Shittalpati
लव जोशीको शीत काव्य लोकार्पण, साहित्यकार सम्मानित

पाल्पा, पाल्पा साहित्य समाजले साहित्यकार लव जोशीद्वारा लिखित शितकाव्य कृति लोकार्पणसँगै साहित्यकार, समाजसेवीहरुलाई पुरस्कृत तथा सम्मान गरेको छ । समाजले २९ औ वार्षिक दिवस, पाल्पाका आदिकवि छविलाल नेपालको १७४ औं जन्मजयन्ती, कवि माधव प्रसाद देवकोटाको १२१ औं जन्मजयन्तीका अवसरमा आइतबार तानसेनमा कृति लोकापर्णसँगै सम्मान र पुरस्कृत गरेको हो ।
    कार्यक्रममा पाल्पा साहित्य समाजद्वारा स्थापित पाल्पाली आदिकवि छविलाल नेपाल प्रतिभा पुरस्कारबाट वरिष्ठ साहित्यकार लव जोशी, साहित्यकार पुष्कर अथक रेग्मी परिवारद्वारा स्थापित अथक साहित्यक पुरस्कारबाट साहित्यकार ज्ञानकाजी शाक्य, साहित्यकार राजेन्द्रगोपाल सिंह परिवारबाट स्थापित भैरव तुलसी सिंह साहित्य पुरस्कार संस्कृतिकर्मी मदनलाल देउराली (श्रेष्ठ) र समाजसेवी स्व. राधा भारतीद्वारा स्थापित राधाइन्द्र समाज सम्मानबाट समाजसेवी शुसिला श्रेष्ठलाई सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ । सम्मानितहरु व्यक्तिहरुलाई प्रमुख अतिथि तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, समाजका संरक्षक राजेन्द्रगोपाल सिंह, समाजका अध्यक्ष पुष्कर अथक रेग्मीले फूलमाला अविर, दोषल्ला, नगद सहित सम्मानपत्रबाट सम्मान गरेका हुन् । नगर प्रमुख श्रेष्ठले समाजले पाल्पाको साहित्यलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेलेको बताए । 
    सम्मानित व्यक्तिहरु लव जोशी, ज्ञानकाजी शाक्य, शुसिला श्रेष्ठ, माधव दमयन्ती साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद कोइराला लगायतले साहित्य तथा समाजसेवामा पु¥याएको योगदान बारे चर्चा गरेका थिए । लुम्बिनी बाङ्मय प्रतिष्ठान नेपालद्वारा प्रकाशित शित काव्य लेखक जोशीले जन्मभुमि तानसेन पाल्पालाई समर्पण गरी कृति प्रकाशित गरेका हुन । ३६ वटा शिर्षकहरु रहेको शीत काव्य २ सय ३५ पेजको रहेको छ । शीत काव्य नेपाली कला संस्कृति भेष भुषा, चाडपर्व, राजनीतिक अवस्था र विकृति तथा जननी जन्मभुमिप्रति केन्द्रित रहेको छ । शीत काव्यमा रहेका काव्यहरु एकातर्फ नेपाली र अर्काेतर्फ अंग्रेजी भाषामा रहेका छन् । काव्यको साहित्यकार चन्द्रकान्त न्यौपानेले समिक्षा गरेका थिए ।

कार्यक्रममा समाजका अध्यक्ष रेग्मीले पुरस्कृत तथा सम्मानित व्यक्तिहरुको परिचय तथा समाजिक अवस्थाको बारेमा चर्चा गरेका थिए । समाजका सल्लाहकार चित्रवलीराम सुवालले पाल्पाली आदिकवि छविलाल नेपाल र कवि माधवप्रसाद देवकोटाको योगदानको बारेमा चर्चा गरेका थिए । समाजकी सचिव सविता भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।लव जोशीको शीत काव्य लोकार्पण, साहित्यकार सम्मानित पाल्पा, पाल्पा साहित्य समाजले साहित्यकार लव जोशीद्वारा लिखित शितकाव्य कृति लोकार्पणसँगै साहित्यकार, समाजसेवीहरुलाई पुरस्कृत तथा सम्मान गरेको छ । समाजले २९ औ वार्षिक दिवस, पाल्पाका आदिकवि छविलाल नेपालको १७४ औं जन्मजयन्ती, कवि माधव प्रसाद देवकोटाको १२१ औं जन्मजयन्तीका अवसरमा आइतबार तानसेनमा कृति लोकापर्णसँगै सम्मान र पुरस्कृत गरेको हो ।

 कार्यक्रममा पाल्पा साहित्य समाजद्वारा स्थापित पाल्पाली आदिकवि छविलाल नेपाल प्रतिभा पुरस्कारबाट वरिष्ठ साहित्यकार लव जोशी, साहित्यकार पुष्कर अथक रेग्मी परिवारद्वारा स्थापित अथक साहित्यक पुरस्कारबाट साहित्यकार ज्ञानकाजी शाक्य, साहित्यकार राजेन्द्रगोपाल सिंह परिवारबाट स्थापित भैरव तुलसी सिंह साहित्य पुरस्कार संस्कृतिकर्मी मदनलाल देउराली (श्रेष्ठ) र समाजसेवी स्व. राधा भारतीद्वारा स्थापित राधाइन्द्र समाज सम्मानबाट समाजसेवी शुसिला श्रेष्ठलाई सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ । सम्मानितहरु व्यक्तिहरुलाई प्रमुख अतिथि तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, समाजका संरक्षक राजेन्द्रगोपाल सिंह, समाजका अध्यक्ष पुष्कर अथक रेग्मीले फूलमाला अविर, दोषल्ला, नगद सहित सम्मानपत्रबाट सम्मान गरेका हुन् । नगर प्रमुख श्रेष्ठले समाजले पाल्पाको साहित्यलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेलेको बताए । 

सम्मानित व्यक्तिहरु लव जोशी, ज्ञानकाजी शाक्य, शुसिला श्रेष्ठ, माधव दमयन्ती साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद कोइराला लगायतले साहित्य तथा समाजसेवामा पु¥याएको योगदान बारे चर्चा गरेका थिए । लुम्बिनी बाङ्मय प्रतिष्ठान नेपालद्वारा प्रकाशित शित काव्य लेखक जोशीले जन्मभुमि तानसेन पाल्पालाई समर्पण गरी कृति प्रकाशित गरेका हुन । ३६ वटा शिर्षकहरु रहेको शीत काव्य २ सय ३५ पेजको रहेको छ । शीत काव्य नेपाली कला संस्कृति भेष भुषा, चाडपर्व, राजनीतिक अवस्था र विकृति तथा जननी जन्मभुमिप्रति केन्द्रित रहेको छ । शीत काव्यमा रहेका काव्यहरु एकातर्फ नेपाली र अर्काेतर्फ अंग्रेजी भाषामा रहेका छन् । काव्यको साहित्यकार चन्द्रकान्त न्यौपानेले समिक्षा गरेका थिए ।

कार्यक्रममा समाजका अध्यक्ष रेग्मीले पुरस्कृत तथा सम्मानित व्यक्तिहरुको परिचय तथा समाजिक अवस्थाको बारेमा चर्चा गरेका थिए । समाजका सल्लाहकार चित्रवलीराम सुवालले पाल्पाली आदिकवि छविलाल नेपाल र कवि माधवप्रसाद देवकोटाको योगदानको बारेमा चर्चा गरेका थिए । समाजकी सचिव सविता भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update