नेकपा एसको राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुँदै
बिहीबार, कात्तिक २३, २०८०
युएईलाई हराउँदै नेपाल विश्वकपमा
शुक्रबार, कात्तिक १७, २०८०
ट्वान्टी–२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनलमा यूएईलाई हराउँदै नेपाल ट्वान्टी–२० विश्वकपमा प्रवेश गरेको छ । एसिया क्वालिफार्यअन्तर्गत शुक्रबार मुलपानीमा भएको खेलमा नेपालले युएईलाई ८ विकेटले हराउँदै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा स्थान पक्का गरेको हो ।
दुई वर्ष पुराना मुद्दा चालु आवमै फछ्र्यौट हुने
शुक्रबार, असोज २६, २०८०
काठमाडौँ जिल्ला अदालतले दुई वर्ष पुराना मुद्दा चालु आर्थिक वर्षभित्र फछ्र्यौट गर्ने भएको छ । दुई वर्ष पुराना मुद्दा शून्यमा झार्ने सर्वोच्च अदालतको अभियानअनुसार जिल्ला अदालतले आगामी असार मसान्तसम्ममा त्यस्ता मुद्दा फछ्र्यौट गर्ने जनाएको हो ।
भूकम्पले भत्किएका ७६० सम्पदा पुनःनिर्माण
बिहीबार, असोज १८, २०८०
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका सात सय ६० सम्पदाको पुनःनिर्माण सकिएको पुरातत्व विभागले जनाएको छ । भूकम्पले ३२ जिल्लाका नौ सय २० सम्पदामा क्षति पुर्याएको थियो ।
बन्धक बनाएको आरोपमा दुई जना पक्राउ
बुधबार, असोज १७, २०८०
काठमाडौँ महानगरपालिका–२६ गोङ्गबु नयाँबसपार्क स्थित ‘द बर्गर हाउस’ मा एकजना युवकलाई अपहरण तथा बन्धक बनाई राखेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
घुस लिएको अभियोगमा महतोविरुद्ध मुद्दा दायर
मंगलबार, असोज १६, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रका कार्यरत फोरमेन विर्जुकुमार महतोविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सिंहदरबार अगाडि प्रदर्शन गर्ने १७ जना नियन्त्रणमा
शुक्रबार, असोज ५, २०८०
सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्वास्थ्य क्षेत्रमा धेरै सुधारको काम गरेका छौँ : स्वास्थ्यमन्त्री बस्नेत
बुधबार, असोज ३, २०८०
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा मन्त्रालयले धेरै सुधारको काम गरेको बताए । मिर्गौलाका बिरामीलाई जुटाएको सहयोग हस्तान्तरण गर्ने कार्यक्रममा आज सहभागी हुँदै उनले स्वास्थ्य क्षेत्रमा लामो समयदेखिका यथावत समस्या समाधान गर्न सफल भएको दाबी गरे ।
सामाजिक सञ्जालको प्रयोग शिष्ट र मर्यादित भएर गर्न आग्रह
शुक्रबार, भदौ २९, २०८०
राष्ट्रिय मानव अधिकार आयोगले सामाजिक सञ्जालको प्रयोग गर्दा शिष्ट र मर्यादित भएर गर्न आग्रह गरेको छ । आयोगले विगत केही दिनयता देशका विभिन्न भागमा घटेका आपराधिक घटना, कतिपय जिम्मेवार पदाधिकारीबाट नै व्यक्त धारणा र आरोप प्रत्यारोपप्रति गम्भीर ध्यानाकर्षण गराउँदै उक्त आग्रह गरेको हो ।
ठगी गर्ने दुई जना पक्राउ
मंगलबार, भदौ २६, २०८०
वैदेशिक रोजगारीका लागि मलेसिया र क्यानडा पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको प्रहरी टोलीले काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
नक्कली विज्ञापनको भर पर्दा रु ३४ लाख डुब्यो
मंगलबार, भदौ १९, २०८०
देशिक रोजगारीका लागि क्यानडा जान पाइने लोभमा नक्कली विज्ञापनको भर पर्दा नेपालीहरु ठगीमा परेका छन् । उनीहरुले रु ३४ लाख ठगिएपछि मात्रै आफू ठगीमा परेको सुइँको पाएका थिए । त्यसपछि उनीहरु प्रहरीको सम्पर्कमा आइपुगेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।
जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व बिहीबार मनाउनु नै शास्त्रसम्मत
बुधबार, भदौ १३, २०८०
यस वर्षको जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व धर्मशास्त्र, संस्कृति र परम्पराअनुसार यही भदौ १४ गते बिहीबार नै मनाउनुपर्नेमा धर्मशास्त्रविद्हरुले जोड दिएका छन् ।
‘एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रम’ कार्यान्वयनमा आयो
बुधबार, भदौ १३, २०८०
नेपाल सरकार तथा मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी) को संयुक्त लगानीको ‘एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रम’ कार्यान्वयन चरणमा प्रवेश भएको घोषणा भएको छ ।


