Shittalpati
युएईलाई हराउँदै नेपाल विश्वकपमा

काठमाडौँ, ट्वान्टी–२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनलमा यूएईलाई हराउँदै नेपाल ट्वान्टी–२० विश्वकपमा प्रवेश गरेको छ । एसिया क्वालिफार्यअन्तर्गत शुक्रबार मुलपानीमा भएको खेलमा नेपालले युएईलाई ८ विकेटले हराउँदै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा स्थान पक्का गरेको हो ।

यो जितसँगै नेपाल अर्को वर्ष वेस्ट इन्डिज र अमेरिकाले आयोजना गर्ने विश्वकपमा खेल्ने छ । यसअघि सन् २०१४ मा बंगलादेशमा भएको ट्वान्टी–२० विश्वकपमा पनि नेपालले खेलेको थियो ।

टस जितेर ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाउँदै १३४ रन बनाएको थियो । नेपालले १७.१ ओभरमा २ विकेट गुमाउँदै १३६ रन बनायो । नेपालले आइतबार ओमानसँग फाइनल खेल्नेछ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update