Shittalpati
उपप्रधानमन्त्री यादवले दिए राजीनामा
उपप्रधानमन्त्री यादवले दिए राजीनामा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् ।
कांग्रेस संसदीय दल र संसदीय दल कार्यसमिति बैठक सर्‍यो
कांग्रेस संसदीय दल र संसदीय दल कार्यसमिति बैठक सर्‍यो नेपाली कांग्रेस संसदीय दल र संसदीय दल कार्यसमितिको आजका लागि निर्धारित बैठक सारिएको छ ।
आर्थिक अनियमितताको आरोप झुटो भएको दाबी
आर्थिक अनियमितताको आरोप झुटो भएको दाबी शङ्करदेव क्याम्पस प्रमुख डा कृष्णप्रसाद आचार्य र स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारीले आफूहरुमाथि लागेको आर्थिक अपचलनको आरोपको खण्डन गरेका छन् । 
त्रिविको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बन्दै छः मन्त्री श्रेष्ठ
त्रिविको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बन्दै छः मन्त्री श्रेष्ठ  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बनाउने तयारी भएको बताएका छन् ।
नेपालीको औसत आयु ७१.३ वर्ष
नेपालीको औसत आयु ७१.३ वर्ष नेपालीको औसत बढेको छ । यस अघिको तुलनामा औसत आयु बढेको  राष्ट्रिय तथ्यांक कार्यालयले  जनाएको छ । कार्यालयका अनुसार नेपालीको  औसत आयु बढेर ७१.३ वर्ष पुगेको हो ।
देशभरका जिल्ला प्रशासनलाई गृहको निर्देशन
देशभरका जिल्ला प्रशासनलाई गृहको निर्देशन गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई  निर्देशन जारी गरेको छ ।  शान्तिसुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र सहजीकरण गर्नुपर्ने विषयमा सक्रिय भूमिका निर्वाह गरी नागरिकप्रतिको भरोसा अभिवृद्धि गर्न भन्दै मन्त्रालयले निर्देशन जारी गरेको हो । 
पूर्वसभामुख महरा पक्राउ
पूर्वसभामुख महरा पक्राउ पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि महरालाई कपिलवस्तुबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
मुख्य मन्त्रालयको करिब टुंगो लाग्यो
मुख्य मन्त्रालयको करिब टुंगो लाग्यो  मुख्य मन्त्रालयको करिब टुंगो लागेको छ । बालुवाटारमा बसेको सत्ता गठबन्धन दलका नेतारुको बैठकमा मोटामोटी मुख्य मन्त्रालयहरूको भागबन्डामा कुरा मिलेको हो ।
राजेन्द्र महतोले  छोडे लोसपा
राजेन्द्र महतोले  छोडे लोसपा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्यागको घोषणा गरेका छन् ।  वरिष्ठ नेता महतोले आज पत्रकार सम्मेलन गरी औपचारिकरुपमा सो पार्टी परित्यागको घोषणा गरेका हुन् । 
बाँसबारी जग्गा प्रकरण : चौधरीसहित तीन रिहा
बाँसबारी जग्गा प्रकरण : चौधरीसहित तीन रिहा बाँसबारी छाला जुत्ता कारखाको जग्गा प्रकरणमा पक्राउ परेका च्याम्पियन फूटवेयर लिमिडेटका सञ्चालक तथा व्यवसायी अरुण चौधरीसहित तीन जना रिहा भएका छन् ।
प्रणय दिवसमा तीन लाख ५० हजार स्टिम गुलाफ माग
प्रणय दिवसमा तीन लाख ५० हजार स्टिम गुलाफ माग फ्लोरिकल्चर एसोसिएसन नेपालले यस वर्ष तीन लाख ५० हजार स्टिम गुलाफको माग रहेको जनाएको छ । एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले कूल मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० प्रतिशत गुलाफ भारतबाट आयात गर्नुपरेको बताए । 
चन्द्र भण्डारीले भने– ‘व्यवस्थापिका र कार्यपालिकालाई राजश्व तिरेर पाल्नुपर्ने आवश्यकता के छ ?’
चन्द्र भण्डारीले भने– ‘व्यवस्थापिका र कार्यपालिकालाई राजश्व तिरेर पाल्नुपर्ने आवश्यकता के छ ?’ नेपाली कांग्रेसका सांसद  डा. चन्द्र भण्डारीले बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै न्यायपालिकाले संसदले पारित गरेको निर्वाचन क्षेत्र पूर्वाधार विकास आयोजना खारेज गरेको भन्दै व्यवस्थापिकाको अधिकार न्यायपालिकाले प्रयोग गर्न नपाउने बताए । उनले व्यवस्थापिकाले आफ्नो अधिकारको संरक्षण गर्न नसके व्यवस्थापिकाप्रति प्रश्न उब्जिने धारणा व्यक्त गरे ।
Weather Update