामा ल्याओस् यसो गर्न सके मात्र अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस मनाउनुको सार्थकता रहन्छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update