Shittalpati
अछाममा जिप दुर्घटना, दुईको मृत्यु, तीन घाइते

अछाम, अछामको पञ्चदेवल बिनायक नगरपालिका–४ थापामोड स्थित मध्यपहाडी राजमार्गमा गए राति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु र तीन जना घाइते भएका छन् । दार्चुलादेखि जुम्ला जाँदैगरेको, सत्लोक आश्रम, जनकपुरको बाप्र ०१–०२७ च २२७७ नम्बरको जिप सडकबाट करिब २०० मिटर तल खसेको थियो । 

दुर्घटनामा घाइते भएका मकवानपुर, हेटौँडा उपमहानगरपालिका बस्ने वर्ष ४१ को नवीन तुलाधर र बर्दिया बाँसघारी नगरपालिका–५ बस्ने ४५ वर्षका रामप्रकाश थारूको उपचारका क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा मृत्यु भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । उनका अनुसार घाइते सिराहा कल्याणपुर नगरपालिका–१० बस्ने २७ वर्षका सन्तकुमार साह, स्याङ्जा फेदीखोला गाउपालिका–४ बस्ने  अर्जुनकुमार पौडेल र जिप चालक नेपालगञ्ज उपमहागरपालिका–५ बस्ने २८ वर्षे राज राजेन्द्र भिमराज चट्टान गुप्ताको उपचार भइरहेको छ । घाइतेहरुको बेलखेतबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार दैलेखको राकमस्थित राकम कर्णाली आधारभूत अस्पतालमा पु¥याएको थियो । उनीहरुको उक्त अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि सुर्खेत रेफर गरिएको थियो ।
 

प्रकाशित मिति: शनिबार, जेठ १६, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update