Shittalpati
दमकडामा निकालियो ३८० वर्ष पुरानो ‘माण्डव्य ऋषिको रथयात्रा’

पाल्पा,जिल्लाको तानसेन नगरपालिका –९ दमकडामा माण्डव्य ऋषिको रथ यात्रा निकालिएको छ । वैशाख पूर्णिमाका दिन शुक्रबार ३८० वर्ष पुरानो  माण्डव्य ऋषिको चौथौं रथ यात्रा निकालिएको हो । रथयात्रा तिन्टीआप, दमकडा र अम्लेयान क्षेत्रमा घुमाईएको थियो । रथ यात्राको क्रममा स्थानीय भजन, किर्तन, पञ्चेबाजा, ब्याण्ड बाजा सहित संघ संस्था, टोल विकास संस्था,स्थानीय आमा समूहको सहभागिता रहेको थियो । माण्डव्य क्षेत्र उत्थान प्रतिष्ठानका तानसेनको आयोजना र तानसेन नगरपालिका–९ वडा कार्यालयको सह आयोजनामा रथ यात्रा निकालिएको हो ।  माण्डव्य ऋषिको योगदानलाई जनमासमा  पुर्याउन र बैदिक परम्परागत कला संस्कृति जोगाउन रथयात्रा निकाल्ने गरिन्छ ।

मन्दिर स्थापना भएको ३ सय ७७ वर्ष पुरा भएको अवसरमा पहिलो पटक यहाँ रथयात्रा निकालिएको थियो । रथयात्रा तिन्टीआप, दमकडा र अम्लेयान क्षेत्रमा घुमाईएको थियो । रथ यात्राको क्रममा स्थानीय भजन, किर्तन, पञ्चेबाजा, ब्याण्ड बाजा सहित संघ संस्था, टोल विकास संस्था,स्थानीय आमा समूहको सहभागिता रहेको थियो । माण्डव्य ऋषिको योगदानलाई जनमासमा पु¥याउन र बैदिक परम्परागत कला संस्कृति जोगाउन  विगत चार वर्षदेखि रथयात्रा निकाल्न थालिएको माण्डव्य क्षेत्र उत्थान प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम  अर्यालले बताए । छ हजार वर्ष अगाडि माण्डव्य ऋषिले तपस्या गरेको तपोभूमि भएकाले यसको धार्मिक तथा ऐतिहासिक महत्व रहेको उनको भनाई छ । रथलाई विगतमा जस्तै उत्साहजनरुपमा निकालिएको प्रतिष्ठानका सदस्य लोकनाथ अधिकारीले बताए । उनका अनुसार यो मन्दिर १७०३ मा स्थापना गरिएको थियो ।

पुरानो र ऐतिहासिक, धार्मिक सम्पदाको रुपमा रहेको यो मन्दिरको प्रचार–प्रसार नहुँदा भने ओझेलमा परेको छ । मन्दिरको आफ्नै महत्व र इतिहास रहे पनि सम्बन्धित निकायले चासो नदिदा भने ओझेलमा पर्न गएको हो । स्थानीय धार्मिक, सांस्कृति, पर्यटकीय सम्पदाको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको रहेपनि विगतका स्थानीय सरकारले यस्ता सम्पदाप्रति वेवास्ता गर्दा ओझेलमा परेका हुन् । अहिलेको स्थानीय सरकारले भने माण्डव्य ऋषिको मन्दिरको प्रचार–प्रसारमा केही चासो देखाएको छ । जिल्लाको तानसेन नगरपालिका–९ दमकडामा पर्ने यो मन्दिरको प्रचार–प्रसार गरी धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्य राखेर तानसेन नगर सरकार र वडा कार्यालयले चासो देखाएका छन् । मन्दिर स्थापना भएको केही वर्षसम्म रथ निकाल्ने पराम्परा रहे पनि लामो समय यता निकालिएको थिएन् ।  वडाबाट केही बजेट विनियोजन थालेपछि भने अहिले रथयात्राले निरन्तरता  पाएको प्रतिष्ठानले जनाएको छ । रथयात्रा प्रसिद्ध महर्षि माण्डव्य ऋषिको योगदानको सम्मानमा निकाल्ने   गरिएको वडा अध्यक्ष राजेश कुमार अर्यालले बताए । उनले रथयात्रा निकालिसकेपछि सामाजिक सञ्जालमा लेख्दै भनेका छन् “माण्डव्य ऋषिको तपोभूमि, साधनाभूमि र शास्त्रार्थस्थका रूपमा परिचित यस क्षेत्रको प्रचारप्रसार गर्नुका साथै स्थानीय धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्नु यसको उद्देश्य रहेको छ ।”

यहाँको मन्दिर पुर्ननिर्माणका लागि पूर्व मन्त्री तथा स्थानीय सोमप्रसाद पाण्डेले संघीय सरकारमार्फत बजेट विनियोजन गरेका थिए । ऋषि कै नामबाट नामाकरण गरिएको माडीफाँटको किनार दमकडामा मन्दिर स्थापना गरिएको छ । तपस्या र साधनायुक्त ठानिने माण्डव्य ऋषिको यहाँ मन्दिर स्थापना गरिएको स्थानीय पत्रकार प्रकाश नेपालले बताए । धार्मिक शास्त्रमा ऋषिको व्यख्या अनुरुप महत्व र महिमा ठूलो भए पनि प्रचार–प्रसारको कमीले गर्दा ओझेलमा परेको उनको भनाई छ । यो क्षेत्र प्राचीनकालदेखि नै माण्डव्य ऋषिको तपस्या स्थलका रूपमा चिनिँदै आएको छ । पद्य पुराणमा उल्लेख भए अनुरुप माडीफाँट आसपासदेखि सत्यवतीसम्म माण्डव्य ऋषिको प्रसंग जोडिने गर्दछ । माण्डव्य ऋषिले साधनाको क्षेत्रमा मात्र नभई आर्युर्वेदीक चिकित्सा क्षेत्रमा समेत उत्तिकै दख्खल राखेको पाइन्छ । माण्डव्य ऋषिको नेपाल सरकारले केही समय अगाडि हुलाक टिकट प्रकाशनमा ल्याएको थियो । 

प्रकाशित मिति: शनिबार, वैशाख १९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update